site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले आफूलाई हेरेर हाकाहाकी थापेको ‘ढोक्से’ : खन् खन् गनेर दिँदा लिएनन् अहिले उधारो कारोबार ! 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो ।

मधसेवादी दल र केही नेताको असन्तुष्टिबाहेक संविधान सभा भवनमा उपस्थित सबै सदस्यको मुहारमा खुसी झल्किएको थियो । ऐतिहासिक अवसर भन्दै संविधान सभा सदस्यहरु खुसी थिए ।

त्यसको नेतृत्त्व गरेका थिए नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनै नेतृत्त्वको सरकारले संविधान जारी गरेको थियो । कांग्रेसका कतिपय नेताले त उनलाई ‘संविधानका पिता’ भन्दै सार्वजनिक सम्बोधनसमेत गरे ।

संविधान जारी भइसकेपछि उनै कोइरालाले सरकारको नेतृत्त्व पनि हस्तान्तरण गर्नुपर्ने ‘भद्र सहमति’ थियो नेकपा (एमाले)सँग ।

Royal Enfield Island Ad

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्त्व गर्ने हुटहुटीले पनि संविधान जारी गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

असोजको २३ गते नै नयाँ प्रधानमन्त्रीका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।

असोज २२ गते बेलुकासम्म कांग्रेस सभापति कोइरालाले उमेदवारी नदिने बरु दिनैपर्ने अवस्थामा शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये एकले दिने बताइरहेका थिए ।

कोइराला निवासमा बसेका कांग्रेस नेताहरु बिहानै छलफलमा जुट्नेगरी बिदावारी भए ।

बिहान पुग्दा कोइरालाले बोली फेरे– अहिलेको अवस्थामा एमालेलाई सरकारको नेतृत्त्व दिन पनि सकिएन । संविधान जोगाउनका लागि मै उमेदवार बन्नुपर्ने भयो ।”

कोइरालाको यस्तो कुरा सुनेर धेरै कांग्रेस नेताहरु तीनछक परे । रातभरमा के भयो ? भन्ने मेसो नै पाएनन् कतिले अनुमान गरे–भारतीयहरुले रातभरमा कोइरालाको कान फुके ।

भोलिपल्ट कोइराला संसद् भवन पुगेर उमेदवारी दर्ता गराए । संविधान सभा बहिस्कार गरेर बाहिरिएका मधेसवादी दल र नेताहरु पनि मतदानमा सहभागी भएर संविधान कार्यान्वयनमा संलग्न भए ।

कोइरालाले कोल्टे फेरेपछि संसद्मा नयाँ समीकरण बन्यो – एमाले कांग्रेसबाहेकका शक्तिलाई समेट्दै अघि बढ्यो । 

कांग्रेसले पाउन सक्ने राष्ट्रपति पनि गुम्यो । कांग्रेसले पाका नेता कुलबहादुर गुरुङलाई उमेदवार त बनायो तर एमाले उमेदवार विद्या भण्डारीभन्दा निकै कम मतान्तरले गुरुङ पराजित हुन पुगे ।

कांग्रेस नेतृत्त्वले ‘आफ्ना लागि गरेको लोभ’का कारण धेरै पद एकैपल्ट गुमाउनुपरेको थियो ।

‘सरल नेता’को पहिचान बनाएका कोइरालाले गरेको लोभ र ‘दबाब’को क्षति कांग्रेसले पछिसम्मै बेहोर्नुपरेको थियो । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा रहेको सरकारले दुई दुईपल्ट संसद् विघटन गरेर संविधानको हुर्मत लिएपछि ‘प्रतिगमनबाट जोगाउन’ बनेको गठबन्धन, स्थानीय तह र आम निर्वाचन गराएको कांग्रेसले त्यसको सात वर्षपछि फेरि ‘भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाउन’ पुगेको छ ।

गत पुस १० गते बेलुका पाँच बजेसम्म राष्ट्रपतिले बहुमतको सरकारका बनाउन दिएको समयसीमा बाँकी थियो । 

संविधानको धारा ७६(२) अन्तर्गत बहुमत पुर्‍याएर ल्याउन दिएको समयसीमा सकिनै लाग्दासम्म कांग्रेस सभापति शेरबहादुर देउवा ढुक्क थिए – आफ्नै नेतृत्वमा सरकार बन्छ भन्नेमा । कतिसम्म भने देउवाले आफूलाई प्रधानमन्त्री त चाहिन्छ चाहिन्छ राष्ट्रपति पनि आफूले भनेको आफ्नै पार्टीको हुनैपर्ने अडान राखिरहे ।

अनेक विकल्पमा छलफल भए देउवा ‘डेग’ चलेनन् ।

किनभने देउवा दुईतिर छलफलमा थिए । एकातिर माओवादी अर्कोतिर एमाले ।

एमालेले सीधा देउवा पत्नी आरजु राणामार्फत् पनि सम्पर्क बढाएको थियो । देउवालाई सहजै विश्वासमा लिने ओली रणनीति थियो त्यो ।

एमालेले पुष्पकमद दाहालप्रति संकेत गर्दै भनेको थियो – हामी कसैलाई प्रधानमन्त्री बनाउन तयार छैनौ । अन्तिम समयमा तपाईँलाई नै साथ दिन तयार छौँ, प्रधानमन्त्रीमा आफ्नो अडान नछाड्नू ।

देउवाले ओलीको यो ‘रणनीतिक राजनीति’ भेउ नै पाएनन् । कतिसम्म ढुक्क थिए भने तत्कालै बूढानीलकण्ठ घर फर्कन पर्ने हुन सक्छ भन्ने कल्पना पनि देउवाले गरेका रहेनछन् ।

त्यसैले त दाहालको आग्रह सुन्न तयार थिएनन् न त यसअघि उनीसँग गरेको भद्र सहमति नै कार्यान्वयनमै तयार थिए ।

प्रधानमन्त्री नपाउँदा गठबन्धन तोड्न बालकोट जान तयार भएका दाहाललाई देउवाले ठट्टा गर्दै बालुवाटारबाट बिदा दिएका थिए– केपी ओलीले धोका दिए भने फेरि यहीँ आउनू !

देउवालाई लागेको थियो दाहाल ओलीलाई भेट्न बालकोट नपुग्दै ओली बालुवाटार आइपुग्नेछन् पार्टीको पत्र लिएर । 

माधव नेपालकै शब्दमा भन्ने हो भने ‘देउवा एमालेको जाल’मा परेका थिए ।

गठबन्धन तोडेर जब दाहालले एमालेसँग अर्को गठबन्धन गरे त्यसपछि देउवा विस्मित बनेका थिए ।

यस्तो अवस्थामा रहेको कांग्रेस नेतृत्व २६ गते बिहान एकाएक फेरि दाहालकै पक्षमा उभिन पुग्यो त्यो पनि दुईजना प्रभावशाली ‘महामन्त्री’सहित पाँच सांसदको ‘नोट अफ डिसेन्ट‘सहित ।

किन त ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आशंका सही थियो । उनकै शब्दमा भन्ने हो भने कांग्रेसले डोक्सो थापेकै हो, त्यो पनि एमाले र केपी ओलीका लागि ।

कांग्रेसका एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा हाकाहाकी भनिदिए– हो हामी अहिलेको गठबन्धनमा खेल्न खोजेकै हो ।

दोस्रो कारण थियो– माओवादी अध्यक्ष दाहालले लगातार जनार्दन शर्मामार्फत् देउवासँगको सम्बन्ध कायम राख्न चाहन्थे जो सरकारमा रहँदा शेरबहादुर देउवा र आरजु राणाका ‘प्रिय’ थिए । 

उनै शर्मालाई प्रयोग गरेर प्रचण्डले देउवाको विश्वास जित्न चाहन्थे, सफल पनि भए ।

तेस्रो कारण थियो– देउवालाई आफू नजिकका नेताहरुले पनि दबाब दिएका थिए । पूर्णबहादुर खड्का, कृष्ण सिटौला, रामचन्द्र पौडेललगायतले । जो एक एक स्वार्थ लिएर अघि बढेका छन् ।

चौथो कारण थियो– सुशील कोइरालालाई जसले २०७२ असोज २२ गते राति ‘कान फुकेको’ थियो त्यही शक्तिले देउवालाई पनि दबाब दिएको थियो माओवादीको पक्षमा मत दिन ।

यी सबै कारण देखाएर देउवाले फेरि पनि आफैंलाई केन्द्रमा राखेर ‘राजनीति’ गरे । उनले पार्टी र बाँकी नेताको भविष्य हेरेनन् ।

कसरी ?

किनभने यसका केही कारण छन्– गल्ती दाहालले होइन देउवाले गरेका थिए । 

देउवाले माओवादीलाई ‘विश्वासमा राख्न’ गल्ती प्रायश्चित गर्न चाहन्थे । त्यसैले त उनले पार्टीभित्र छलफल नगरी माओवादी नेताहरुलाई विश्वास दिएका थिए– विश्वासको मत दिने ।

देउवा किन खेल्न खोजे ? फाइदा के ? 

यसको उत्तर भने कठिन छ । धेरैलाई लागेको छ देउवाले गरेको गल्ती सच्याउँदै फेरि पनि ‘सात दलीय’ गठबन्धन टुटाउनेछन्, कांग्रेसलाई सत्तामा पुर्‍याउनेछन् । 

यसमा केही सत्यता होला तर उनले यो सबै काम पार्टीभन्दा पनि आफूलाई नै केन्द्रमा राखेर गरेका छन् ।

विश्वासको मत दिएर देउवाले एकातिर प्रचण्डलाई पछाडिबाट ‘बल’ दिएका छन् भने अर्कोतिर एमालेका विरुद्ध ‘ढोक्से’ तेर्स्याएकै हुन् ।

केपी शर्मा ओलीले पनि अब प्रचण्डलाई ‘सोचेजति पेल्न’ सक्ने छैनन् दाहालको खल्तीमा ‘कांग्रेस कार्ड’ पनि छ र त्यो जुनसुकै बेला ओलीलाई देखाउन सक्छन् ।

त्यो प्रचण्डको पनि चाहना थियो नभए धुम्बाराही पुगेर ओलीलाई देखाउन चाहन्थेनन् ।

कांग्रेसले विश्वासको मत नदिएको भए दाहालले प्रधानमन्त्रीसँग सबै पद साट्नुपर्ने हुन्थ्यो । अर्थात्, संसद्को दोस्रो ठूलो दल एमालेलाई सभामुख, राष्ट्रपतिसहित उसले मागेका मन्त्री, प्रदेशको नेतृत्व, नियुक्ति सबै दिनुपर्ने थियो ।

‘कांग्रेस कार्ड’का कारण अब दाहालको ‘बार्गेनिङ पावर’ बढ्नेछ । केपी ओलीसँग अब ‘आँखामा आँखा जुधाएर’ बार्गेनिङ गर्न सक्नेछन् । जब कि प्रधानमन्त्री बनाइदेऊ भन्न पुग्दा दाहाल त्यस अवस्थामा थिएनन् । उनको अनुहारमा प्रधानमन्त्री हुँदा पनि कांग्रेसका कारण ‘ओलीसँग निहुरिन’ परेको भाव झल्किन्थ्यो ।

त्यतिमात्रै होइन दाहालले कुनै पनि दिन ‘हिजो ओलीले गरेको संसद् विघटन सही थियो’ भन्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्थ्यो ।

बालुवाटारको पेलानबाट उछिट्टिएर बालकोट पुगेका दाहाललाई पनि सात दलीय गठबन्धन त्यति सहज नलागेको हुनुपर्छ । कारण त्यो बाध्यात्मक र रणनीतिकमात्रै बनेको छ उनको लागि ।

अहिले गिरिजाप्रसाद कोइरालाका शब्दमा भन्ने हो भने – ‘माले मशाले र मण्डले’ एकैठाउँमा उभिएका छन् ।

सात दलका सातथरी विचार र धारणालाई पर्गेल्दै अघि बढ्न जोखिम रहेको निष्कर्ष सायद प्रचण्डले पनि निकालिसकेका छन् ।

तर दाहाल जहाँ जस्तो अवस्थामा र जसरी पनि ‘फिट’ हुनसक्ने नेता हुन् । 

उनी सहजै घुलमिल भइदिन सक्छन् । त्यसैले कांग्रेसलाई दिएको ‘राष्ट्रपति’ समेत ‘बोली’मै सीमित हुन पनि सक्छ ।

विश्वासको मत दिएपछि देउवाले अब दाहालसँग बाहिरै बसेर पनि ‘भागबन्डा’ खोज्नेछन् । मुखले दिएर हुने त भए दाहालले ‘राष्ट्रपति’ पनि दिइसकेका छन् ।

कांग्रेसका एकजना पदाधिकारीले बाह्रखरीसँगको कुराकानीमा भन्छन्– “दाहालले राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन दिएका कारण नै हामीले विश्वासको मत दिएका छौँ । बल अब उनकोमा पुगेको छ गोल कसरी हुन्छ हेर्न बाँकी छ ।”

राष्ट्रपति त दाहालले पहिले नै दिएका थिए किन अहिले आएर उधारो सम्झौता गर्नुपर्‍यो त ?

अहिलेको महत्त्वपूर्ण प्रश्न यो हो । देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल या कृष्ण सिटौलामध्ये कसैलाई राष्ट्रपति बनाएर सत्तापक्षको शीर्ष नेता बनेर बस्न तयार भएको भए सात दलीय नयाँ गठबन्धन बन्ने नै थिएन । 

देउवा फेरि पनि आफ्नै लागि सोचिरहेका छन् । 

यस बीचमा साढे दुई वर्षपछि फेरि पनि प्रधानमन्त्री बन्ने तयारीमा देउवा रहेका छन् ।

आफूलाई केन्द्रमा राखेर देउवाले दाहालसँग अर्को सम्झौता गर्न तयार हुनेछन् जुन सम्झौता दाहालका लागि पनि चाहेजस्तो हुन सक्नेछ । त्यो हो – माधव नेपाललाई राष्ट्रपति बनाउने ।

एमालेले त्यसबेला जिल्लिन सक्छ जतिबेला दाहाल र देउवा मिलेर नेपाललाई राष्ट्रपतिको उमेदवार बनाउन तयार हुनेछन् ।

त्यस्तो अवस्थामा दाहालले पनि फाइदा हेर्नेछन् । नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने ।

माधव नेपाललाई राष्ट्रपति बनाउँदा देउवा र दाहाल दुवैले आफूलाई फाइदा हुने देख्नेछन् । 

देउवाले दुई वर्षपछि सरकारको नेतृत्व आफूले लिने । सरकारको नेतृत्व आउन कठिनाइ भयो भने माओवादी र एमाले ‘भिडाइरहने’, संविधानको धारा ७६(२) अन्तर्गतको सरकार बन्ने बाटो बन्द गराउने ७६(३) अनुसार आफैँ प्रधानमन्त्री हुने ।

यो अवस्था आइलाग्यो भने देउवाले ढोक्सेमा माछा त पार्लान् तर कांग्रेस फेरि पनि हार्नेछ । देउवाको कर्मले बाँकी नेता जनताकहाँ जाने एजेन्डा समाप्त भएर बस्नुपर्ने हुनसक्छ ।

किनभने राष्ट्रपति आफूनिकटका बनाउन सके भने त दाहाल पनि देउवालाई सहजै सत्ता हस्तान्तरण गर्न किन तयार होलान् र? 

प्रतिपक्षमा बस्नै नसक्ने देउवाको पाँच वर्ष लगातार ‘छटपटिएर’ बित्न सक्नेछ ।

न त सत्तामा पुग्ने सहज बाटो खोल्न सक्ने न त प्रतिपक्षमा बस्न सक्ने । यसले पार्टीलाई कालान्तरमा ‘भारतीय कांग्रेस’को अवस्थामा पुर्‍याउन सक्छ– सत्ता बाहिर रहँदा प्रतिपक्षको पनि भूमिका निर्वाह गर्न नसक्ने अवस्था ।

तर, उनीहरुलाई अहिलेसम्म हेक्का नभएको विषय के हो भने गठबन्धनभित्रै पसेर भताभुङ्ग पारिदिने एमाले अध्यक्ष केपी ओली त्यसबेला उनीहरुको काम टुलुटुलु हेरेर त पक्कै बस्नेछैनन् । 

ओलीको छटपटी र दाहालको बोझ 

नेकपा (एमाले) प्रतिनिधि सभाको दोस्रो ठूलो दल हो । पहिलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दल प्रमुख प्रतिपक्षमा बस्ने सामान्य प्रचलन हो तर एमाले त्यस अवस्थामा बस्न सकेन ।

जसरी पनि गठबन्धन भत्काउने र सकेसम्म सरकारमै सहभागी हुने रणनीति बनाएरै दुईतिर छलफल अघि बढायो र सफल पनि भयो । 

एमालेले पत्याउँदै नपत्याएको राष्ट्रपति, सभामुखदेखि प्रदेशका मुख्यमन्त्रीसम्म हात पार्ने अवस्थामा पुगेको छ तर ढुक्क भने एमाले भइसकेको छैन ।

तर प्रचण्डले प्राप्त गरेको विश्वासको मतलाई सही तरिकाले सदुपयोग गर्न सकेनन् र उपयोगकोमात्रै राजनीतिलाई ध्यान दिए भने ठूला दुई दल मिलेर उनलाई पनि जुनसुकै बेला बाहिर हुत्याइदिने अवस्था भने कायमै देखिन्छ ।

एमालेमा ओलीको नेतृत्व र निर्णयलाई चुनौती दिने सम्भावना अहिलेसम्म त देखिएको छैन तर बिस्तारै उनलाई बुढ्यौलीले गाल्दै लगेपछि नेतृत्वका आकांक्षीहरुबीच प्रतिस्पर्धा चर्कन सक्छ । त्यस अवस्थामा पार्टी नै फुट्ने परिस्थितिसम्म बन्यो भने त्यसमा खेल्न सबैभन्दा पहिले दाहाल नै अगाडि सर्नेछन् ।

यसैले दाहालसँगको संगत देउवाका लागिमात्र होइन ओली र एमालेका लागि पनि ‘बुमर्याङ’ हुनसक्छ । अहिलेका शेरबहादुर देउवाको नियति के थाहा ओली वा अरु कसैले पनि भोग्नुपर्ने हो ?

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro