site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनादेशको सन्देशलाई समेट्दै गगन, विश्व र प्रदिपले देलान् कांग्रेसमा ‘सरप्राइज’ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको राजनीतिमा मंगलबार दुईवटा फरक दृश्य देखियो, त्यो पनि ठूला दुई दलभित्र ।
काठमाडौंको प्रज्ञा भवनको हलमा नेपथ्यमा गुञ्जिरहेको थियो –

सहर सहरमा ओली 
गाउँ गाउँमा ओली
झुपडी र महलमा ओली 
ठाउँ ठाउँमा ओली 
सूर्यको जित छ भोलि 
आउँदैछन् केपी ओली 

नेकपा (एमाले)ले समानुपातिकतर्फ प्राप्त गरेको मत नेपालको नक्सामा राखेर गरिएको डिजाइनको अनावरणका लागि एमालेका महासचिव शंकर पोखरेलले ओलीलाई आमन्त्रण गरिरहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र एमालेका अरु प्रभावशाली नेताहरुलाई पनि ओलीसँगै उभिन आग्रह गरिरहेका थिए ।
एमालेका सबैजसो शीर्ष नेताहरुले ओलीकै सेरोफेरोमा रहेर नेपालको झन्डा अनावरण गर्दै फोटो ‘सेसन’ गरे । 

मंगलबार नै एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई दलको नेतामा चयन गर्‍यो । विष्णु पौडेलले प्रस्ताव गरे भने सुवास नेम्वाङले समर्थन । एमालेभित्र यसरी दलको नेता चयन भइरहेका बेला सिंहदरबारमा अर्को ठूलो दलको परिदृश्य भने नितान्त बेग्लै थियो ।

Global Ime bank

पुरानो लोकतान्त्रिक तर आन्तरिक लोकतन्त्रमा निकै कमजोर मानिएको नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ताको समय थियो ।

त्यहाँ मैदानमा थिए शेरबहादुर देउवा र गगन थापा । मैदानमा उत्रिएका थिए – ७६ वर्षका देउवा र ४६ वर्षका थापा ।

देउवाको वरपर देउवाभन्दा उमेरमा जेठा रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का थिए भने उमेरमा निकै कान्छा गगन थापाले शेखर कोइरालाको प्रस्तावमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलको साथमा उमेदवारी दर्ता गराउँदै थिए ।

gagan21671544250.jpg

निर्वाचनले खासै उत्साह दिन नसकेको सन्देश प्रवाह भइरहेका बेला देखिएको यो दृश्यले भने कांग्रेसमा तीव्र पुस्तान्तरण भइरहेको संकेत गरिरहेको थियो ।

कांग्रेसका संस्थापकमध्येका नेताहरुकै हाराहारीमा रहेका नेतासँग प्रतिस्पर्धा गरेका देउवा छैटौंपटक प्रधानमन्त्री बन्न आफूभन्दा करिब ३० वर्ष कान्छा नेतासँग प्रतिस्धर्पा गर्दैछन् ।

उमेदवारी दर्ताको अन्तिम मिनेटसम्म पनि महामन्त्री विश्वप्रकाश शर्मा भन्दै थिए– सभापति शेरबहादुर देउवाले पनि आफ्नो विकल्पमा अर्को उमेदवार सारे कांग्रेसमा फरक खालको सन्देश जाने थियो ।

तर, देउवाले के मान्थे के सुन्थे ! 

केही पहिले सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा देउवाले आफ्नो पक्षका करिब दुई तिहाइ केन्द्रीय सदस्य जिताउन सफल भएका थिए ।

निर्वाचनमा पनि सोहीअनुसार टिकट वितरण गरे, समानुपातिक सूची पनि आफू अनुकूल हुनेगरी बनाए । तर, अन्तिममा कोइराला–थापाले समानुपातिक सूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिएपछि देउवा सच्याउन बाध्य भएका थिए । तैपनि योग्यभन्दा आफू पक्षका नेता नै सूचीमा बढी राखे ।

अहिले कांग्रेसका ८९ जना सांसद (मतदाता)को अनुहार हेर्दा देउवाले  जित्ने अनुमान सहजै गर्न सकिन्छ । कांग्रेसलाई नजिकबाट चिन्नेहरु पनि भन्दैछन् – गगनले देउवालाई हराउन सहज छैन । 

यो कुरा गगन थापा र उनलाई अगाडि सार्नेहरुले पनि बुझेका होलान् । 

त्यसो भए गगन थापा किन प्रतिस्पर्धामा उभिए त ?

कांग्रेसमा मात्रै नभएर सबैजसो पार्टीमा चलेको बहस हो पुस्तान्तरणको । पुराना नेताबाट ‘आजित’ पुस्ताले परिवर्तन खोजिरहेको छ । निर्वाचनको सन्देश पनि पुरानो पुस्तालाई ससम्मान बिदा गर्नुपर्छ भन्ने नै देखियो । पुराना शक्ति कमजोर बने, नयाँ शक्तिको उदय हुँदैछ ।

अब पनि ‘ठूला भनिएका दल नसच्चिए अर्को चुनावसम्म ठूला दलको हालत के होला भन्न नसकिने’ अवस्था चुनावको परिणामले देखाएको छ ।

गगन थापाले प्रतिनिधि सभाको चुनावमा होमिँदै गर्दा भनेका थिए – प्रधानमन्त्रीका लागि यसैपल्ट ‘एटेम्ट’ गर्ने हो सरकारको नेतृत्व पनि गर्ने हो ।

सन्देश के त ?

भित्रभित्रै दलको नेताका लागि तयारीमा रहेका थापाले अन्तिम घडीमा देउवाविरोधी समूह ठूलो बनाए, अनि एकैठाउँमा उभ्याउन सफल पनि भए । यही काम यसअघि शेखर कोइरालाले महाधिवेशनको बेला प्रयास गरे पनि सकेका थिएनन् ।

आफूसँगै महामन्त्रीमा चुनावी प्रतिस्पर्धामा होमिएका विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई समर्थक बनाएर थापाले उमेदवारी दर्ता गराउँदै गर्दा समूहका नेता कोइराला स्वयं प्रस्तावक बने ।

यसले पन्ध्रौँ महाधिवेशनको पनि खाका कोरेको देखिन्छ । पार्टीको भूमिकामा कोइराला र संसदीय भूमिकामा थापा कांग्रेसको आगामी बाटोको रेखा देखिन्छ ।

पन्ध्रौं महाधिवेशनमा थापाले सभापतिमा कोइरालालाई समर्थन गर्ने अवस्था आएमा कोइरालाले पनि भावी प्रधानमन्त्रीमा थापालाई अगाडि सार्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा कांग्रेसमा पार्टी र संसदीय मोर्चा एउटै व्यक्तिको हातमा रहँदैन । कोही एकछत्र नेता हुँदैन ।

कांग्रेसको इतिहासमा यो नौलो अभ्यास भने होइन । त्यो मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबीच होस् कि सुवर्ण शमशेर र बीपीबीच होस् या कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच होस् । पार्टी र सरकारको नेतृत्व फरकफरक व्यक्तिबाट भएको दृष्टान्त छ ।

त्यति अघि पनि किन जानु ! देउवा पहिले दुईपल्टसम्म प्रधानमन्त्री हुँदा पनि पार्टीको नेतृत्व उनको हातमा थिएन ।

पार्टी र सरकार एउटै व्यक्तिको हातमा नहुँदा आफ्नो ‘मनखुसी’ गर्न नपाइने बुझेका देउवाले त्यसमा लागि परेर सफल पनि भए । तर, जनता र देशका लागि भने उल्लेखनीय योगदान गर्न सकेनन् ।

अब चुनावले दिएको सन्देशलाई चिरेर पार्टीलाई अघि बढाउने जिम्मेवारी धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेतामा छ ।

gagan31671544842.jpg

किनभने यसअघि पार्टी र देशलाई लिन र दिन केही बाँकी नराखेका नेताहरुलाई पार्टी सकिए पनि खासै मतलब नहुन सक्छ । 

राष्ट्रियता, लोकतन्त्र र पार्टी जोगाउने अभियानमा युवा नेताहरु एकै ठाउँमा उभिँदा कांग्रेसभित्र त सकारात्मक सन्देश गएको छ नै त्यसले राष्ट्रिय राजनीति पनि पक्कै प्रभावित हुनेछ । यसबाट पछिल्लोे चुनावमा मतदाताले दिएको जनादेशकोे पनि सम्बोधन भएको देखिनेछ ।

अहिलेको संसदीय निर्वाचनमा मतदाताले गरेको निर्देश युवा नेताहरुको हातेमालोमा चरितार्थ हुँदा युवा मतदातामा आशाको सञ्चार गरेको छ ।

देउवाले दिएको ‘मन्त्रीको आश्वासन’ लाई बेवास्ता गर्दै पुरानो गुट पनि नहेरी राजनीतिक जोखिम मोलेका विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको निर्णय सामु देउवाका पक्षमा उभिएका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेतालाई ‘आत्मग्लानि’ र ‘लज्जाबोध’ भइरहेको हुनुपर्छ । तिनले महाधिवेशनकै बेलादेखि पुस्तान्तरणको कुरा जो उठाइरहेका थिए ।

पौडेल र सिंहले त यसअघि नै दलको नेतामा देउवालाई चुनौती दिएका थिए जहाँ थापाले उनीहरुलाई निस्वार्थ सघाएका थिए ।

तर यसपल्टको थापाको अभियानमा उनीहरु अहिलेसम्म साथ दिने मनःस्थितिमा देखिएका छैनन् । परन्तु, चुनावमा मतदाताले खोजेको परिवर्तन आत्मसात गरेर कांग्रेसका ८९ सांसदले त्यसलाई सम्बोधन गर्न सक्नेछन् । 

अहिलेको अंकगणितअनुसार थापाले विजय हासिल गरे कांग्रेस र मुलुकका लागि भने त्यो ‘सरप्राइज’ पनि हुनेछ ।

नेपाली राजनीतिको भावी मार्ग कोर्ने तयारीमा रहेका सांसदहरुले विवेक प्रयोग गरे भने नेपाली राजनीतिमा उज्याला संकेतहरु देखा पर्न सक्नेछन् । राजनीतिप्रति देखिएको वितृष्णा मत्थर हुनेछ ।

हुन त कांग्रेस एक्लैले सरकार बनाउनसक्ने अवस्था छैन तर नेपाली कांग्रेसको दलको चुनावले गठबन्धन र मुलुकको भविष्यको पनि निर्धारण गर्नेछ । दलको नेता चयन गर्ने कांग्रेसको यो प्रक्रियाले उसको लोकतन्त्रप्रतिको प्रतिबद्धता र अभ्यासलाई भने सशक्तरुपमा उजागर गरेको छ । अरु दलमा पनि यसको दबाब पक्कै पर्नेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC