site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा नागरिक निगरानी समूह बनाएर लकडाउन कडाइ गरिने

चितवन । कोरोना भाइरसको जोखिम र संक्रमितको संख्या  बढेसँगै चितवन प्रहरीले आजबाट थप कडाइ गरेको छ । 

सीमानाकाहरुमा  दिनहुँ कोरोना भइरसका संक्रमित बढेपछि यसलाई थप प्रभावकारी बनाउन नागरिक निगरानी समूह बनाइएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ ।
 
विशेष गरी चितवनका बैंक वित्तिय संस्था र अस्पतालहरुमा बाक्लो भीड भएपछि यसलाई व्यवस्थापन गर्न सम्बन्धित संस्थालाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए ।

"केही दिनदेखी सडक, अस्पताल, वित्तिय संस्थामा बढी भीड भएको पायौं," उनले भने, "यसलाई सामाजिक दुरी र सर्तकता अपनाएर काम गर्न निर्देशन दिएका छौं ।"

प्रशासनले लकडाउनलाई कडाइ गर्न जिल्लामा आउने सवारी साधन र मानिसहरुलाई उच्च निगरानीमा राख्ने गरेको र वडा तथा टोलमा समेत निगरानी बढाइने बताएको छ । 

"हामीले वडा तथा टोलहरुमा नागरिक निगरानी समूह बनाएका छौं," उनले भने, "बिहीबारदेखि लकडाउनको अवस्थाका् अनुगमन गर्न बिशेष टोली पनि बनाएका छौं ।"

चितवनलाई देशकै केन्द्रविन्दु र ट्रान्जिट पोइन्ट भएको थप सर्तकता र कडाई गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । 

आज दिनभरी पनि चितवन प्रहरीले जिल्लाका मुख्य सडक चोकमा समेत निगरानी र थप कडाइ गरेको छ । प्रहरीको रणनीति र कार्ययोजना अनुसार लकडाउनलाई थप कडाई र व्यवस्थापन गरिएको जिल्ला प्रहरी  चितवनका प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए । 

"हामीले लकडाउनलाई कडाई र व्यस्थित पनि गर्दैछौं," उनले भने, "जनजीवन सामान्य बनाउन पनि उत्तिकै सचेत छौं ।" 

उनका अनुसार अत्याश्यक बाहेकका सवारीसाधन तथा काम बेगर हिड्ने मानिसलाई थप कडाइ गरिएको छ । आज गरिएको लकडाउनका क्रममा अनाबश्यक काममा हिड्ने दुईसय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले बताए । 

प्रहरी प्रशासनले प्रहरी एक्लैले लकडाउन पूर्ण रुपमा नियन्त्रण र व्यवस्थापन गर्न चुनौति रहेको भन्दै  आम जिल्लाबासीलाई घरमै बसेर  सरकार र प्रशासनलाई सहयोग पुर्‍याउन आग्रह गरेको छ । "अत्याश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कनुस," प्रहरी प्रमुख गुरुङ्गले भने, "स्वस्थ परिवार, समाज निर्माणमा नागरिक समाजको पनि उत्तिकै दायित्व छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro