site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१४ घण्टापछि एकतर्फी सञ्‍चालनमा आएको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

चितवन ।  १४ घण्टापछि एकतर्फी रुपमा सञ्‍चालनमा आएको नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । बिहान सवा चार बजे कालीखोलामा गएको पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्‍चालनमा ल्याए लगत्तै पहिरो खसेपछि पुनस् सडक अबरुद्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता सुर्य बहादुर थापाले  सो स्थानमा एकतर्फी बाटो खुले लगत्तै पुनः पहिरो गएको बताए ।  

"करीब बेलुका सवा सात बजेतिर एकतर्फी खोलेका थियौं, फेरी माथिबाट एक्कासी पहिरो झर्नेक्रम सुरु भयो," थापाले भने ।  

अविरल पानी परेर रातको समयमा काम गर्न नमिल्ने भएकोले भोलि बिहान मात्र पहिरो पन्छाईने उनले जानकारी दिए ।  उनका अनुसार कालीखोला नजिकै चारकिलो मा समेत पहिरो गएका कारण थप समस्या भएको हो ।

बिहान इच्छाकामना वडा नम्बर ६ मा बिहान सवा ४ बजे पहिरो गएपछि पहिरो पन्छाई एकतर्फी चलाएपनी पुनः उक्त सडकखण्ड अवरुद्ध बनेको हो । 

१४ घण्टापछि साँझ सवा ७ बजे सडक एकतर्फी रुपमा खुलेपनी फेरी अवरुद्ध भएको हो । पहिरोले ४५ मिटर सडक ढाकेको प्रहरीले जनाएको छ  । 

सार्वजनिक यातायात नचलेपनि नीजि तथा मालबहाक सवारी साधनलाई व्यवस्थापन गर्न मुग्लिन र यता नारायणगढमा रोकिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro