site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० अर्ब खर्चको एक–एक  हिसाब चाहिन्छ : गगन थापा
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक–एक  हिसाब सदनलाई जानकारी गराउन माग गरे । उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गरे ।

उनले भने,  “यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौं । अब हामी प्रश्‍न गर्छौं । उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो । ”

KFC Island Ad
NIC Asia

प्रतिनिधिसभामा आफूहरुले माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताकाबारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखे ।

उनले भने, “न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुन्यो । कसैको सुनेन ।  नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ?  के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कसले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अकर्मण्यताले रोकेको हो । सरकारको अक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ । ”

Royal Enfield Island Ad

उनले क्‍वारेन्टिनको व्यवस्थापन राम्रो हुन नसकेको को आपत्ती जनाउँदै प्रश्‍न गरे

“यो क्‍वारेन्टिन हो कि मान्छे मार्ने क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ । ”

उनले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोश पोखे ।  

उनले भने, “नेपाल भन्दा बाहिर १२७ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्दछ नेपाल भित्र १४ जनाको मृत्यु भएको छ । ३७ सय ६२ जना संक्रमित भएका छन् । तर, के मृत्यु हुनेको संख्या १४ मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ र झुण्डिएर मरेका चन्द्रबहादुर परियार र औषधि खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ । क्‍वारेन्टिनमा मृत्यु भएकी  सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लीलाबल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ? ”

अदालत, संसद्, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भने पनि सरकारले बेवास्ता गरेको, सुदूर पश्चिममा स्वाब संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहँदा सरकारले क्‍वारेन्टिनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उनले आपत्ति जनाए ।

“अव क्‍वारेन्टिनम बसेको मान्छेको परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ । टेस्ट गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्रि देश भन्दिने । किन कि परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न । जवाफ चाहियो ? जिम्मा कसले लिने हो ? प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ? एक जना दुई जना निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट र अपराधबाट भाग्‍न पाइन्न । ”

विज्ञहरुसँगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडीटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

सांसद थापाले भने, “न यो विश्वसनीय छ ?  न नेपालको संक्रमणको अवस्थामा यसको औचित्य छ । तर जबरजस्ती आरडीटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ ? हामीलाई जवाफ चाहिन्छ । मृत्यु भइसकेका मान्छेको स्वाव परीक्षण नगर्ने कसले भन्यो हामीलाई जवाफ चाहिन्छ । ”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro