site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वका अन्‍य मुलुकभन्दा बढी कोरोना संक्रमित न्युयोर्कमा 
SkywellSkywell

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा न्युयोर्क राज्यमा मात्र विश्‍वका अन्य मुलुकहरुभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । न्युयोर्कमा मात्र पछिल्लो २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिएका छन् । 

न्युयोर्कमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ९३७ पुगेको  छ । यता स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार छ भने इटालीमा एक लाख ४३ हजार कोरोना संक्रमित छन् । 

Dabur Nepal
NIC Asia

कोरोना भाइरसको उद्‌गम चीनमा भने कोरोना संक्रमितको संख्या ८२ हजार पुगेको छ । 

अमेरिकाभर कोरोना संक्रमितको संख्‍या चार लाख ६२ हजार पुगेको छ भने १६ हजार ५०० को मृत्यु भएको छ । विश्वभर भने १६ लाख कोरोना संक्रमित छन् भने ९५ हवारभन्दा बढीको मृत्यु भइसकेको छ । 

विश्वभरका अन्य मुलुकका कोरोना संक्रमितको संख्याभन्दा न्युयोर्क अगाडि छ । यसभन्दा सात हजार कम कोरोना संक्रमित स्पेनमा छन् भने १८ हजार कम इटालीमा छन् । 

न्युयोर्कमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई सामूहिक चिहानमा गाडिरहेको तस्बिरहरु सार्वजनिक भएका छन् । ठूलो खाडल खनेर सिँढी लगाएरमा मानिसहरुलाई एकै खाडलमा गाडिरहेका तस्बिरहरु ड्रोनले खिचिएको बताइएको छ । उक्त तस्बिरहरु हार्त टापुको भएको जनाइएको छ । 

न्युयोर्कमा बुधबारमात्र ७९९ जनाको मृत्यु भएको जनाइएको छ । जुन पछिल्लो तीन दिनकै उच्च रेकर्ड हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका संयोजक डा. एन्थोनी फाउकीले बिहीबार अमेरिकामा कोरोना संक्रमणबाट ६० हजारको मृत्यु हुनसक्ने बताएका छन् । उनले यसअघि मृत्यु हुनेको संख्या अमेरिकामा मात्र एकदेखि दुई लाख हुने बताएका थिए । -बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu