site stats
बाह्रखरी :: Baahrakhari
देश
 सोती घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन 

दाङ । रुकुम पश्चिमको सोती घटनाको निष्पक्ष छानबिनका साथै दोषीलाई कडा कारबाहीको माग गर्दै बुधबार जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ । 

दलित मुक्ति संगठन, दलित अधिकारकर्मिहरु लगायतको अगुवाइमा जिल्लाका आठबिसकोट, मुसिकोट, सानिभेरी, बाफिकोट, लगायतका स्थानमा बिरोधासभा गरिएको छ । 

Argakhachi Cement Island Ad

विरोध सभाका सहभागीहरुले दोषीलाई कडा कारबाही गर्नुपर्ने, निस्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने लगायतका नाराजुलुस सहित विरोधसभामा सहभागी भएका थिए । 

उता जिल्ला अदालत रुकुम पश्चिममा भने थुनछेक बहस सकिएको छ । शुक्रबारदेखि सुरु भएको बहस बुधबार सकिएको श्रेस्तेदार कृतबहादुर बोहराले बताए । 

गत जेठ १० गते केटी लिन रुकुम पश्चिम चौरजहारी ८ सोतिमा पुगेका युवामाथी गाउलेको कुटपिटबाट  जाजरकोटका ५ जना र रुकुम पश्चिमका १ जना गरी ६ जना युवाको ज्यान गएको थियो । कर्तव्यज्यान र जातीय भेदभाव मुद्दामा ३४ जनाविरुद मुद्दा दायर गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १९:३३
प्रतिक्रिया दिनुहोस्