site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ओस्करमा आमन्त्रित हुन पाएको आलिया खुसी
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेत्री आलिया भट्टले मोसन पिक्चर अफ आर्टस एन्ड साइन्सेस एकेडेमीको सदस्य बन्न आमन्त्रित गरेकोमा आभार व्यक्त गरेकी छन् । उनले बिहीबार इन्स्टाग्राममा ओस्करलाई धन्यवाद दिँदै यो निम्तो पाएकोमा खुसी व्यक्त गरिन् । 

धन्यवाद दिँदै लेखेकी छिन्, “मलाई सदस्यताका लागि आमन्त्रित गरेकोमा म ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस’ लाई धन्यवाद दिन चाहन्छु । यो निम्तो पाउँदा म सम्मानित भएको महसुुस गरिरहेको छु ।”

साथै उनले भारतीय चलचित्रले विश्व मञ्चमा अन्यन्तै योग्य प्लेटफर्म पाइरहेको देख्दा गहिरो सन्तुष्टि प्राप्त भइरहेको पनि उल्लेख गरेकी छन् । चलचित्रले फरक वर्ग, जाति र भूगोलका मानिसलाई एकै थलोमा ल्याउन सक्ने एक राम्रो माध्यम भएको पनि आलियाले बताएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एकेडेमीको लक्ष्य मध्येको विविधता कायम गर्ने उद्देश्यका साथ एकेडेमीले विगत केही वर्षदेखि नयाँ सदस्यहरू आमन्त्रण गर्दै आइरहेको छ । यही सिलसिलामा यो वर्ष बलिउडबाट आलिया र ऋतिकलाई आमन्त्रण गरेको हो । 

भारतबाट ऋतिक र आलियाका अलावा कास्टिङ निर्देशक नन्दिनी श्रीकान्त र टेस जोसेफ, पहिरन डिजाइनर निता लुल्ला, वृत्तचित्र फिल्म निर्माता निष्ठा जैन र अमित मधेसिया, भिजुअल इफेक्ट सुपरभाइजर विशाल आनन्द र सन्दीप कमल र फिल्म स्कोर कम्पोजर नन्दिता देसाई पनि आमन्त्रित छन् ।

Global Ime bank

उनीहरूलाई वर्ष २०२१ को अप्रिलमा हुने ९३ औं ओस्कर अवार्ड समारोहमा सम्मिलत हुन आमन्त्रण गरिएको हो । ९ हजार सदस्य रहेको एकेडेमीले यो वर्षमात्रै थप ८१९ नयाँ सदस्यलाई सहभागिताका लागि आमन्त्रण गरेको छ । 
(इन्डियन एक्सप्रेस)

 

Please wait while image is uploading...


 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement