site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा र दाहालको सम्बन्धः टाउकोको मोलदेखि कुर्सीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार चुनावी प्रचारको अन्तिम दिन बुद्ध एयरको विमानमा सँगैको सिटमा बसेर भरतपुर गए ।

प्रधानमन्त्रीका स्वकीय सचिव तथा पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले सँगैको सिटमा बसेर देउवा र दाहाल भरतपुर जाँदै गरेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे ।

उक्त तस्बिर हेरेका मध्ये एकजनाको कमेन्ट छ– कति राम्रो राजनीतिक सिद्धान्तका साथ २०५२ सालबाट आन्दोलन गरी १७ हजार नेपाली बलि दिनु भएको रहेछ । कांग्रेससँग सहकार्य गर्नु थियो भने किन नेपाली जनतालाई झुक्याउनुभयो ?”

Prabhu Bank
Agni Group
NIC Asia

कुममा कुम मिलाएर चितवन पुगेका दुवै नेताको सम्बोधनको भाव एउटै थियो– ‘अतिवादका विरुद्धमा तयार भएको कांग्रेस–माओवादी गठबन्धनलाई जिताउनुस् ।’ टाउकाको मूल्य तोक्ने र तोकिएकै नेताहरुबीच डेढ दशक नपुग्दैको यो सम्बन्धलाई कांग्रेस र माओवादीभित्रै पनि शंकाको दृष्टिले हेरिन थालेको छ ।

स्वभावले पनि एकै खालका भनिने यी नेताबीच पछिल्लो समयमा देखिएको सम्बन्ध आखिर केका लागि त ? 

Global Ime bank

प्रहरी महानिरीक्षक बनाउने विषय होस् या प्रधानन्यायाधीशलाई महाभियोग प्रस्ताव दर्ता गराउन या मन्त्री बनाउन होस् या कुनै राजनीतिक निर्णय लिन, फरक–फरक पार्टी हाँकेका यी दुई नेताको बोली आफ्नै पार्टीका नेतासँग भन्दा बढी मिलेको देखिन्छ । 

सिद्धान्तमै सम्झौता गर्न पछि नपर्ने यी नेता खास स्वार्थका लागि पनि पछि नपरेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । 

नेपाली कांग्रेसको विजय हुने सम्भावना रहेकै ठाउँमा आफ्ना उमेदवारलाई फिर्ता गराएर आखिर देउवाले दाहाललाई किन यसरी फकाउँदैछन् त ?
धेरैको जवाफ आउँछ– अबको एक सातापछि आफँै प्रधानमन्त्री बन्न ।’

के त्यसो भए आफू प्रधानमन्त्री बन्नकै लागि कांग्रेस सभापति देउवाले आम कार्यकर्ताको चित्त दुखाएका हुन् त ? 

भरतपुरमा सम्बोधनकै क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यस्तै विषयलाई स्पष्ट पार्ने प्रयास गर्दै भने– यो गठबन्धन १२ बुँदेदेखिकै निरन्तरता हो । म जेलमा हुँदा गिरिजाबाबुले माओवादीसँग १२ बुँदे सम्झौता गर्नुभएको हो । त्यही बेलादेखिकै यो रोडम्याप हो ।”

