site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रकोप नियन्त्रण गरेर देश र जनतालाई विपद्‍बाट जोगाऔं’
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग कोभिड १९ को प्रकोप नियन्त्रण गरेर देश र जनतालाई विपद्‍बाट जोगाउन सरकारसँग पुनः माग गरेको छ । कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले देश र जनतालाई विपद्‍बाट जोगाउन लिखति रुपमै माग गरेको हो ।   

कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बझाउन बुधबार बिहान बालुवाटार गएको प्रतिनिधि मण्डलले महामारीबाट देश र जनतालाई विपद्‍बाट जोगाउन विभिन्न सुझावहरुसमेत दिएको छ । देश र जनतालाई महामारीबाट जोगाउन सरकारले स्वास्थ्य सामग्रीको आपूर्तिमा जोड दिनुपर्ने कांग्रेसको सुझाव छ ।

“कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । पीसीआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस्,” कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

KFC Island Ad
NIC Asia

कांग्रेसले मापदण्डअनुसार क्‍वारेन्टिनको उचित व्यवस्थापन र सञ्चालन गरी पिउने पानी, खाना, सुरक्षित दूरीसहित बस्‍ने व्यवस्था र शौचालयको व्यवस्था गर्न पनि सुझाएको छ । “उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्‍वारेन्टिन सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस्,” ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानीय तहलाई हेरिरहेको भन्दै कांग्रेसले तत्काल यस्तो कार्य तत्काल बन्द गर्न सचेत गराएको छ ।

Royal Enfield Island Ad

कांग्रेसले विपद्‍बाट जोगिन विश्वसनीय प्रविधिवाट बढीभन्दा बढी नागरिको परीक्षण व्यवस्था गर्न, पीसीआर परीक्षण गर्नु पर्नेको दायरा विस्तार गरेर क्‍वारेन्टिनमा राखिएका सवैलाई पीसीआर विधिबाट परीक्षण गरेपछि मात्रै घर पठाउनुपर्नेमा जोड दिएको छ । “मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परीक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस्,” कांग्रेसले भनेको छ ।  

कोरोना संक्रमणको उपचारका लागि तोकिएका अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधि, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका सम्बन्धमा सवै सेवा बिना अवरोध पाउने सुनिश्चिता गर्न पनि सरकारसँग माग गरिएको छ । कांग्रेसले लकडाउनको अवधिमा सयौं मानिसहरुले आत्महत्या गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा लेखेको छ, “यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।”

राष्ट्र विपतमा परेका बेला स्वास्थ्य सामग्री खरीदमा निरन्तर भ्रष्टाचार हुनुलाई कांग्रेसले निर्लज्ताको पराकाष्ठाभनेको छ । “सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस् । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यी सबै भ्रष्टाचार, अनियमितता बारे छानबिन गरी तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस्,” कांग्रेसले ध्यानाकर्षण पत्रमा माग गरेको छ ।

कांग्रेसले राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरणको व्यवस्था गर्न, राहतका खाद्य सामग्रीको गुणस्तर कायम गर्न, भनसुन र राजनीतिक आग्रहका आधारमा राहतको वितरण गर्ने काम बन्द गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

विदेशमा विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित ढंगले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गर्न र विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

महामारीका कारण देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिँदै कांग्रेसले संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिकासहित रकम पालिकाहरुमा पठाउन पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरेको छ ।

कृषि र खाद्य सुरक्षामा जोड दिँदै ध्यानाकर्षण पत्रमा भनिएको छ, “अहिलेको विपद्ले खाद्य अभाव भइ भोकमरीको संकट आउन सक्दछ । जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्‍याउने कार्य गरियोस् ।”

अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक रहेको भन्दै कांग्रेसले देशका साना, ठूला उद्योग, व्यापार, व्यवसायको संरक्षण र श्रमिक, मजदुर, उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखेर ठोस राहत प्याकेज घोषणा गर्न पनि भनेको छ ।

“औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वःव्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको छन । यस अवस्थामा साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गरियोस्,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।

वरिष्ठ नेता पौडेलको नेतृत्वमा गएको पाँच सदस्यीय प्रतिनिधि मण्डलले बुझाएको ध्यानाकर्षण पत्र बझु्दै प्रधानमन्त्री ओलीले कांग्रेसले अघि सारेका माग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । “हाम्रा कुरा सुनिसकेपछि उहाँ (प्रधानमन्त्री) ले धन्यवाद दिनुभयो । हाम्रा कुरा सकारात्मक रुपमा लिएको छु, कार्यान्वयन गर्छु भनेर प्रतिवद्धता जनाउनुभयो,” प्रतिनिधि मण्डलमा रहेका कांग्रेस नेता रमेश लेखकले भने ।

प्रधानमन्त्री ओलीलाई भेट्न वरिष्ठ नेता पौडेलको नेतृत्वमा सहमहामन्त्री डा. प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ र लेखक बालुवाटार गएका थिए ।

जेठ २६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेता पौडेलको नेतृत्वमा प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro