site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चीनमा पहिलो पटक कोरोना पहिचान गर्ने चिकित्सकसहित १४ जनालाई सहिद घोषणा

बेइजिङ । चीनको हुबेइ प्रान्त सरकारले कोभिड-१९ विरुद्ध लड्दा ज्यान गुमाएका १४ जना चिकित्सकलाई सहिद घोषणा गरेको छ । 

कोरोना महामारीको उद्‌गमस्थल चीनको केन्द्रीय प्रान्त हुबेइ सरकारले बिहीबार पहिलो पटक कोरोना भाइरस पहिचान गर्ने लि वेनलियाङसहित १४ जना चिकित्सकलाई सहिद घोषणा गरेको हो । उनले गत डिसेम्बरमा वुहानमा कोरोना भाइरस भएको र भर्खर सुरु भएको बताएका थिए । डा लिले विभिन्‍न मुलुकमा रहेमा आफ्ना सहकर्मीलाई समेत कोरोना भाइरस पत्ता लागेको चीनमा बिरामी देखिएको भन्दै सचेत गराएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनलाई प्रहरीले अनावश्यक हल्ला फैलाएको भन्दै धम्कीसमेत दिएको थियो । पछि उनले कोरोना संक्रमितको उपचारक्रममा कोभिड-१९ संक्रमण भएर ज्यान गुमाएका थिए । उनीमाथि चिनियाँ अधिकारीले गरेको व्यवहारप्रति विश्वभरबाट आलोचना भएको थियो । 

चिनियाँ सामाजिक सञ्‍जालमा सरकारको आलोचना गर्दै स्वतन्त्रताको माग गरेका थिए । पछि सरकारले उक्त आलोचनालाई सामाजिक सञ्‍जालबाट हटाएको थियो । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro