site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीमामा अलपत्र नेपाली भन्छन् - मालिकले कामबाट निकालेपछि घर जान आयौं, अब के खाने-कहाँ बस्‍ने ?

काठमाडौं । नोभेल कोरोना भाइरसका कारण मुलुकहरु लकडाउनमा छन् । जसका कारण लाखौंको रोजगारी गुमेको छ । रोजगारीका लागि नजिकको गन्तव्य भारतमा रहेका नेपालीहरु कामबाट निकालिएपछि कोही हिँड्दै, कोही साइकलमा र कोही गाडी बुक गरेर सीमासम्म आइपुगेका छन् । 

तर, लकडाउनसँगै कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने पहलस्वरुप नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिएका छन् । भारतमा करिब दुई महिनादेखि लकडाउन जारी छ । जसका कारण हजारौं नेपालीको रोजगारी गुमेको छ भने मालिकहरुले तलब दिन नसक्ने भन्दै कामबाट निकालिएका छन् । दैनिक मजदुरी गरेर दैनिक गुजारा गर्ने र केही बचेको घर पठाउने नेपालीहरु कामबाट निकालिएसँगै अलपत्र परेका छन् । 

अलपत्र नेपालीहरुले आफूले स्वदेश फर्किन पाउनुपर्ने भन्दै दबाब सिर्जना गरेपछि त्यहाँका प्रशासनहरुले स्वेदश फर्किन चाहने नेपालीको स्वास्थ्य जाँच गरेर पास दिन थालेको छ । उनीहरुको स्वास्थ्य जाँच गरेर कोरोना नेगेटिभ देखिएकाहरुले बचेको पैसाले गाडी बुक गरेर सीमासम्म आइपुगेका छन् । तर, उनीहरुका लागि स्वदेश फर्किने मूलद्वारहरु बन्द गरिएका छन् । 

Dabur Nepal

केही नेपाली ४५-५० दिनदेखि सीमामै छन् । उनीहरुले भारतीय प्रहरीले एक ठाउँबाट लखेटेर अर्को ठाउँ पुर्‍याएको छ भने भोकले मर्न नदिन एक ठाउँबाट अर्को ठाउँको क्‍वारेन्टाइनमा राखिने गरेको छ । भारतीय प्रशासनले यसअघि खटिमा क्‍वारेन्टाइनबाट निकालिएकाहरुलाई रुद्रपुर क्‍वारेन्टाइनमा राखेको छ । फेरि भारतका दिल्ली, बैंग्लोर, मुम्बई, गुजरातलगायत ठाउँमा पास दिन थालिएपछि सयौं नेपाली आएर सीमामा बसेका छन् । 

बैंग्लोरबाट मालिकले नोकरीबाट निकालेपछि लकडाउन अघि नै दिल्ली आएका थिए बैतडीका प्रकाश भुल । उनी त्यहाँ करिब डेढ महिनाभन्दा बढी समय आफन्तकोमा बसे । त्यहाँ उनीहरुको खानेकुरा सकिएपछि पास पाइने सुनेसँगै स्वास्थ्य जाँच गराए । कोरोना नेगेटिभ देखिएपछि ११ जना मिलेर गाडी बुक गरे । त्यो गाडीले उनीहरुलाई खटिमासम्म पुर्‍यायो । खटिमाबाट १४ घण्टा हिँडेर वनबासा पुगे । 

दुई महिला र एक ९ महिनाको शिशुसहित खटिमा पुगेका उनीहरुलाई भारतीय प्रहरीले लखट्यो । "तिमीहरुको प्रधानमन्त्रीले जान दिएको छैन, किन आयौं भन्दै भारतीय प्रहरीले लखेट्यो," उनले भने, "हामी जंगलको बाटो हुँदै प्रहरीलाई छलेर वनबासा पुग्यौं । यहाँबाट नेपाल जान दिइएको छैन । केही साथीहरुलाई त कुटपिट पनि गर्‍यो ।" 

उनीहरुसँग केही किनेर खाने पैसा पनि सकियो । "हिजो खटिमामा खाना मिलेको थियो । त्यसपछि केही खाएको छैन । यहाँ किनेर खानका लागि पैसा पनि छैन । बस्‍ने ठेगान पनि छैन । कहाँ बस्‍ने, के खाने," मलिन मुद्रामा आफ्नो पीडा सुनाए ।

विभिन्‍न स्थानीय तहले आफ्ना नागरिकको उद्धार गरेको भन्‍ने सुनेका उनले घरमा फोन गरेर गाउँपालिकालाई आफ्नो उद्धार गर्न आग्रह गरेका छन् । उनी भन्छन्, "घरमा फोन गरेर गाउँपालिकालाई उद्धारका लागि भन्‍न भनेका छौं । फोन आएको छैन ।" 

भारतीय प्रहरीको कुटाइबाट प्रताडित भएकार भागेका करिब २०० नेपालीहरु अझै बनबासा र खटिमाको जंगलमै अलपत्र छन् । उनीहरु सीमाका विभिन्‍न बाटो हुँदै नेपाल आउन खोजे नेपालका सुरक्षाकर्मीले र भारतमा रोकिए भारतीय प्रहरीले कुट्‍ने गरेको पीडा सुनाएका छन् ।

भारतको हरियाणाबाट पैदल आएका २६ नेपालीलाई शनिबार बिहान सीमा प्रवेश गरिरहेको अवस्थामा कञ्‍चनपुरको बेलौरी नगरपालिका १,  फटिया नाकाबाट भारतीय अर्ध सैनिक बलको जिम्मा लगाइएको छ । भारतको बसही भएर बेलौरी प्रवेश गरिरहेका  उनीहरुलाई शनिबार बिहान ७ बजे सशस्त्र प्रहरीले फटिया नाकाबाट नियन्त्रणमा लिई एसएसबीको जिम्मा लगाएको हो । जसमा कञ्‍चनपुरको २ र कैलालीका २४ जना थिए । 

त्यसैगरी भारतीय सुरक्षाकर्मीबाट कुटिँदै-छल्दै सीमामा पुगेका ८४ नेपालीलाई कञ्‍चनपुरको महाकाली नगरपालिकाले दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुलाई स्थानीय र नगरपालिकाको सहयोगमा खान र बस्‍ने टेन्टको व्यवस्था गरिएको छ । 

महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनारले भोकै प्यासै फर्किएका नेपाली दाजुभाइलाई दैनिक खाने र बस्‍ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, "भारतका विभिन्‍न स्थानबाट घर फर्किएका नेपाली जंगलको बाटो भएर नेपाल-भारत माहाकाली नगरपालिका नजिक दशगजा क्षेत्रमै राखेका छौं । उहाँहरु सुदूरपश्‍चिमका विभिन्‍न जिल्लाका हुनुहुन्छ ।"

भारतमा संक्रमण बढेसँगै लकडाउन बढ्दै जाने भएकोले रोजगारी गुमाएका नेपालीहरु स्वेदश फर्किनेहरुको संख्या अझै बढ्नेछ । भारतमा रोजगारी गुमेपछि पैदल यत्रा तय गरेर नेपालतर्फ आइरहेका छन् । कतिपय सीमावर्ती भारतीय क्षेत्रमा क्‍वारेन्टाइनमा राखिएका छन् भने कतिपय लुकिछिपी नेपाल प्रवेस गरिरहेका छन् । यसरी लुकीछिपी नेपाल प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम थप बढ्ने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro