site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट आज पारित हुने, सत्तारूढ र प्रतिपक्ष विधेयकको पक्षमा एकमत

काठमाडौं । नेपालको परिमार्जित नक्सासहितको निशान छाप संविधानमा राख्नका सरकारले ल्याएको संविधान संशोधन विधेयक आज पारित हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,०७७ पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचि छ । 

सरकारले ल्याएको सो विधेयकको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र संघीय समाजवादी दल) ले मतदान गर्ने निर्णय गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले आफ्नो संसदीय दललाई विधेयकको पक्षमा उभिन निर्देशन दिएको थियो । त्यस्तै शुक्रबार बसेको जनता समाजवादी पार्टीको पदाधिकारी बैठकले पनि विधेयकको पक्षमा उभिने निर्णय गरेको सो पाटी‌का नेता केशव झा ले बताए । बैठकको निर्णय छ, “नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।” पार्टी एकताको प्रक्रियामा रहेपनि अन्तिम टुँगो नलागिसकेकाले सो पार्टीका हाल संसदमा दुईवटा संसदीय दल छन् । राजपा र समाजवादी दुवै पार्टीको संसदीय दलको शनिबार बैठक बसेर पदाधिकारी बैठकको निर्णयअनुसार विधेयकको पक्षमा उभिने निर्णय गर्ने पनि उनले जानकारी दिए । 

विधेयकमा जनता समाजवादी पार्टीकी सरिता गिरीको मात्र संशोधन प्रस्ताव परेको छ । उनको पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन उनलाई निर्देशन दिइसकेको छ । पार्टीले विधेयकको पक्षमा मतदान गर्न ह्विप नै जारी गर्ने र संशोधन फिर्ता नलिए सांसद गिरीलाई पार्टीले कारवाही गर्ने झाले बताए । 

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा समावेश गर्न सो विधेयक संसद्‍मा दर्ता गराएकी थिइन् । 

यसअघि मंगलबारको बैठकले विधेयक संशोधन प्रक्रियाका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक सैद्धान्तिक छलफलपछि संशोधनको प्रक्रियामा ७२ घण्टा दिइएको थियो ।

सैद्धान्तिक छलफलका क्रममा सहभागि सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा निशान छापका राख्ने प्रस्ताव सकारात्मक भन्दै समर्थन गरेका थिए । 

सदनमा छलफलपछि विधेयक पारितको प्रक्रिया सुरु हुनेछ। संविधान संशोधन विधेयक पारितका लागि तथ्यांक तत्काल उपस्थित सांसद संख्याको दुई तिहाइ बहुमत चाहिन्छ । 

प्रतिनिधसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा जान्छ। राष्ट्रियसभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पास गरिन्छ । संघीय संसदको दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । राष्ट्रिय सभाको बैठक भोलि (आइतबार) बस्दैछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro