site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’

कोभिड–१९ विरुद्धको संघर्षमा स्वास्थ्यकर्मी नै अग्रपंक्ति (फ्रन्टलाइन) का योद्धा हुन् । उनीहरुलाई सबैले आदर र सम्मान गरेर हौसला प्रदान गर्नुपर्छ । यो लडाइँको मुख्य जिम्मा राज्यको हो । सङक्रमण फैलन नदिन सामाजिक दूरी सबैभन्दा ठूलो हतियार हो । अस्पतालमा आएका बिरामीबाट कोभिड – १९ को संक्रमण स्वास्थ्यकर्मीलाई हुनुबाट बचाउनुपर्छ । 

यस्तो महामारीको बेला दिनरात नभनी स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्नु राज्यको दायित्व हो । महामारीबाट स्वास्थ्यकर्मी बचे न अरुलाई बचाउने हो । त्यसकारण स्वास्थ्यकर्मीको सबैभन्दा पहिले परिक्षण हुनुपर्छ जसले गर्दा उनीहरूले निर्धक्क भएर स्वास्थ्य सेवा दिन सकुन् । 

यो विषम परिस्थितिमा पनि देश र जनताको लागि सरकारको तयारी के ? जनताले के पाए ? देशको आवश्यकता के हो ? राज्यले के दियो ? नागरिक र देशको रक्षा गर्नु राज्यका सबै अंगको दायित्व हो । महामारीका बेला सबै मिलेर यसको रोकथाम तथा बच्ने उपाय तिर लाग्नुपर्छ । 

सरकार पहिला देशको रक्षा गर अनि राजनीति ! यस्तो महामारीको बेलामा पनि देश र जनताको रक्षा गर्न छाडेर नेता फोहोरी राजनीतिमा लागेका छन् । हाम्रो देशमा राजनीति खराब होला, नेता खराब होलान् तर हामी नेपाल आमाको सन्तान खराब छैनौ । 

अहिले देशको आवश्यकता जनताको जीवन जोगाउने र महामारीबाट छुटकरा पाउने नै हो । सरकारले नै यसको लागि तत्काल सही र आवश्यक कदम चल्नुपर्छ । 

कोभिड–१९ महामारीको बेला पनि स्वास्थ्य सामग्री खरिदमा करोडौंको घोटाला, देशको सिमानाका विषयमा विवाद, राजनीति र कुर्सी भन्नु जरुरी थिएन । यस्तो महामारीको बेला जनता र स्वास्थ्यकर्मीलाई साथमा लिएर अगाडि बढ्नुको सट्टा उनीहरुको मनोबल गिराउने काम नगरौँ । यस्तो दुःखद घडीमा देश र जनतासँग उभिएर उनीहरुको मनोबल बढाउनसका साथै साथ र सहयोग दिनु नै असल राजनीतिक नेता हुनु हो । (भरतपुर १० , चितवन)

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro