देश
काठमाडौं । फागुनको पहिलो दिन काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालबाट कोरोना संक्रमित बिरामी भागे ।
चीनको बाटो हुँदै नेपाल आएका साउदी अरबका एक नागरिक उक्त झ्यालबाट भागेका थिए ।
रुघाखोकी र ज्वरो आएपछि करिब एक साता अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षणको तयारी भइरहँदा अस्पतालबाटै भागेका थिए ।
त्यसको एकमहिनापछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले चैत एक गते विभिन्न मिडियाका सम्पादकहरुसँगको छलफलमा उक्त झ्याल अहिले बन्द गरिएको बताएका थिए ।
तर पनि अहिलेसम्म उक्त झ्याल जस्ताको त्यस्तै रहेको पाइएको छ । उक्त झ्यालसमेत अहिलेसम्म बन्द गर्न नसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६ २१:३८
प्रतिक्रिया दिनुहोस्