site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वरीयता सुधार नेपाली खेलाडीको लक्ष्य, स्वेच्छाको पहिलो सहभागिता
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व टेबल टेनिस खेलको महाकुम्भको रूपमा रहने ‘विश्व टेबल टेनिस च्याम्पियनसिप’ आगामी जेठमा जर्मनीमा आयोजना हुँदै छ । जेठ १५ गतेबाट जर्मनीको डस्सलडर्फ सहरमा हुने च्याम्पियनसिपमा नेपालबाट महिला र पुरुषतर्फ समान २–२ गरी ४ खेलाडीले सहभागिता जनाउँदैछन् ।

च्याम्पियनसिपमा नेपालबाट महिलातर्फ नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङले सहभागिता जनाउनेछन् । पुरुषतर्फ शिव सुन्दर गोथे र अमर लाल मल्ल छनोट भएका छन् । च्याम्पियनसिपमा छनोट भएका मध्ये ३ खेलाडी यसअघि पनि सहभागी भैसकेका छन् भने स्वेच्छा पहिलो पटक सहभागिता जनाउन लाग्दैछिन् । च्याम्पियनसिपमा नेपालले महिला र पुरुषको सिंगल्स, महिला डबल्स, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्  ।

छनोटमा परेका चारै खेलाडीहरु अखिल नेपाल टेबल टेनिस संघले आयोजना गरेको छनोटमा शीर्ष दुईमा पर्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । संघले नेपालमा शिर्ष १६ औं वरियतामा रहेका खेलाडीबीच प्रतिस्पर्धा गरेर खेलाडी छनोट गरेको हो । 
च्याम्पियनसिपमा छनोट भएका खेलाडीहरु लैनचौरस्थित नेपाल टेबल टेनिस संघको कभर्ड हलमा अन्तिम तयारीमा जुटेका छन् । छनोटमा परेका खेलाडीहरु आफ्नो विश्व वरियतामा सुधार र दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ बिहान र बेलुका गरी दुई समय कडा प्रशिक्षणमा रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“तयारी राम्रो भैरहेको छ । च्याम्पियनसिपमा राम्रो गर्दै विश्व वरियतामा सुधार गर्ने योजना बनाएको छु,” छनोटमा पहिलो तथा नेपाल नम्बर एक महिला खेलाडी नविताले बाह्रखरीसँग भनिन् । पाँचौंपटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेकी नविता विश्व टेबल टेनिसको वरियतामा ४३७ औं स्थानमा छन् । 

नविता नेपाली खेलाडीहरु मध्येकै सबैभन्दा उच्च वरियता प्राप्त खेलाडी हुन् । नविताले चीनमा भएको विश्व च्याम्पियनसिपमा कंगो, स्टेनिया र अल्जेरियाका खेलाडीलाई पराजित गर्दै उक्त वरियता पाएकी थिइन् । 

Global Ime bank

नविता अन्तर्राष्ट्रिय टेबल टेनिसमा नेपालबाट खेल्ने अनुभवी खेलाडी पनि हुन् । तर, दक्षिण एसियाली खेलकुदमा पदकधारी नविताले यो पटक इन्जुरिको कारण वरियता सुधारमा केही कठिन हुन सक्ने बताइन् । “मेरो योजना कम्तिमा ३ सयभित्र पर्ने हो । अभ्यासको दौरान केही इन्जुर्ड भए,” नविताले भनिन्, “इन्जुरिले केही चिन्ता थपिएको छ । हिम्मत हारेको छैन । यो पटक कम्तिमा ४ सयभित्र पर्ने गरी खेल्ने छु ।” तर नविताले प्रशिक्षणको दौरान खेलाडीहरुको लागि बिशेष प्रशिक्षक उपलब्ध नगराएको कारण ट्रेनिङ राम्रो हुन नसकेको बताइन् ।

यस्तै पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेकी स्वेच्छाले पहिलो सहभागितामा राम्रो गर्न उत्सुक रहेको बताइन् । “खुशी र उत्साहित छु,” रेखाले भनिन्, “विश्व च्याम्पियनसिपमा पहिलो सहभागिता भएपनि मैले अन्य अन्तर्राष्ट्रिय खेलमा राम्रो गरेको रेकर्ड छ । त्यसैले राम्रो प्रदर्शन गर्छु जस्तो लाग्छ ।” 

च्याम्पियनसिपका लागि छनोट भएकामध्ये शिव पनि अनुभवी पुरुष खेलाडी हुन् । तेस्रो पटक विश्व च्याम्पियनसिप खेल्न लागेका ३५ बर्षिय गोथेले भने, “तयारी राम्रै भइरहेको छ । च्याम्पियनसिपको लागि नै विशेष गरेर तयारी भैरहेको छ । च्याम्पियनसिपमा व्यक्तिगत प्रदर्शन सुधार गर्ने लक्ष्य लिएको छु ।” पूर्व नेपाल च्याम्पियन रहिसकेका गोथे पुरुषको विश्व वरियतामा ६ सयको हाराहारीमा रहेका छन् । तर, गोथेले च्याम्पियनसिपमा नेपालले धेरै अपेक्षा गर्न नसकिने भएपनि अहिले सम्मकै राम्रो खेल प्रदर्शन गर्ने योजना बताए । 

“विश्व च्याम्पियनसिपमा विश्वकै राम्रा खेलाडीहरु हुन्छन्, हाम्रो सहभागी भनेकै सबैभन्दा राम्रो गर्ने नै हो,” गोथेले थपे, “च्याम्पियनसिपमा व्यक्तिगत राम्रो गर्ने, वरियता सुधार गर्ने र त्यहाँ हामीले अन्य देशको खेलाडीको कौशल र च्याम्पियन कसरी हुन्छ त्यो सिक्न पाउनेछाैं ।”

पुरुषतर्फ छनोटमा दोस्रो भएर जर्मनी जाने टोलीमा रहेका अमरले आफ्नो योजना दोस्रो चरणमा पुग्नु रहेको बताए । “लिग खेल जितेर दोस्रो चरणमा पुग्ने योजना बनाएको छु,” दोस्रो पटक विश्व च्याम्पियनसिप खेल्न लागेका अमरले भने, “यो च्याम्पियनसिपलाई मैले साफ गेम्सको तयारीको रुपमा समेत लिएको छु ।”  यस्तै विश्व वरियतामा वरियताविहिन अमरले नेपाली खेलाडीहरुको व्यक्तिगत भन्दा टिम प्रदर्शन राम्रो भएको बताए । 

स्वेच्छाको पहिलो सहभागिता र पुनरागमन
नेपालबाट विश्व च्याम्पियनसिपमा छनोट हुने खेलाडीमध्ये महिला तर्फ छनोट भएकी स्वेच्छाको यो पहिलो सहभागिता हुनेछ । कुनै बेला नेपाली टेबलटेनिसमा चर्चित स्वेच्छाले नेपालबाट अन्य धेरै च्याम्पियनसिपमा सहभागिता जनाइसकेकी छिन् । 

तर, स्वेच्छाले टेबल टेनिसको ओलम्पिक मानिने विश्व च्याम्पियनसिपमा भाग लिन पाएकी थिइनन् ।  यो विश्व च्याम्पियनसिपको पहिलो सहभागिता ३० वर्षीया स्वेच्छाको लागि पुनरागमन जस्तै रहनेछ ।

“मेरो लागि सबैभन्दा ठूलो अचिभमेन्ट हो । एकदमै खुसी र उत्साहित छु । धेरै खेल, च्याम्पियनसिप खेलिसकेको छु,” स्वेच्छाले बाह्रखरीसँग भनिन्, “मैले बिश्व च्याम्पियनसिप खेलेको थिइन । यो पटक छनोट भएर खेल्दै छु ।”

\"\"पाँचथरको फिदिम पुर्खौली घर भएपनि धरानमा हुर्किएकी स्वेच्छाले टेबलटेनिस खेल्न थालेको १९ बर्ष बितिसकेको छ । उनले दक्षिण एसियाली खेलकुद (साग) गेम्समा नेपाललाई दुई पटक पदक दिलाई सकेकी छिन् ।  सन् २००९ र १० मा भएको सागको टिम इभेन्ट्समा नेपालले दुई कास्य पदक जित्दा स्वेच्छा महत्वपूर्ण सदस्य थिइन् । 

स्वेच्छाले टेबल टेनिसमा केही आरोह अवरोह समेत बेहोरिन् । स्वेच्छाले पाँच वर्षअघि धनगढी र महेन्द्रनगरमा सम्पन्न भएको छैटौं राष्ट्रिय खेलकुदपछि टेबल टेनिसबाट लगभग बिट मारिसकेकी थिइन् । तर, टेबलटेनिस प्रतिको माया, लगावको कारण अर्को अवसर पाएकी छिन् ।

“म छैटौं खेलकुदपछि टेबल टेनिस खेल्न छाडेर हङकङ गएँ । तर मैले टेबलटेनिस छाड्न सकिन,” टेबलटेनिस छाडेर हङकङ गएपनि स्वेच्छा तीन महिना मात्र त्यहाँ बस्न सकिन् ।  उनले भनिन्, “त्यसबेला मेरो प्रदर्शन घटेको थियो मैले टेबल टेनिसको ठूलो प्रतियोगिता खेल्ने भित्रि मनको हौसला मर्न दिइन । त्यसैले नेपाल फर्किएँ । अहिले त्यो सपना पूरा हुँदैछ ।” 

स्वेच्छाले धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा सिंगल्सतर्फ क्वाटरफाइनल सम्मको यात्रा तय गरेकी थिइन् । टिम इभेन्ट्समा भने स्वेच्छाले स्वर्ण जितेकी थिइन् । धनगढीको राष्ट्रिय खेलकुदमा स्वेच्छा आफ्नो पाँच महिनाको बच्चा पेटमा राखेर खेलेकी थिइन् ।  स्वेच्छाले भनिन् , “छैटौं खेल्दा मेरो पेटमा पाँच महिनाको बच्चा थियो । मैले सबैलाई मोटाएको भनेर ढाँटेर खेलेँ । तर, जब प्रतियोगिता सुरु भयो । म प्रेगनेन्ट भएको विपक्षीलाई थाहा भयो । विपक्षीले प्लेसिङ खेल खेल्यो । म क्वाटरफाइनलमा मात्र पुग्न सकेँ ।”

नेपाल आएपछि स्वेछाले व्यक्तिगत ट्रेनिङ, बच्चा पाएपछि बढेको तौल घटाउने काम गरिन् ।  स्वेच्छाले राष्ट्रिय टोलीमा फर्कनको लागि २० केजी भन्दा बढी तौल घटाएकी थिइन् । उनले पुनरागमनको रुपमा सन् २०१५ मा थाइल्याण्ड भएको एसियन च्याम्पियनसिप खेलिन् । र, छनोटमा एक खेलमा मात्र पराजित स्वेच्छा दोस्रो हुँदै जर्मनीमा हुने च्याम्पियनसिपको लागि नेपाली टोलीमा पुग्न सफल भइन ।

स्वेच्छाको पुनरागमनमा परिवारको समेत सपोर्ट छ । त्यसैले त पुन स्वेच्छा नेपाली टेबलटेनिसमा पुन उदाउने तयारीमा छिन् । “परिवारको सपोर्ट नभएको भए टेबलटेनिस पुन खेल्ने थिइन । उहाँहरुकै सपोर्टले पुनः खेल्न आएको छु,” स्वेच्छाले थपिन्, “म बिहानैबाट अभ्यासमा हुन्छु, परिवारको सपोर्ट सहयोग नभएको भए म मेरो पाँच वर्षकी छोरी एक्लै छाडेर खेल्न आउन सक्ने थिएन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement