site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 सेयर कारोबार खुलाउने विषयमा बोर्ड नै अन्योल, अध्यक्ष भन्छन् - २० गतेपछि थाहा होला

काठमाडौं । सरकारले चैत ११ बाट लकडाउन जारी गरेपछि लगभग बन्द रहेको सेयर बजार खुलाउन नियामक निकाय र सरकार उदासिन देखिएका छन् । 

वैशाख ३० र ३१ गते दुई दिन खुलेको बजार पुन: बन्द भएको थियो । बजार बन्द भएको दुई साता बितिसक्दा कसरी अगाडि बढ्ने भन्‍ने स्पष्ट खाका नेपाल धितोपत्र बोर्डले दिन सकेको छैन । न त बोर्ड बजार कहिलेबाट खुलाउने भन्‍नेमा नै स्पष्ट देखिन्छ ।

अझै पनि बोर्ड सेयर बजारलाई कसरी सञ्‍चालन गर्न सकिन्छ भन्‍नेभन्दा पनि सरकारले गरेको लकडाउन के हुन्छ भन्‍नेमा नै केन्द्रित भएर बसेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सरकारले २० गतेपछि लकडाउनलाई कसरी लैजान्छ, त्यसैको आधारमा सेयर बजार पनि के हुन्छ भन्‍न सकिने बताउँछन् ।

"सरकारले २० गतेपछि लकडाउन के गर्छ त्यसपछि मात्रै भन्‍न सकिन्छ, अहिले यहि नै हुन्छ भनेर भन्‍ने अवस्था छैन", उनले बाह्रखरीसँग भने, "बीचमा दुई दिन सेयर बजार खोलियो, लगानीकर्ताले अलिकति मिहेनत गरेको भए त्यतिबेला नै निरन्तर बजार खुल्थ्यो तर लगानीकर्ता त्यति उत्साहित हुन सकेनन् । लकडाउन पनि कडाई भयो र सेयर बजार पुन बन्द गर्नुपर्‍यो ।" अब २० गतेपछिको अवस्था हेरेर बजार खोल्ने र नखाल्ने निणर्य हुने उनले बताए ।

बोर्डले बैंक इन्ट्रिग्रेसन कसरी गर्न सकिन्छ छलफल गरेको र त्यसलाई छिटो कार्यान्वयन गर्न निर्देशन दिएको भन्दै अहिले बैंक इन्ट्रिग्रेसनको काम भइरहेको उनले बताए । नेप्से र सीडीएस एण्ड क्लियरिङ पनि बजार खोल्नुपर्छ भन्‍नेमा नै रहेको उनले बताए ।

"बजार सञ्‍चालन गर्न सीडीएस एण्ड क्लियरीङमार्फत नै रकमको पनि क्लियरिङ गर्ने मोडालिटी बनाउन सकिन्छ भन्‍ने विषयमा पनि छलफल भएको छ," उनले भने, "रकमको क्लियरिङ लागि बैंकहरुलाई नै समावेश गराएर गर्ने कि भन्‍ने कुरा पनि आएको छ, यसको वर्कआउट हुँदै छ ।" यसको लागि २-४ दिन समय लाग्‍ने उनले बताए । यद्यपि अहिले नै बजार खोल्न सक्ने अथवा नसक्ने केही भन्‍न सकिने अवस्था नरहेको उनको भनाई छ ।

अनलाइन सेयर कारोबार सुरु भएकाले कारोबार सुरु गर्न किन रोक्नु परेको भन्ने सन्दर्भमा भने उनले अहिलेको सिस्टम पुर्ण इन्ट्रिग्रेट नभएको बताए । जबसम्म पूर्ण बैंक इन्ट्रिग्रेड हुँदैन तबसम्म लगानीकर्ताले घरमा बसेर कारोबार गर्ने अवस्था नहुने बताए । "घरबाट कारोबार गर्ने अवस्था नहुँदा लगानीकर्ता ब्रोकर अफिस जानै पर्‍यो, सेयर बजार खुलाउन लगानीकर्ता ब्रोकर अफिस धाउन सक्ने अवस्था हुनुपर्छ," उनले भने ।

दुई महिनासम्म लकडाउन हुँदा पनि के कारणले बजार खोल्न सकिएन त्यसमा सुधार गर्न पहल नभएर हो कि किन बजार बन्द नै गरीरहनुपर्ने अवस्था आयो ? भन्ने प्रश्‍नमा बोर्ड अध्यक्ष ढुङ्गानाले पहल भएको दाबी गरे । "पहल भएर त हामीले दुई दिन बजार पनि खोल्यौं, हामीले रकमको क्लियरिङको लागि कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङबाट कारोबार गर भन्यौं," उनले थपे, "अझै ईसेवा, आईएमई पे, प्रभु पे जस्ता मोबाइल वालेट को अप्सन पनि दिएको हो ।

लगानीकर्ताले चासो नदेखाएको भन्दा पनि सेयर कारोबार गर्ने वातावरण नै नभएको उनले बताए ।

अहीलेको अवस्थमा बजार सञ्‍चालन गर्न लगानीकर्ताले सिस्टममा गएर कारोबार गर्न कम्तिमा अनलाइनको युजरनेम र पार्सवड, सेयरको सेटलमेन्ट तथा कारोबार गर्न मेरो सेयर र नगदको सेटलेम्ट बैंकसँगको कनेक्ट आईपीएस अथवा अन्य कुनै डिजिटल माध्यम चलाउनुपर्ने उनको भनाई छ ।

अहिले सक्रिय रुपमा मेरो सेयर चलाउने ४ लाख र अनलाइनको युजर र पासवर्ड लिने करिब २७ हजार रहेको बोर्डले जनाएको छ ।

अहिले बजार सञ्चालन गर्न मेरो सेयर चलाउन लगानीकर्ता पर्याप्त रहेको भन्दै उनले भने, " एक लाख लगानीकर्ताले अनलाइनको युजर र पासवर्ड लिने तथा कनेक्ट आईपीएसलगायत डिजिटल बैंकिङ प्रयोग गर्ने लगानीकर्ता पनि १ लाख हुने हो भने सेयर बजार खुलाउन सकिन्छ ।"

सेयर बजार खुलाउन नगद सेटलमेन्टको लागि बैंक इन्ट्रिग्रेसन नै अहिलेको मुख्य समस्या रहेको उनले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro