site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता ऐन संशोधनमा ५ दिनभित्र सहमति जुटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं । नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक सहमतिका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई पाँच दिनको समय दिएको छ । 

वैवाहिक अंगीकृतको विषय नसुल्झिँदा लामो समयदेखि यो विधेयक समितिमै अल्झिएको छ । आज बसेको समिति बैठकको सुरुमै गृहमन्त्री रामबहादुर थापाले  विधेयक संशोधनका लागि थप छलफल आवश्यक रहेको भन्दै समय मागेका थिए ।
 
समिति सभापति शशि श्रेष्ठले सहमतिका लागि भन्दै सरकारलाई ५ दिनको समय दिएकी हुन् । उनले अहिलेकै जारी अधिवेशनमा संसदमा विधेयक जाने गरी आइतबारभित्र सहमति जुटाउन सरकारलाई निर्देशनसमेत दिइन् । 

यता कांग्रेस पदाधिकारी बैठकले नागरिकता ऐन २०६३ मा रहेको वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था नै कायम गर्नुपर्ने निर्णय गरेको थियो । कांग्रेस पुरानै अडानमा रहेकाले विधेयक अलपत्र परेको हो । 

बल्झिरहने विदेशी बुहारी र ज्वाइँको मुद्दा, अझै सुल्झिएन

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro