site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना संक्रमित चितवनकी महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ 

चितवन । भरतपुर अस्पतालमा उपचारार्थ कोरोना संक्रमित चितवनकी महिलाको कोरोनाभाइरस (कोभिड–१९) को तेस्रो पटक परीक्षण पनि पोजेटिभ आएको छ ।  महिलाको मंगलबार सांँझ गरिएको तेस्रो परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए  ।  

उनीसँगै संकलन गरी पठाइएका २२ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको छ । किटको अभावका कारण स्वाब नमुना परीक्षणका लागि सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु नमुना पठाइएको थियो ।  उनको गत बिहीबार दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि शनिबार नै डिस्चार्ज गरिएको पौडेलले बताए ।  महिलाको वैशाख ३ गते गरिएको आरडीटी टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा, छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । 

चैत ३ गते बेलायतबाट नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीहरु गत महिना लण्डन हङकङ हुँदै नेपाल आएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro