site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र लगानीकर्तालाई सरकारको राहत : उधारोमा सेयर कारोबार

काठमाडौं । गत साता अर्थमन्त्रालयले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित क्षेत्रका लागि करछुट, राहत र सुविधाका कार्यक्रम घोषणा ग¥यो । वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकमा पेस भएको राहत प्याकेजमा धितोपत्रतर्फ दुईवटा बुँदा रहेका छन् । 

पहिलो धितोपत्र बजारमा कोरोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरूको हिसाब मिलान गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने र दोस्रो धितोपत्र ऐनबमोजिम सूचीकृत कम्पनीले बुझाउनुपर्ने विवरणहरू बुझाउने म्याद २०७७ असार मसान्तसम्म कायम गर्ने । अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको उक्त दुईवटा निर्णयमध्ये कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरूको हिसाब राफसाफ गर्ने समयावधि असार मासन्त कायम गर्ने भन्ने व्यवस्थाले लगानीकर्तामा अन्योल सिर्जना गराएको छ ।

अर्थमन्त्रालयले घोषणा गरेको प्याकेजमा सेयर लगानीकर्तालाई उधारो कारोबार गर्नुपर्ने अवस्था आएको छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी लकडाउन हुनुभन्दा अगाडि दुई दिनको सेयर किनबेचको राफसाफ हुन बाँकी रहेको बताउँछन् । अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै लकडान अगाडि सेयर बेचेर राफसाफ हुँन बाँकी रहेकाले सेयर बजार खोले पनि भुक्तानी पाउन भने असार मसान्त कुर्नुपर्ने अवस्था आएको छ । 

सेयर कारोबारमा दुई प्रकारको राफसाफ हुन्छ, एउटा सेयर र अर्को नगदको राफसाफ । हाम्रोमा टि प्लस ३ मा राफसाप गर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ । जसअनुसार सेयर खरिद गर्नेले रकम पर्सिपल्ट भुक्तानी गर्नुपर्छ । यता सेयर बिक्री गर्नेले मेरो सेयरमार्फत् हो भने कारोबार भएको दुई दिनभित्र ई डीआइएस गरेर ब्रोकरकोमा सेयर पठाउनुपर्ने हुन्छ भने कागजका डीआईएसमार्फत् गर्ने हो भने कारोबार भएको भोलिपल्टै ब्रोकरलाई दिनुपर्ने हुन्छ । यसअनुसार टि प्लस ३ मा सेयर किन्नेले सेयर र बेच्नेले पैसा दिनुपर्छ ।

सेयरको राफसाफ सीडीएस एन्ड क्लियरिङले गर्छ भने नगदको राफसाफ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले गर्छ ।

सेयर बिक्री गर्नेको सेयर ब्रोकरले पुल खातामार्फत् सीडीएस एन्ड क्लियरिङलाई पठाउँछ सेयर खरिद गर्नेले ब्रोकरमार्फत् पठाएको पैसा नेप्सेमार्फत् सेयर बिक्री गर्ने ब्रोकरको खातामा पठाएपछि राफसाफको चरण सकिन्छ । यसरी सेयर र नगदको राफसाफ फरक बाटोबाट भए पनि एकै चरण हुने प्रक्रिया हो ।

अर्थमन्त्रालयले घोषणा गरेको सहुलियतमा यसअघि कारोबार भएको र राफसाफ हुँन बाँकी कारोबारको राफसाफलाई असार मासन्तसम्म रोक्नु भनेकाले लकडाउन अगाडि सेयर बिक्री गरेर राफसाफ हुन बाँकी रहेकाले असार मसान्तसम्म पैसा नपाउने अवस्था आएको छ । भने खरिद गर्नेले पनि असार मसान्तसम्म सेयर पाउँदैनन् ।

यसबाट अर्को पनि समस्या उत्पन्न हुने जानकारहरू बताउँछन् । टि प्सस ३ दिनमा राफसाफ हुने भनेपछि लकडाउन अगाडि सेयर कारोबार गरेकोहरूले कारोबार गरेका दिनमा नै सेयरको ईडीआईएस र डीआईएस गरेको भए अथवा सेयर किनेकै दिन रकम भुक्तानी गर्नेको के हुन्छ ? को प्रश्न खडा भएको छ । यस्तै राफसाफ नभएको सेयर र रकम राफसाफ नगरी कारोबार गर्न पाइन्छ कि पाइँदैन, भुक्तानी नगरेको सेयर अब बजार खुलेपछि किनेर भुक्तानी गर्दा के हुने हो भन्ने लगायत यावत प्रश्न उब्जिएका छन् । 

लकडाउन हुनु अगाडि क्लोज आउटको विवाद चर्चामा आएको थियो । उक्त क्लोज आउटलाई लुकाउन कतै राफसाफको खेल खेलिएको त होइन भन्ने प्रश्न समेत उठेको छ । सेयर नै नहुनेले सेयर बिक्री गर्ने र अहिले फागुनमा भएको कारोबारको राफसाफ असार मसान्तमा पुर्‍याउने र बजार खुलेपछि सेयर किनेर सेयर भुक्तानी गर्ने क्लोजआउट गर्ने टाठाबाठा लगानीकर्ता र उनीहरूलाई साथ दिने ब्रोकरका लागि त यो निर्णय गरेको कतिपयले दाबी गर्दै आएका छन् ।

यता पहिले भएको सेयर कारोबारको राफसाफ नगरी लकडाउन खुलेपछि भएको सेयर कारोबारको राफसाफ गर्न सिस्टमले मिल्छ कि मिल्दैन । यदि मिल्दैन भने अर्थमन्त्रालयलको निर्देशनमा सेयर बजार नै आगामी असार मसान्तसम्म बन्द राख्ने उद्देश्य त होइन ? यो विषय निकै पेचिलो बनेको छ ।

यता नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी उक्त निर्णय कार्यान्वयन भएमा भोलि बजार खोलेपछि बर्वाद हुने बताउँछन् । लकडाउन हुनु अगाडि २ दिनको राफसाफ हुँन बाँकी रहेको र त्यो टी प्सस ३ मा नै राफासाफ हुनुपर्ने प्रवक्ता गिरी बताउँछन् । सेयर कारोबारमा सेयर अहिले दिन्छु र पैसा ३ महिनापछि लिन्छु भन्न नमिल्ने उनले बताए । 

“सेयर बेच्नेले सेयर दिइसक्यो तर पैसा आएन भने भोलिको दिनमा पनि त्यस्तो कारोबार हुन्छ र कारोबार नै रोकिन्छ”, उनले भने, “राफसाफ हुन कति बाँकी छ त्यो हेर्न बोर्डले निर्देशन दिइसकेका छ, बोर्डको सोच भनेको सिद्धान्तअनुसार जानुपर्छ भन्ने नै रहेको हो ।”

टी प्लस ३ मा नै राफसाफ गर्नुपर्छ भन्नेमा बोर्ड  रहेको उनले बताए । अर्थमन्त्रालयले गरेको निर्णयअनुसार बोर्डको बुझाइ राफसाफ असार मसान्तमा गर्ने भन्ने नै रहेको उनको भनाइ छ । यद्यपि अर्थमन्त्रालयको पनि बुझाइ के हो भनेर समन्वयन भइरहेको उनले बताए ।

निर्णय भइसकेको अवस्थामा त्यसलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ, राफसाफ गर्न बाँकी रहेको डाटा पनि हेर्न उनले बताए । 

यता सेयर विज्ञ डा. गोपाल भट्ट लगानीकर्ताले नै मार्जिन कलको डरले विभिन्न फन्डा अपनाएको हुन सक्ने बताउँछन् । राफसाफलाई असार मसान्तसम्म लैजाने भनेर सेयर बजार पनि असार मसान्तसम्म खुल्दैन भनेको हुन सक्ने उनी तर्क गर्छन् । राफसाफ भन्नाले दिनेले दिने र लिनेले लिने गरी हिसाब मिलान भनेको हो त्यो नभई हुने कारोबार उधारो नै हुने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro