site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाको अध्यक्षमा किन अटाएनन् बाबुराम ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजपा र संघीय समाजवादी दलले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा औपचारिक रूपमा निवदन दर्ता गराएका छन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेर दल दर्ताका लागि निवेदन दिइएको छ । दुई अध्यक्ष रहेको सो पार्टीमा तीन जना वरिष्ठ नेता छन् । जसमा पहिलो वरीयतामा अशोक राई छन् भने दोस्रोमा बाबुराम भट्टराई र तेस्रोमा राजेन्द्र महतो छन् । 

दल दर्ताका लागि भट्टराई समेत अध्यक्ष रहने गरी दल दर्ता गर्ने तयारी थियो । तर, राजपाको कार्यालमा बसेको बैठकले अन्तिम टुंगो लगाउँदा पनि निर्वाचन आयोगमा दल दर्ताका लागि गरिने निवेदनमा बाबुरामको नाम अध्यक्षमा अटाएन । वरिष्ठ नेतामा पनि उनी राई पछिको बरियतामा छन् । 

उसो त राजपा र संघीय समाजवादी एकता भएर बन्‍ने दलमा बाबुराम भट्टराई अध्यक्ष बनाउने विषयमा विवाद थिएन । बरू उपेन्द्र यादव र राजेन्द्र महतोबिच केही असहमति थिए । उपेन्द्र-ठाकुरलाई सेरेमोनियल अध्यक्ष बनाएर आफु र बाबुराम अध्यक्ष बन्‍नुपर्नेमा दाउमा थिए भने महतो ठाकुरलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने अडानमा थिए । बाबुरामको नाममा उनको पनि असहमित थिएन । तर, दल दर्ता गर्दा भने बाबुरामको नाम अध्यक्षमा अटाएन । 

Prabhu Bank
Agni Group
NIC Asia

समाजवादी जनता दलको ५३ सदस्यीय कार्यसमिति रहेको छ । 

बाबुराम संघीय परिषद अध्यक्ष, महतो संसदीय दलको नेता

Global Ime bank

दल दर्ता गर्नुअघि सो पार्टीभित्र लामै रस्साकस्सी चलेपनि अन्तत: दल दर्ताको प्रक्रिया अघि बढेको छ । दल दर्ताका लागि तयार निवेदनमा ठाकुरपछि भट्टराईका नाम संघीय अध्यक्षका रूपमा लेखिएपनि पछि टिपेक्स लगाएर मेटिएको थियो । 

स्रोतका अनुसार बाबुराम छिट्टै संघीय परिषद् अध्यक्ष र महतो संसदीय दलको नेता बन्ने भद्र सहमति भएको छ । सोही सहमति पछि आज दल दर्ता भएको हो । "छिटै बाबुरामजी संघीय अध्यक्ष र महतो संसदीय दलको नेता बन्‍‍नुहुनेछ । भद्र सहमति नेताहरूबीचमा भएको छ", समाजवादीका एक प्रभावशाली नेताले भने ।

बाबुराम अध्यक्ष नबनेपछि सामाजिक सञ्‍जालमा विभिन्‍न टिकाटिप्पणी भएपछि उनका सहयोगी विश्वदिप पाण्डेले दुई जना अध्यक्ष रहने कुरा सहमतिमै भएको र त्यसका लागि संयोजननै भटटराईले गरेको बताएका छन् ।

उनले भने, "बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ । धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement