site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेसको निर्देशन  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अबेर राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशनसमेत दिएको छ ।

“ल बैठक सकियो । परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन,” केन्द्रीय सदस्य गगन थापाले बैठक लगत्तै ट्विट गरेका छन् ।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा मदतान गर्न संसदीय दललाई निर्देशन दिएको पुष्टि गरे । “सरकारद्वारा प्रस्तुत संविधान संशोधनको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ,” उनले भने । 

प्रवक्ता शर्माले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भस्भाग भएको दोहोर्‍याउँदै ति भूभागमा नेपालको हक स्थापित हुनुपर्नेमा जोड दिए । “विगतदेखि नै हामीले भन्दै आएका थियौं कि ति भूभागहरु नेपालका हुन् । ति भूभागमा नेपालको हक निर्वाध रुपले स्थापित हुनुपर्दछ,” उनले भने, “त्यसका लागि उच्च स्तरीय कूटनीतिक पहल सरकारले गर्नु पर्दछ । हाम्रो त्यसमा सरकारलाई साथ रहने छ ।”

कांग्रेसले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि स्थानीय सरकारहरुका लागि तत्काल रकम निकासा गर्न केन्द्र सरकारसँग माग गर्ने पनि निर्णय गरेको छ ।   

“कोरोनाका सन्दर्भमा राहत, क्वारेन्टाइनलगायतको कार्यमा नेतृत्व गर्नु पर्ने स्थानीय तहहरुलाई आज चार महिना गुज्रिसक्दै गर्दा पनि सरकारले बजेट उपलब्ध नगराएको विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल स्थानीय सरकारहरुलाई रकम निकासा गर्न संघीय सरकार समक्ष माग गर्ने निर्णय पनि गरिएको छ,” प्रवक्ता शर्माले भने ।

सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १३ गते डाकेको सर्वदलीय बैठकमा कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने बताएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro