site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमेरिकामा कोरोनाले नेपालीका समस्या बढ्दै
Sarbottam CementSarbottam Cement

अमेरिका । कोरोना भाइरस (कोभिड १९) संक्रमणको मुख्य थलो न्यूयोर्कमा अहिले त्रासै त्रास छ । त्यहाँ बस्ने करिब ५० हजार नेपाली समुदायको अवस्था पनि जटिल बन्दै गएको छ ।
 
सामान्य रुघाखोकी लाग्दा खाने टाइलेनल (जेनेरिक नाम एसाटामोफिन) अभाव छ । ज्वरो नाप्ने थर्मोमिटर, ह्यान्ड सेनिटाइजर,  मास्कसमेत कतिपय नेपालीसँग छैन । बुढाबुढी भएको परिवारमा झनै बढी त्रास छ ।

सहयोग गर्न चाहनेलाई पनि काम गर्न सजिलो छैन । आफ्नो सुरक्षा पनि विचार गर्नुपर्ने अवस्था छ । सम्भव र उपलव्ध भएसम्म नेपाली समाजसेवीहरुले यी अत्यावश्यक सामग्री वितरण पनि गरेका छन् । तर, यो पर्याप्त भने छैन ।
 
अमेरिकामा काम गर्दै आएका डा संजीव सापकोटाका अनुसार अहिले अमेरिकामा करिब ३ सय जतिलाई कोरानाभाइरस संक्रमण भएको अनुमान छ । तर, यो एकिन तथ्यांक भने होइन । 

न्यूयोर्कका स्थानीय नेपालीहरुका अनुसार करिब ३० जना अस्पतालमा भर्ना छन् । न्यूयोर्कमा एक जना नेपालीको मृत्यु भएको छ । कोलोराडोको बोल्डरमा करिब ७० वर्षका एक जना नेपालीको अवस्था कोरोनाभाइरस संक्रमणका कारण गम्भीर बनेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टेक्सासमा पनि केहीमा कोरोनाभाइरस संक्रमण भएको जानकारीमा आएको छ ।

मेरिल्यान्ड राज्यका स्टेट डेलिगेट ह्यारी भण्डारीले एकजना नेपाली युवतीले रुँदै सहयोगका लागि अनुरोध गरेकी थिइन् ।
 
गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकामा विद्यार्थीसँग सम्बन्धित समितिका संयोजक त्रिभुवन पाण्डेका अनुसार दैनिक २० जना जति नेपाली विद्यार्थीले आफ्ना समस्या बताउँदै सहयोग मागिरहेका छन् । 

Global Ime bank

“दाल, चामल, खानेकुरा अभाव हुने विद्यार्थीलाई स्थानीय रुपमै सहयोग दिइएको छ,” पाण्डेले भने, “तर, घरभाडा तिर्ने पैसा भएन भन्ने समस्या भएकालाई के गर्ने टुंगो छैन ।”

वोस्टनमा ज्वरो आएपछि एकजना नेपाली कामवाट निकालिए ।  अहिले उनको न काम छ, न बस्ने ठाउँ । मोटलमा बसिरहेका छन् । 

मंगलबार साँझ वासिङ्टनस्थित नेपाली राजदूत डा. अर्जुन कार्कीद्वारा संयोजन गरिएको बृहत छलफलमा प्रल्हाद केसीले प्रश्न सोधे– यस्तो अवस्थामा भएका ती नेपालीलाई नेपाली दूतावासबाट केही सहयोग हुन सक्छ कि ?
 
भारतपछि सबैभन्दा बढी स्थायी रुपमा नेपाली समुदायको बसोवास गर्ने देश अमेरिका हो । 

अमेरिकी नागरिकता लिएका, नलिएका, बस्ने कानुनी आधार भएका नभएका, विद्यार्थी, पर्यटक भिषामा आउने गरी ३ लाख भन्दा बढी नेपाली अमेरिकामा छन् ।

केसीको प्रश्नजस्तै अहिलेको अवस्थामा नेपालीलाई समस्या पर्यो भने नेपाली दूतावासवाट के कस्तो सहयोग हुन्छ ? छलफलमा यो प्रश्न पटक पटक उठ्यो ।

३ घण्टा भन्दा लामो उक्त छलफलमा राजदूत डा. कार्कीले चारपटक एउटै जवाफ दिए– अमेरिका सरकारले धेरै सहयोगका विण्डो खोलेको छ । अमेरिकी सरकारले जे सहयोग दिने भनेको छ । त्यही लिन जोड गर्नुहोस । यहाँ अमेरिकी सरकारले सबैलाई सहयोग दिने भनेको छ ।”
 
राजदूत कार्कीले नेपालमा भएका अमेरिकीलाई नेपाल सरकारले औषधि उपचारको जिम्मा लिने यहाँका नेपालीलाई अमेरिकी सरकारसँग यस्तै जिम्मेवारी लिन आग्रह गरिएको बताए ।
 
“आर्थिक सहयोग दिने कुनै व्यवस्था छैन,” कार्कीले भने, “नेपाल सरकारसँग कुरा राख्छौँ । एनआरएनए एनसीसी, स्थानीय संघसंस्थालाई सहयोग गर्न अनुरोध गरेका छौं । विशेष कुनै समस्या आयो भने हाम्रो चारवटा टेलिफोन लाइन २४ घण्टा खुला छन् भन्नुहोला ।”

न्यूयोर्कमा कतिपय नेपाली सँगै मिलेर (रुममेट) बस्ने गर्छन् ।  महंगो भएकाले त्यहाँ सानो ठाउँमा धेरै नेपाली सँगै बस्ने गर्छन् ।  यस्तो अवस्थामा कोरोनाभाइरसको संक्रमणको बढी जोखिम हुन्छ । 

यसरी बस्दै आएका नेपालीलाई अहिले क्वारेण्टाइनमा बस्न समस्या भएको छ । कोरोना भाइरसको लक्षण देखिएका व्यक्ति छुट्टै कहाँ बस्ने (सेल्टर लिने) भन्ने समस्या छ । 

स्थानीय संघ संस्थाले केहीलाई सहयोग गरेका छन् । तर, त्यो निकै कम छ । नेपाली समुदायमा कार्यरत सामाजिक कार्यकर्ताले यसका लागि सहयोगको आग्रह गरिएका छन्  । 

न्यूयोर्कमा बस्ने जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट भन्छन्, “संक्रमित नेपालीलाई क्वारेन्टाइनमा राख्नको स्थान खाँचो परेको छ । यो कसरी गर्न सकिन्छ । दाताहरुसँग खर्चका लागि सहयोग माग्ने तयारी भइरहेको छ ।”

न्यूयोर्कका शम्भु मोक्तान कोरोना भाइरसको उपचारपछि हालै घर फर्किए । उनलाई दुईसाता आइसोलेसनमा बस्न भनिएको छ । पहिला जिउ दुखेको थियो भने पछि एकसातापछि एक सातापछि सास फर्ने समस्या भएपछि उनी अस्पताल गएका थिए ।  कोरोना भाइरसको संक्रमण भएको रहेछ । उनले अस्पतालमा गएपछि समाजिक सञ्जालमा आफुलाई कोरोनाभाइरस संक्रमण भएको सार्वजनिक गरेका थिए ।

“कोरोनाभाइरस भएपछि बाँचिन्छकि बाँचिदैन भन्ने मनमा भयो । मरे भने त समुदायलाई थाहा नै नहुने भयो, कसैको सहयोग पनि पाइँदैन कि भन्ने लाग्यो त्यसैले सबैलाई भनेँ,” घरमा आइसोलेसनमा बस्दै आएका मोक्तानले आफ्नो पिडा यसरी सुनाए ।

नेपाली विद्यार्थी, रेष्टुरेष्ट, होटल, आइब्रो सैलुन, उबर र ट्याक्सी चलाउने बेबी सिटरलगायतमा काम गर्ने धेरै नेपालीले अहिले रोजगार गुमाएका छन् । 

त्रासका कारण स्टोर, ग्यास स्टेशनमा काम गर्ने कतिपय नेपालीले पनि काम छाडेका छन् । काम कहिलेसम्म पाइँदैन यो टुंगो छैन ।

“नेपालीलाई सेल्टर बनाएर छुट्टै स्थानमा राख्नका लागि विभिन्न कानुनी पक्षहरु पनि आउँछन्, दूतावासले यसमा केही गर्न मिल्ने ठाउँ छैन,” राजदुत कार्कीले भने ।

उक्त छलफलमा राजदूत कार्कीले राष्ट्रपति विद्यादेबी भण्डारीले अमेरिकामा बस्ने नेपालीको बारेमा चासो देखाउँदै टेलिफोनमा सोधपुछ गरेको सुनाए ।  राजदूत कार्कीले मंगलबार जारी अपिलमा पनि राष्ट्रपति भण्डारीले नेपाली समुदायलाई सचेत र सजग भई सुरक्षित रहन र संक्रमित नेपालीको शिध्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख छ ।

दुई दिन यता सामाजिक सञ्जालमा वासिङ्टनस्थित नेपाली दूतावासले अहिलेको कठिन अवस्थामा पनि केही नगरेको भन्दै आलोचना भएको थियो । 

सामाजिक सञ्जालमा नेपाल सरकारले वासिङ्टनमा ७०–८० करोड रुपैयाँ पर्ने भवन किन्न सक्ने तर, अप्ठ्यारो परेका नेपालीलाई सहयोग आवश्यक पर्दा बजेट छैन भन्ने टिप्पणी गर्दै दूतावासको कामप्रति प्रश्न उठाइएको छ ।

नेपाली नागरिक पनि अहिले नेपाल जान पाउँदैनन् । नेपाल सरकारले विदेशमा रहेका लाखौं नेपालीलाई जहाँ छौ त्यहीँ सुरक्षित बस भन्दै ढोका बन्द गरेको अवस्था छ । नेपाल सरकारको यस नीतिप्रति पनि नेपाली समुदाय आक्रोशित छ । 

नेपाली दूतावासले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले यात्रा अवरुद्ध भइ भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा संक्रमितको उपचारमा सहज पहुँच प्रदान गर्न नेपाल सरकारको निर्णयअनुसार राजदूतावासले मौखिक तथा नोटद्वारा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेको छ ।

अमेरिका सरकारले विभिन्न राहत प्याकेजहरु भने ल्याएको छ । वार्षिक ७५ हजार अमेरिकी डलर (परिवार हुनेले यसको दोब्बर) भन्दा कम आम्दानी हुनेलाई प्रतिव्यक्ति १२ सय डलर दिने घोषणा गरेको छ ।  १७ वर्ष उमेरभन्दा तलकाले ५ सय डलर पाउँछन् । बेरोजगार भत्ता, सानादेखि ठुला व्यवसायलाई विभिन्न प्रकारका आर्थिक सहयोग पनि राहत प्याकेजमा आएका छन् । कानुनी रुपमा अमेरिका बस्नेले यी सुविधा पाउँछन् ।

अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । करिब २ लाख संक्रमित भएका छन् । जसमध्ये झण्डै ४ हजारको मृत्यु भएको छ । न्यूयोर्क सबैभन्दा बढी प्रभावित छ ।
 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement