site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इटालियन सरकारले प्रशिक्षणमा फर्किन अनुमति दिने

एजेन्सी । इटालीयन सरकारले खेलकुद टोलीलाई मे १८ पछि प्रशिक्षणमा फर्किने अनुमति दिने निर्णय गरेको छ । इटाली सरकारले घोषणा गरेको लकडाउन सहजीकरण गर्दै खेलकुद टोलीलाई प्रशिक्षणमा फर्कन अनुमति दिने बताएको हो । 

प्रधानमन्त्री ज्युसेप्पे कोन्टेले आइतबार कोरोना भाइरस महामारीको प्रकोपलाई मध्यनजर गर्दै मे ४ देखि कडा नियमहरू कम गर्ने बताएका छन् । प्रधानमन्त्री कोन्टेले अझै पनि सामाजिक दूरी नियमको पालना गर्न आवश्यक भएको बताए । उनले खेलकुदहरूलाई मे ४ देखि व्यक्तिगत र मे १८ देखी समूहमा रहेर प्रशिक्षण गर्न अनुमति दिने बताएका छन् । 

इटालियन सिरी एलगायत सम्पूर्ण खेल गतिविधि गत महिनादेखि स्थगित छन् । स्थगित खेलहरू कहिलेदेखि सुचारु हुने पूर्ण रूपमा भन्न सक्ने अवस्था भने छैन । तर, कोन्टेले जुनमा धेरै सेवाहरूको सहजीकरण हुन सक्ने सुझाव दिएका छन् । 

“म धेरै इटालियनहरूजस्तै फुटबलबारे पनि उत्साहित छु । त्यसैले यो समय अस्वाभाविक लाग्न सक्छ,” खेलबारे मिडिया कन्फ्ररेन्समा कोन्टेले भने, “खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले मे ४ देखि व्यक्तिगत र मे १८ देखि समूहगत प्रशिक्षण गर्ने विषयमा विशेषज्ञ, वैज्ञानिक र खेलकुद व्यक्तित्वहरूसँग छलफल गर्नेछन् । त्यसपछि हामी निर्णय गर्ने छौं कि सिजन पूरा गर्ने के गर्ने भनेर ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro