site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा बाहिर निस्किएको भन्दै पत्रकार पक्राउ, महासंघद्वारा निन्दा

चितवन । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका समयमा बाहिर निस्किएको भन्दै चितवनको भरतपुरस्थित चौबिसकोठीबाट प्रहरीले दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ । 

कोरोना संकटको समयमा समेत आफ्नो जीवनको प्रवाह नगरी समाचार संकलनमा निस्किएका कायकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई सोमबार बिहान १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । 

पत्रकारले परिचपत्र देखाउँदासमेत लकडाउनमा कसैलाई नचिन्‍ने भन्दै नियन्त्रणमा लिएर पत्रकार महासंघको रोहबरमा डेढ घण्टापटि रिहा गरिएको बताइएको छ । 
 
पत्रकारहरुलाई प्रहरीद्वारा गरिएको दुर्व्यवहार र गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ, चितवन, प्रेस संगठन नेपाल, चितवन र नेपाल प्रेस युनिय चितवले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

एक संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ, "पत्रकारलाई दुर्व्यवहार गरी सवारीसाधनसमेत नियन्त्रणमा लिई गरिएको गिरफ्तारीको घोर भर्त्सना गर्दछु । पत्रकारको परिचय पत्र लगाएर कार्यक्षेत्रमा खटिएका रिजाल र अधिकारीलाई नियन्त्रणमा लिई भरतपुरको कर्भडहलमा रहेको क्‍वारेन्टाइनमा राखिएको बताइएको छ ।" 

संकटको बेला राज्य संयन्त्रले आमनागरिकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नुपर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्रकाहरुमाथि दुर्व्यवहार गरी गिरफ्तार गर्ने कार्यमा संलग्‍न प्रहरीलाई कारबाहीको माग गर्दै पत्रकारको सवारीसाधन र सञ्‍चारसाधन जबरजस्ती नियन्त्रणमा लिने क्रममा भएको क्षतिको पूर्तिको माग गरिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro