site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले कार्यभार नसम्हाल्दै 'युक्रेन समर्थक' राष्ट्रको रक्षा बैठक

जर्मनी । पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविरमा भेला भएका छन् । 

यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिनुभन्दा पहिले हुने उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) गठबन्धन सदस्यहरूको अन्तिम बैठकका रूपमा हेरिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रामस्टिन एयर बेसमा हुने २५औँ वार्तामा किएभका लागि पर्याप्त नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्ने अपेक्षा गरिएको छ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू बैठकमा सहभागी हुने बुधबार अबेर मात्र बताएका छन् । 

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियससँगै युक्रेनरक्षा सम्पर्क समूहको बैठकमा नेटोका महासचिव मार्क रुट र युरोपेली संघका विदेश नीति प्रमुख काजा कल्लास पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
 
करिब तीन वर्ष लामो युद्धमा संलग्न रुसी र युक्रेनी सेनाले जनवरी २० मा ट्रम्पको शपथग्रहणअघि नै आ–आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन् ।

किएभका लागि अमेरिकी सैन्य सहायताको आलोचना गर्दै आएका ट्रम्पले सत्तामा आएपछि युद्धको शीघ्र अन्त्य गर्ने वाचा गरेका छन्, तर युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव गरेका छैनन् । 

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक भएको छ । अमेरिकाले फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरेको छ भने एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीका अनुसार सहायताको बारेमा ‘पर्याप्त घोषणा’ बिहीबारको बैठकमा आउने सम्भावना छ।

जर्मनी युक्रेनको दोस्रो ठूलो समर्थक हो । जर्मनीसँगबाट युक्रेनले अहिलेसम्म करिब ३० अर्ब अमेरिकी डलर प्राप्त गरेको छ।

अस्टिनले बुधबार एएफपीसँग कुरा गर्दै युक्रेनमा अमेरिकी नेतृत्व ‘आवश्यक’ रहेको र किएभका लागि निरन्तर सैन्य सहयोग जारी हुनु महत्त्वपूर्ण रहेको बताए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro