site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा निक्षेप १६.९ र कर्जा १४.३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै  चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाभन्दा निक्षेपको वृद्धिदर कम रहेको जनाएको छ । 

९ महिनाको अवधिमा बैक तथा वित्तीय संस्थाको निजी क्षेत्रको कर्जा लगानी भने ११.५ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाह हुने कर्जा १६.५ प्रतिशतले बढेको र निक्षेप १०.६ प्रतिशतले बढेको थियो ।

चालु आवको ९ महिनामा निक्षेपको तुलनामा कर्जा विस्तार बढी भएपनि वार्षिक विन्दुगत आधारमा भने कर्जाभन्दा निक्षेपको वृद्धिदर बढी रहेको छ । वार्षिक बिन्दुगत आधारमा चालु आवको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले वृद्धि हुँदा निक्षेप १६.९ प्रतिशतले बढेको छ । 

घट्दै कर्जाको व्याजदर

बैंकहरुले कर्जाको व्याजदर घटाउँदै गएका छन् । आधार व्याजदर क्रमश घट्दै जाँदा बैंकहरुले कर्जाको व्याजदर पनि घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ११.७७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा कर्जाको भारित औषत व्याजदर १२.२८ प्रतिशत थियो । 

राष्ट्र बैंकले स्प्रेड रेटमा कडाइ गर्नुको साथै औसत आधार दरसमेत घट्दा बैंकहरुले कर्जाको व्याजदर घट्दै गएको हो । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदरलाई आधार दरसँग जोडिदिएको छ । जसअनुसार आधार व्याजदर घट्दा कर्जाको व्याजदर पनि घट्ने र बढ्दा बढ्ने हुन्छ । गत आबको चैत मसान्तमा ९.६४ प्रतिशत रहेको वाणिज्य बैंकको औसत आधार दर चालु आवको  चैतमा ९.३६ प्रतिशत कायम भएको छ । 

यता बैंकहरुले निक्षेपकर्तालाई दिने व्याजदर भने बढाएका छन् । चालु आबको चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत छ । गत आबको सोही अवधिमा कर्जाको ६.६७ प्रतिशत रहेको थियो । 

बढ्दै धितो कर्जा 

सरकार र नेपाल राष्ट्र बैंकले प्रोजेक्ट फाइनान्सलाई प्राथमिकता दिने बताइरहँदा बैंक तथा वित्तीय संस्थाको भने धितो कर्जा बढ्दै गएको छ । गत आवको चैत मसान्तमा घरजग्गाको धितोमा ६५ प्रतिशत कर्जा लगानी भएको चालु आबको सोही अवधिमा घरजग्गा धितोमा भएको कर्जा लगानी ६५.१ प्रतिशत पुगेको छ । 

यता चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रभाव भएको कर्जा गत आबको चैत मसान्तमा १४.१ प्रतिशत रहेकोमा चालु आबको सोही अवधिमा घटेर १३.३ प्रतिशत कायम भएको छ ।  

सहुलियतपूर्ण कर्जा करिब ५४ अर्ब, पुनरकर्जा १८ अर्ब ३१ करोड

नेपाल राष्ट्र बैंकले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जा पनि अपेक्षाकृत रुपमा जान सकेको छैन ।

राष्ट्र बैंकले कोषको सिमा ५० अर्ब यसअधि नै कायम गरीसकेको छ भने ६०अर्ब बनाउने घोषणा गरिसेकेको छ । यता नेपाल सरकार मन्त्रीपरिषदले भने उक्त कोष १ खर्बको बनाउन निर्णय गरेको छ । तर कोषबाट चैत मसान्त सम्म प्रभाह भएको कर्जा भने १८ अर्ब ३१ करोड लगानीमा मात्रै रहेको छ । 

कुल प्रभाव भएको पुनरकर्जामध्ये साधारण पुनरकर्जा १५ अर्ब २१ करोड र निर्यात पुनर्कर्जा ७४ करोड ४४ लाख उपयोग भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै २०७२ मा गएको भुकम्पबाट प्रभावित भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको वक्यौता चैत मसान्तमा १ अर्ब ८९ करोड रहेको छ राष्ट्र बैंकले जनाएको छ । उक्त कर्जा यस्तो कर्जा १५९२ ऋणीले उपयोग गरेका छन् । 

यस्तै विभिन्न क्षेत्रमा उद्यमशीतको विकास गर्ने उदेश्यले ५ प्रतिशत व्याज अनुदानमा विभिन्‍न ७ वटा क्षेत्रमा कर्जाप्रभाव गर्नेगरी सहुलियत कर्जा घोषणा भएको थियो । उक्त कर्जाको लागि नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि २०७५ समेत जारी गरेको छ । अहीले दुई क्षेत्र थप गरेर ९ क्षेत्रमा उक्त कर्जा प्रवाह हुँदै आएको छ । 

गत चैत मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २३,४०९ ऋणीको ५० अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ५,२५० ऋणीलाई ३ अर्ब ४१ करोड कर्जा लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro