site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित, ‘हुन्‍न’ भन्‍ने कोही भएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७ राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको छ । राष्ट्रियसभामा बिहीबार प्रतिनिधिसभाले गत शनिबार सर्वसम्मत पारित गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित गरेको हो । 

संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाले शनिबार सर्वसम्मत पारित गरेको विधेयक राष्ट्रियसभामा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् । त्यसलगत्तै राष्ट्रियसभामा विधेयकमाथिको छलफल सुरु भएको थियो । सो क्रममा सांसदहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको भन्दै भारतसँग वार्ता गरेर सो जमिनमा नेपालको स्वामित्व कायम गर्नुपर्नेमा जोड दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष गरेकी थिइन् । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विधेयक निर्णयार्थ पेस गरेका थिए । विधेयक पारित हुन राष्ट्रियसभामा तत्काल उपस्थित सदस्य संख्याको दुईतिहाइ मत आवश्यक पर्छ । त्यसका लागि दस्तखतसहितको मतविभाजन गरिएको थियो । सो क्रममा विधेयकको पक्षमा राष्ट्रियसभा सर्वसम्मत भएको हो । 

५७ जना सांसद बैठकमा उपस्थित भएका थिए । मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा ५७ जना सांसदले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् । 
सबै सांसदले विधेयकको पक्षमा मतदान गरेपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित भएको घोषणा गरे । 

Global Ime bank

भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूभाग भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो । लकडाउनको अवधिमा भारतले उक्त भूभाग हुँदै चीन जोड्ने सडकको उदघाटन गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । संघीय संसदको दुवै सदनबाट पारित भएपछि अब विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement