site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउन पछिको प्रदर्शनको पर्खाइमा अविनाश
SkywellSkywell

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण हाल विश्व खेलकुद जगत नै ठप्प छ । जसले गर्दा कुनै पनि खेलकुद प्रतियोगिताले अहिले पूर्णता पाउन सकेका छैनन् । खेल प्रतियोगिताहरू आयोजना हुन सक्ने अवस्था नभए पनि खेलाडीहरूले भने जसो–तसो भए पनि सेल्फ प्रशिक्षण गरिरहेका छन् । उसो त सबै खलाडीले सही स्थानमा प्रशिक्षण गर्ने मौका भने पाएका छैनन् । 

खेलाडीहरूले सही स्थानमा प्रशिक्षण गर्न नपाउँदा आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले सबै खेलाडीहरू यतिबेला महामारीको अन्त्य चाँडैहोस् भन्ने कामना गरिहेका छन् । उनीहरूले छिट्टै प्रशिक्षणमा फर्किंदै प्रतियोगिता होस् भन्ने आशा गरेका छन् ।  

हाल धेरै जसो खेलाडीहरू बन्द कोठाभित्रै सेल्फ प्रशिक्षणमा छन् । उनीहरू आफ्नो प्रदर्शनलाई लयमै राख्नका लागि भए पनि दैनिक शारीरिक व्यायाम गरिरहेका छन् । यता केही विभागीय खेलाडी भने आफ्नै मैदानमा प्रशिक्षण गरिरहेका छन् । यस्तै मध्येका एक हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अविनाश बोहोरा । उनी लकडाउनको समयमा पनि घर नजिकै रहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेका छन् । 

KFC Island Ad
NIC Asia

लक डाउन अघि पनि आफ्नो प्रशिक्षणमा ध्यान दिने उनी, चैत ११ गतेदेखि नेपालमा भएको लक डाउनको समय सदुपयोग गर्दै प्रशिक्षणमा जुटेका छन् । उनी अहिले आफ्नो फिटनेसमा धेरै चासो दिरहेका छन् । 

“मैले लकडाउनको समयमा पनि आफ्नो प्रशिक्षणलाई रोकेको छैन । यो समयमा आफूले फिटनेसमा ध्यान दिन सकिएन भने प्रदर्शनमा केही असर पर्नसक्छ जस्तो लाग्छ । त्यसैले यो समयलाई पनि सदुपयोग गर्दै म प्रशिक्षणमा जुटेको छु । यसले मेरो फिटनेसमा धेरै फाइदा पुग्छ जस्तो लाग्छ,” अविनाशले बाह्रखरीसँगको कुराकानीमा भने । 

Royal Enfield Island Ad

नेपाली क्रिकेट पनि हाल कोरोनाका कारण सुनसान छ । नेपालमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) लगायत अन्य घरेलु लिगहरू अहिले स्थगित छन् । त्यस्तै नेपाली टोलीले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू पनि स्थगित भएका छन् । यसै कारण खेलाडीहरूलाई आफ्नो स्वास्थ्यमा ध्यान राख्नु पर्ने अवश्यक छ । 

“प्रतियोगिताहरू भएको भए त्यसैमा व्यस्त हुनेथियौं । अहिले कुनै पनि प्रतियोगिता छैनन् । त्यसले खेलाडीको प्रदर्शनमा केही कमजोरी हुन्छ कि भन्ने हो । मेरो कुरामा त्यस्तै छैन । मैले मैदानमा आफ्नो शत प्रतिशत दिन्छु । यो बीचको तयारीले पनि केही फाइदा भने मिल्नेछ । अब लकडाउन पछिको प्रदर्शनको पर्खाइमा छु,” अविनाशले भने । 

उमेर समूहमा प्रतिस्पर्धा नगरी सिधै राष्ट्रिय टोलीमा स्थान बनाएका अविनाश पछिल्लो समय राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पर्छन् । उनले युएईविरुद्धको टि–ट्वान्टी सिरिजमा ३१ जनावरी २०१९ मा डेब्यु गरेका थिए । उनी डेब्यु खेलमा नै ‘प्लेअर अफ टी सिरिज’ घोषित भएका थिए । 

“मेरो प्रदर्शनलाई निरन्तर सुधार गर्दै गइरहको छु । मेरो अन्तिम चाहना भनेको देशका लागि विश्वकप खेलेर जिताउनु हो । त्यसका लागि नै आजैदेखि लागि परेको छु । हामीले  निरन्तरको प्रदर्शनलाई सुधार गर्दै गएमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप जिताउने कुरामा दुई मत छैन,” अविनाशले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro