site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
स्वास्थ्य अनुसन्धान परिषदले सुरु गर्‍यो कोरोना भाइरसको जीनको अध्ययन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले कोरोना भाइरसको नमुना लिएर (जिनेटिक सिक्‍वेन्सिङ ) जीनको अध्ययन तथा अनुसन्धान सुरु गरेको छ । 

परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नेपालमा कोरोना भाइरस कुन प्रकारको भाइरस रहेछ भन्‍ने पत्ता लगाउन (जिन सिक्‍वेन्सि ) संक्रमितको नमुना लिएर अध्ययन तथा अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

उनले कोरोना भाइरस संक्रमण, कोरोना निको भएका व्यक्ति र संक्रमणबाट मृत्यु भएकालगायत गरेर १५ जनाको जीनको अध्ययन सुरु गरेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“कोरोना देखिएका १५ वटा नमुना नेपालमा काठमाडौं विश्व विद्यालयको ल्याबबाट जीनको अध्ययन गर्छौ भने केही नमुना विदेशमा पठाउँछौ,” उनले भने,“विदेशमा पठाएका नमुनाको अध्ययन रिर्पोट र नेपालमा गरिएको अध्ययन रिर्पोट एउटै आएमा नेपालमा अन्तराष्ट्रिय तहको प्रयोगशाला रहेको भन्न सकिन्छ ।”

अन्य  कोरोनाबाट मृत्यु भएका देशको तुलना गर्दा हाम्रो देशमा मृत्यु किन कम भएको छ भन्ने पनि यो अध्ययनबाट थाहा हुने उनले जानकारी दिए । 

Global Ime bank

उनका अनुसार जिनको अध्ययन गर्दा नेपालमा कुन प्रकारको भाइरस रहेको समेत पत्ता लाग्छ । कोरोना निको भएका र मृत्यु भएका फरक-फरक भाइरसको आक्रमण भएको छ भन्ने पत्ता लाग्नेछ । 

उनले यो अध्ययनको रिर्पोट करिब एक महिनाभित्रमा सार्वजनिक गर्ने तयारी रहेको बताए ।

परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण दुबई, चीन, कतार, भारत र फ्रान्सलगायतका विभिन्न देशबाट आएका व्यक्तिमा देखिएको बताए । 

प्रयोगशालामा प्रयोग हुने प्राविधि जनशक्तिमा छन् भने प्रयोगशालामा चाहिने रिएजेन्टहरुमा खर्च लाग्ने परिषदले जनाएको छ ।  

नेपालमा कोरोना संक्रमण देखिएका ९८ प्रतिशतमा लक्ष्णविहीन संक्रमित फेला परेको समेत परिषदले जानकारी दिएको छ । यो जीन अध्ययन (जीन सिकवइन्स)का लागि कम्तिमा पनि ४० देखि ५० लाख खर्च लाग्ने अनुमान गरिएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय