site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चार बालबालिकाको शव अझै उठेन
Sarbottam CementSarbottam Cement

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ को जंगलमा बम बिस्फोटमा मृत्यु भएका चार बालबालिकाको शव अझै उठेको छैन । बिहीबार बेलुका बाख्रा चराउन गएका उनीहरु घर फर्किंदै गर्दा गहुँ बारीमा बम बिस्फोटमा परेर मृत्यु भए पनि सोही स्थानमा अर्को बम रहेकाले शव उठाउन नसकिएको हो ।

शव भएको ठाउँमा रातभर प्रहरीले सुरक्षा गरेर बसेको थियो । इलाका प्रहरी कार्यालय होलेरी, प्रहरी चौकी जुगार र प्रहरी चौकी नुवागाउँबाट खटिएको प्रहरी टोलीले रातभर घटनास्थलको सुरक्षा गरेको जिल्ला प्रहरी प्रमुख (डीएसपी) चित्रबहादुर गुरुङले जानकारी दिए । दाङ, सल्यान, रोल्पालगायत जिल्लाहरुमा रातभर पानी परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

डीएसपी गुरुङका अनुसार बम डिस्पोज गर्न बिहान सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ । बिहीबार रात परेको हुँदा डिस्पोज गर्न सम्भव नभएको र शव पनि उठाउन नसकिएको उनले बताए । बम विस्फोटमा त्रिवेणी गाउँपालिका ७ का लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय, ११ वर्षीया छोरी विमला, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखीरामको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीहरुले त्यो बम खेलाउँदै ल्याएका थिए वा त्यहीं उनीहरुले छोएपछि विस्फोट भएको हो ? भन्नेबारे एकिन नभएको प्रहरीले जानकारी दिएको छ । बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । त्यसलाई ’दुम्ला भिडन्त’ भनेर चिनिन्छ । भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ देखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । सोही समयमा ती बमहरु माओवादीले छोडेको हुन सक्ने प्रहरीको  अनुमान छ ।

Global Ime bank

प्रतिकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement