site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दाङका दस स्थानीय तहमा ८ अर्बभन्दा बढी बजेट
Sarbottam CementSarbottam Cement

दाङ । दाङका दस स्थानीय तहले ८ अर्ब बढी बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०७७ –०७८ का लागि ८ अर्ब ४० करोड ३५ लाख ३२ हजार ९२८ रूपैयाँ बजेट विनियोजन गरेका छन् । यीमध्ये केही स्थानीय तहको चालुतर्फ बढी बजेट विनियोजन भएको छ, भने अधिकांश स्थानीय तहको पुँजीगततर्फ बजटे बढी छ ।

दाङको घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकाको चालुतर्फ बढी बजेट विनियोजन गरेका छन्  । तीबाहेक अन्य स्थानीय तहले भने पुँजीगततर्फ बढी बजेट विनियोजन गरेका छन् । जिल्लाको सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ, भने सबै भन्दा कम दंगीशरण गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । उपमहानगरले पुँजीगततर्फ एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजारको बजेट विनियोजन गरेको हो ।

त्यस्तै, घोराही उपमहानगरपालिकाले एक अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको छ । उपमहानगरले चालुतर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ र पुँजीगत तर्फ ७६ करोड ६५ लाख ७१ हजार रुपैयाँ विनियोजन हो ।

Global Ime bank

त्यस्तै लमही नगरपालिकाले ८३ करोड ७४ लाख ५६ हजार ८७ रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले प्रशासनिक खर्च तर्फ १४ करोड ७२ लाख ६ हजार ८७ रुपैयाँ र पुँजीगत तर्फ ६३ करोड ४६ लाख ४ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।

त्यस्तै, बंगलाचुली गाउँपालिकाले यस बर्ष ५१ करोड ६३ लाखको आय व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुँजीगत तर्फ २२ करोड ४६ लाख र चालु तर्फ २८ करोड ९९ लाख गरी कुल जम्मा ५१ करोड ६३ लाखको बजेट विनियोजन गरेको हो । त्यस्तै शान्तिनगर गाउँपालिकाले ४३ करोड ५४ लाख ९६ हजार ६ सय बराबरको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ २७ करोड ८ लाख ९६ हजार ६ सय र पुँजीगत तर्फ १६ करोड ४६ लाख बजेट गरेको हो ।

त्यस्तै, बबई गाउँपालिकाले ४६ करोड २१ लाख ५६ हजार ३६१ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाले चालुतर्फ ७ करोड १७ लाख ३६ हजार ३६१ रुपैयाँ र पुँजीगत तर्फ १७ करोड २१ लाख ७० हजार बजेट सार्वजनिक गरेको छ । त्यस्तै, दंगीशरण गाउँपालिकाले ३९ करोड ९० लाख १४ हजार चार सय रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालुतर्फ ६ करोढ ७१ लाख दश हजार र पुँजीगत तर्फ ३५ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, राजपुर गाउँपालिकाले ५० करोड ८७ लाख १७ हजार रुपैयाँ बरावरको बजेट विनियोजन गरेको छ । गाउँसभाले चालुतर्फ १० करोड १३ लाख ६७ हजार र पुँजीगत तर्फ ४० करोड ७३ लाख ५० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै, गढवा गाउँपालिकाले ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ ।

गाउँसभाले चालु खर्च तर्फ ९ करोड २९ लाख ७५ हजार र पुँजीगत खर्च तर्फ १४ करोड ५७ लाख ९९ हजारको बजेट विनियोजन गरेको छ । त्यस्तै, राप्ती गाउँपालिकाले ५२ करोड ६५ लाख ११ हजार ४ सय ८० रुपैयाँको बजेट विनियोजन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !