काठमाडौं । नेपाली हवाई क्षेत्रमा फेरि चिनियाँ विमान प्रवेश गरेको छ । बी १०टीआरमा दर्ता भएको बिचक्राफ्ट बि३०० सी कलसाइनको चिनियाँ विमान सोमबार बिहान नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको हो ।
उक्त विमान यो समाचार तयार पारुञ्जेलसम्म सगरमाथाको आकाशमा घुमिरहेको छ । यसअघि मंगलबार यही विमान सगरमाथा क्षेत्रको आकाशमा ३३,८०० फिटको उचाइमा उडेको थियो । उक्त विमानले नेपालको हवाई क्षेत्र मंगलबार बिहान १०:३० बजे छोडेको थियो ।
यसअघि मंगलबार अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनियाँ विमान आकाशमा उडेका बताइएको थियो ।
यसअघि सगरमाथाको उचाई मापनका लागि २७ मार्च, २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको शिखरमा पुगेका थिए । त्यसैगरी सगरमाथको उचाई मापनकै लागि २२ मार्च, २०१९ मा नेपाली सर्भेयर टोली शिखरमा पुगेको थियो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने बताएकी थिइन् ।