साहित्य
काठमाडौं । गायक तथा संगीतकार सन्देश श्रेष्ठ नयाँ गीत लिएर आएका छन् । कालापानी हामी भुल्दैनौं... बोलको गीत लिएर उनी स्रोता तथा दर्शकमाझ आएका हुन् ।
गीतमा शब्द रचना गोविन्द पौडेलको छ भने संगीत तथा स्वर सन्देश श्रेष्ठको छ ।
गीतको भिडियो पनि निर्माण गरिएको छ । जयेन कुमार मोक्तानले भिडियो खिचेका छन् । निर्देशक तथा सम्पादन जितेन्द्र राजोपाध्यायले गरेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७ १६:२६
प्रतिक्रिया दिनुहोस्