उनले संविधान कार्यान्वयनका लागि पनि आफूहरुको गठबन्धन रहेको बताउँदै नेकपा एमालेका विरुद्धमा गठबन्धन तयार भएको संकेत समेत गरे ।
“तराई, पहाड र हिमालबीचको सम्बन्ध राम्रो बनाउनका लागि गठबन्धन बनेको हो,” देउवाले भने, “यो सम्बन्ध लामो समयसम्म जान्छ । संघीय चुनावसम्म यो गठबन्धन रहन्छ, अहिलेलाई मात्रै होइन । बीचमा बसेर मधेस र पहाड टुक्र्याउनुपर्छ भन्नेका विरुद्धमा हो यो गठबन्धन ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको माओवादी केन्द्रलाई सत्ताबाट बाहिर निकालेर देउवाले माओवादी केन्द्रकै नेतृत्वमा सरकार गठनको वातावरण समेत तयार पारे, त्यो पनि संविधानअनुसार बाँकी अवधीमा दुवै नेताले मिलिजुली खानकै लागि ! मनोनयन दर्ताको दिनसम्म पनि गठबन्धनको सुरसार नभएका दुई शीर्ष नेता बालुवाटार बसेर कहाँ कहाँ गठबन्धन गर्ने भन्ने निष्कर्ष निकाले । दाहालले पनि मौका चुकाउन पछि परेनन् । उनले आफ्नै छोरी उमेदवार भएको ठाउँ रोजे, देउवाले सहिजलै स्वीकार गरे । उनीहरुले दुई नेताबीचको निर्णय आ–आफ्नो पार्टीबाट अनुमोदन समेत गराए ।

दुवै नेताले बिहीबार भरतपुर पुगेर घुमाउरो पारामा नेकपा एमालेका नेताहरुलाई गाली समेत गर्न भ्याए ।

नेकपा एमाले नेतृत्वको सरकारप्रति लक्षित गर्दै दाहालले सम्बोधनका क्रममा भने–“अघिल्लो वर्ष हिमाल, पहाड र तराईलाई अलग अलग बनाइएको थियो ।

 देशलाई विभाजन गर्ने प्रयास गरिएको थियो । अब अहिले निर्णय गर्ने अधिकार तपाईंहरुसँग छ । देशलाई विभाजन गर्नेलाई विजयी गराउने कि एकतावद्ध बनाउनेलाई ? उज्यालोलाई जिताउने कि अँध्यारोलाई जिताउने ? । नेपाली जनताले विवेकशील ढंगले निर्णय लिने बेला आएको छ ।”

दाहाल त्यतिमै रोकिएनन्, केही मिटरको दुरीमा आफ्नै पार्टीको उमेदवारलाई भोट मागिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै भने– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँ नेतृत्वको कांग्रेसले मलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै गर्दा ममाथि धेरै आरोप लगाइयो । यसले देशै विगार्छ भन्ने आरोप थियो । फाष्ट ट्रयाक पनि बेचेरै खान्छ, विकास हुन दिँदैन । यसले गर्ने विनासै विनास हो भनेर विरोध मात्रै गरियो ।”

उनले यस्तो निर्णय नेतृत्वले बेला–बेलामा लिनुपर्ने अवस्था आउने बताउँदै कांग्रेस र माओवादीले बेला बेला त्यस्ता निर्णय लिएको समेत बताए ।
“कांग्रेसले गिरिजा प्रसाद जस्तो नेता नजन्माएको भए आज गठबन्धन पनि सम्भव हुने थिएन,” दाहालले सम्बोधनका क्रममा भने, “यो शान्ति प्रक्रियालाई संस्थागत गर्ने महान अभियान पनि हो । कतिपयलाई शान्ति सम्झौता पचाउन गाह्रो भएको थियो । यो के गरेको हो ? भनेर गिरिजाबाबुको आलोचना गरियो तर गिरिजाबाबु  विचलित हुनुभएन । शेरबहादुर देउवालाई अहिले पनि यसैगरी आलोचना भएको थाहा छ । माओवादी केन्द्रबाट भएको आलोचना त कति हो भन्ने मलाई थाहा छ । बेला बेलामा कठोर निर्णय लिन नसक्ने नेता नेता नै हुन सक्दैन ।”

उनले आफूहरुको गठबन्धन केका लागि भन्ने पनि पटक पटक पुष्टि गर्ने प्रयास गरे । “हाम्रो सत्ता गठबन्धनले के ल्यायो र के दियो भन्दा पनि देशलाई एकतावद्ध बनाएर निर्वाचनमा लग्यो यो नै महत्वपूर्ण कुरा हो,” उनले भने ।

दाहालले सम्बोधनका क्रममा यसरी शीर्ष नेता नै आएर मत मागेपछि भरतपुरमा जित्नुमात्रै नभएर अत्यधिक बहुमतले जित्नुपर्ने बताए । “अब हामीलाई थोरै मतले जित्नु भनेको जितेको जस्तो हुँदैन,” दाहालको भनाइ थियो, “अत्यधिक बहुमतले जित्नुपर्छ ।”

चितवनमा कांग्रेसभित्र देखिएको विवाद पनि देउवाले भन्दा दाहालले सामसुम पार्ने प्रयास गरे ।

“हामीले थोरै गल्ती गरेकै हो, यो कुरा मैले यहाँ भन्नैपर्छ,” दाहालले भने, “मनोनयन भन्दा अघिल्लो दिनमा नै हामीले तालमेल गरिसक्नुपथ्र्यो । अहिलेसम्म उभार आइसक्थ्यो । केन्द्रमा छलफल गर्दा गर्दै ढिला भयो । यसले केही साथीहरुलाई नमिठो पक्कै भएको छ । दिनेश कोइरालालाई अलिकति नमिठो भयो होला तर दुई पार्टीको रणनीतिक साझेदारीका लागि तपाइँले गरेको त्याग खेर जाँदैन र जान पनि दिँदैनौं ।”

दाहालले कोइरालालाई फकाउँदै भने– “तपाइँ युवा पनि हुनुहुन्छ । मैले पनि सकेको ठाउँबाट तपाईँलाई सहयोग गर्नेछु । युवा नेताको रुपमा स्थापित हुने अवसर पनि तपाईँलाई छ । रणनीतिक साझेदारलाई सहयोग गर्दा तपाईँको हाइट घट्दैन, बढ्दै जान्छ ।”

दाहालले आफ्नो सम्बोधनको अन्त्यमा धन्यवाद र ‘जय नेपाल’ भन्दै आफ्नो मन्तव्य टुंग्याए, ‘लालसलाम’ भनेनन् । आखिर कांग्रेस र माओवादी केन्द्रका कैयौं कार्यकर्ताले समेत नरुचाएको यो सम्बन्ध आखिर केका लागि त ?

कांग्रेसकै एक नेताले यस संवाददातासँगको कुराकानीमा केही दिनअघि भनेका थिए,– “यो विशुद्ध प्रधानमन्त्रीसँग जोडिएको विषय छ । प्रचण्डलाई आफ्नी छोरीप्रतिको मोह हुनु सामान्य कुरा हो । त्यसलाई स्वभाविक रुपमा लिन सकिन्छ तर हाम्रो सभापतिलाई निर्वाचनको एक साताभित्र प्रधानमन्त्री हुनुछ । यो सँग बाहेक केही कुरा जोडिएको छैन । तर उहाँले यसले पार्टीलाई कति नोक्सानी पुर्याउँछ भन्ने कुरा बुझ्न सक्नुभएन ।”

ती नेताको टिप्पणी यस्तो छ– “प्रचण्ड र देउवा एकअर्काप्रतिको लेनदेनमा यति गहिरोसँग भासिँदै गए कि अब उनीहरु टाढा जानै नसक्ने भएका छन् । एकलाई अर्काको कमजोरी राम्रोसँग थाहा भैसक्यो । दुवैको ‘क्यारेक्टर’ पनि एकैखालको देखिन थाल्यो । शेरबहादुर देउवालाई प्रचण्डले सरकार बनाउन धोका देलान् कि भन्ने डर छ । प्रचण्डलाई एमालेले पेलेको बेला कांग्रेसलाई चिढ्याउन हुँदैन भन्ने छ । यहाँ प्रधानमन्त्री हुने बाहेक केही देखिएन । प्रधानमन्त्रीको पदसँग पार्टीको अस्मिता साटिएको छ । यसले नेपाली कांग्रेसलाई ठूलो धोका हुँदैछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०७४  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement