site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 पुँजीबजार खोल्ने विषयमा धितोपत्र बोर्ड र बजार सञ्‍चालक नेप्से नै अन्योलमा

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै सेयर बजारको कारोबार के हुन्छ भन्‍ने चासो लगानीकर्तामा देखिएको छ । तर, सेयर बजार केहिलेबाट खुलाउने भन्‍ने विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्‍चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) नै अन्योलमा छन् ।

बोर्डको अध्यक्ष भिष्मराज ढुङ्गाना यसअघि नै जेठ ३२ गतेसम्म सेयरबजार बन्द गर्ने सुचना प्रकाशित भइसकेकोले ३२ गतेसम्म बजार नखुल्ने बताउँछन् । असार लागेपछि भने मोडालिटी तयार पारेर खोल्ने विषयमा छलफल हुने उनले बताए ।

“बोर्ड बजार खोल्नुपर्छ भन्‍नेमा छ, तर लगानीकर्ताहरु केही इन्फ्रास्टक्चर भएपछि मात्रै खोल्नुपर्छ भन्नेमा हुनुहुन्छ । हामी मोडालीटी तयार गरेर खोल्ने तयारीमा जुट्छौं,” उनले भने, “असारको १-२ गते नै बजार खोल्ने सम्भावन न्युन छ । असारको पहिलो सातामा दोस्रो बजार कारोबार सुचारु हुनसक्छ।”

लकडाउन भएपछि सेयबजारको सिस्टममा गरिएको परिवर्तनलाई निरन्तरता दिने वा लकडाउन अगाडिकै सिस्टम अनुसार कारोबार गर्ने भन्ने विषयमा बोर्ड स्पष्ट भइसकेको छैन । 

“सर्किट ब्रेक पहिलेको सिस्टममा ६ प्रतिशतमा लाग्ने रहेकोमा ३ प्रतिशत बनाएको, रकमको कारोबार तथा कारोबार समयमा पनि सिलिङ लगाएको थियो ति सबै मोडालीटि परिवर्तन गर्नुपर्ने हुन्छ” उनले भने, “आइतबारबाट नेप्से, लगानीकर्ता लगायत सरोकारवालासँग छलफल गरेर नयाँ मोटालीटी बनाएपछि बजार खुल्छ ।”

बोर्डकै प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरी पनि सेयर बजार कहिलेबाट खोल्ने भन्‍ने विषय छलफलकै क्रममा रहेको बताउँछन् । उनले भने, “लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय सरकारले गरेपनि पुँजीबजार के गर्ने भन्‍ने विषयमा केही कुरा आएको छैन, यसमा सरकारको राय के हुन्छ समन्वयन गरेर आइतबार छलफल गरेपछि मात्रै भन्‍न सकिएला ।” नेप्से र 
लगानीकर्तासँग पनि छलफल गनुपर्ने उनले बताए । अर्थमन्त्रालयसँग समन्वयन गरेर बोर्डले निर्णय लिने उनको भनाई छ ।

यता अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्री धितोपत्र बोर्ड नै नियमकारी निकाय भएको र बजार सञ्चालन गर्ने नगर्ने अधिकार पनि बोर्डलाई रहने बताउँछन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने बोर्डबाट बजार खोल्ने आशयको पत्र आएपछि नेप्सेले बजार खोल्ने विषयमा बोर्ड बैंठक बोलाएर निर्णय गर्ने बताउँछन । 

उनले भने, “ बोर्डबाट पत्र आएपछि मात्रै हामीले बजार खोल्ने प्रक्रिया अगाडी बढाउने हो, अहिलेसम्म पत्र आएको छैन ।” बजार खोल्नुपर्छ भन्ने पक्षमा नेप्से रहेको र अब लकडाउनको मोडालीटी परिवर्तन भएसँगै बजार पनि खुल्ने तर मिति भने तय नभएको उनले बतए ।

चैत १० गतेदेखि बन्द रहेको सेयर बजार वैशाख ३० र ३१ गते दुई कारोबार दिनको लागि खुलेको थियो । तर दुई दिनमै लकडाउन कडाई भएको कारण देखाउँदै धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले बजार बन्द गरेको छ ।

बोर्डले चैत १० गते ५ कारोबार दिनको लागि सेयर बजार बन्द गर्ने निर्णय गर्दै नेप्सेलाई सेयर कारोबार बन्द गराउन निर्देशन दिएको थियो । बोर्डले धितोपत्र सम्बन्धी ऐनको दफा ९०, उपदफा १ को घ लाई प्रयोग गर्दै ५ कारोबार दिनको लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको थियो । उक्त दफामा बोर्डको विशेष अधिकारको रुपमा “धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिन सम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिन सक्ने उल्लेख छ ।” 

सोही व्यवस्था चैत १८ गतेसम्म बन्द भएको सेयर बजार चैत १९ गतेदेखि भने बोर्डले नेप्सेलाई बजार बन्द गर्न निर्देशन दिँदा नेप्सेले धितोपत्र सुचिकरण तथा कारोबार नियमवलीको दफा २१ अनुसार बजार बन्द गर्दै आएको छ ।

ऐनको उक्त दफामा ‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्‍चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ ।’ भन्‍ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार हालसम्म पनि बजार बन्द रहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro