site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन प्रस्तावमाथिको छलफलमा सांसदहरुले के भने ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभामा अहिले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समावेश गरी जारी भएको नयाँ नक्सा निशान छापमा राख्‍ने विषयमा आएको संविधान संशोधन प्रस्तावमाथि छलफल जारी छ । 

प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री  डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियास् भनी प्रस्ताव प्रस्तुत गरेपछि अहिले सोमाथि सांसदहरुले धारणा राखिरहेका छन् । 

संशोधन विधेयकमाथिको जारी सैद्धान्तिक छलफलमा राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सिंगो संसद एक ठाउँमा देखिएको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरु संशोधन विधेयकको पक्षमा उभिएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसको पूर्ण समर्थन 

नेपाली कांग्रेसले संशोधन विधेयकलाई पूर्ण समर्थन गरेको छ ।  कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नेपालको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्‍ने संविधान संशोधन प्रस्तावलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताए । 

Global Ime bank

खाँणले विधेयकको पक्षमा मतदान गर्नका लागि कांग्रेस केन्द्रिय समिति बैठकले नै निर्णय गरेको भन्दै कांग्रेस संसदीय दल विधेयकको पक्षमा रहेको बताए । 

भारतले लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्दा कांग्रेसले विरोध गरेको, सो भूमि समेटेर नक्सा जारी गर्न सरकारलाई दबाब दिँदै आएको भन्दै उनले सरकारले ल्याएको विधेयक सकारात्मक रहेको भन्दै समर्थन गरेको बताए । 

कांग्रेस सचेतक पुष्पा भुषालले संविधान संशोधन विधेयकमा आफ्नो पूर्ण समर्थन रहेको बताइन् । संविधान संशोधनलाई सर्वसम्मत पारित गराउन पनि उनले आग्रह गरिन् । सांसद गगन थापाले नक्सा मात्र होइन नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पनि सँगै पारित गर्न उनले आग्रह गरे । 

नक्साका सम्बन्धत्रमा सिंगो देश एक ठाउँमा उभिएको भन्दै  माटो जोगाउने कुरामा प्रधानमन्त्रीलाई साथ रहेको बताए । त्यस्तै, कांग्रेस सांसद मिनेन्द्र रिजाल,डिला संग्रौला, मानबहादुर विश्वकर्मालगायतले विधेयकमा समर्थन रहेको बताए ।

भौगोलिक अखण्डता र स्वाधिनतामा दुई मत छैन : कर्ण

राजपाका सांसद लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गरे । उनले आफुलाई मात्र राष्ट्रवादी नठान्न चेतावनी दिँदै उनले भने, “नेपालको भौगोलिक अखण्डता र स्वाधिनताप्रति हाम्रो दुईमत छैन ।” उनले सरकार पक्षबट अनर्गल प्रचार भएको भन्दै आपत्ती जनाए ।

त्यस्तै, संघीय समाजवादी दलका सांसद राजेन्द्र श्रेष्ठले संशोधन विधेयकलाई समर्थन गर्ने बताए । राष्ट्रिय स्वाधिनताका विषयमा कसैसँग सम्झौता नहुने भनदै उनले विधेयकलाई समर्थन गरे । 

राष्ट्रियताको सवालमा एकढिक्का

नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले राष्ट्रियताको पक्षमा देश एक ढिक्का भएको बताइन् । उनले अहिले ऐतिहासिक कार्य शुरु भएको र यो चुनौतीपूर्ण रहेको बताइन् । नेकपा सांसद कृष्णभक्त पोख्रेलले प्रस्तावको स्वागत गरे । उनले भारतले नेपालको भूमि कालापानीमा सेना राखेको भन्दै नेपालको स्वाधिनतामाथिको प्रहार भएको बताए । उनले राष्ट्रियताको सवालमा संसद एक ठाउँमा उभिने र सर्वसममत पारित हुने विश्वास व्यक्त गरे । 

नेकपाकी सांसद गंगा चौधरीले नेपालको संसदमा प्रतिनिधित्व गर्नेले भारतको चिन्ता गरेको देख्दा उदेक लागेको बताइन् । उनले भारतले सुगौली सन्धी मान्दैन भने नेपालले पनि मान्न जरुरी नरहेको भन्दै ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नुपर्ने बताइन् । 

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।  भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोही नक्सा निशान छापमा समावेश गर्न जेठ ९ गते संशोधन प्रस्ताव संसद सचिवलयमा दर्ता गरेको थियो ।

जेठ १९ गते कानुनमन्त्री तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेकी थिइन् । सोही दिन संघीय संसद सचिवालयले राजपत्र र जेठ २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक प्रकाशन गरिएको थियो । सर्वसाधारणको जानकारीका लागि प्रकाशन भएको सात दिन सोमबार पूरा भएपछि संशोधन विधेयक अघि बढाउन लागिएको हो । 

मंगलबार संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइने संसद सचिवालयले जानकारी दिएको छ । विधेयक पारित हुन तत्कल उपस्थित सांसद संख्याको दुईतिहाई आवश्यक पर्ने संवैधानिक प्रावधान छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement