site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नेपाल सरकार हामीलाई गोली हान !
SkywellSkywell

काठमाडौं । दार्चुला, अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महता आठ दिनअघि भारत प्रस्थान गरेका थिए । कोरोनाको हल्ला त सुनेका थिए । सात समुद्रपारिको हावा महाकालीसम्म पुग्ला भनेर उनले चिताएका थिएनन् ।

अचानक नजिकका आफन्त बिरामी परे । दार्चुला, जिल्ला अस्पतालको उपचारप्रति उनीहरूलाई उति भरोसा भएन । उपचार, गाँसका लागि पिता–पुर्खा भारतकै भर पर्नु परेको थियो । उनी पनि आफन्त लिएर उतै हानिए ।

भारत पुग्दानपुग्दै कोरोनाको कहरले छोपिहाल्यो ।

KFC Island Ad
NIC Asia

बाह्रखरीको सम्पर्कमा आएका दिलेन्द्र आफ्नो व्यथा सुनाउँछन्, “राम्रोसँग जाँच गराउनै पाइएन । बसेको ठाउँमा नेपाली भन्नासाथ हामीलाई अपशब्द बोल्ने, तिमीहरूकै देश जाओ भनेर गालीगलौज गर्न थाले ।”

भारतीय नागरिकको अपमान, दुर्वचन सहन नसकेपछि उपचार नगरी उनीहरू आफ्नै देश फर्कन थाले । 

Royal Enfield Island Ad

विडम्बना ! भारतले २१ दिन लकडाउनको घोषणा गर्‍यो । यातायातका साधन पाइएन । आफ्ना नागरिक हुन्थे भने भारतले व्यवस्थापन पनि गर्दो हो । गाडी, घोडा खोजिदिँदो हो । बेवास्तामा परे उनीहरू ।

“अन्तिम अवस्थामा आफ्नै देश फर्कने रहर हुँदो रहेछ । भारतमा ज्यालादारी, मजदुरी गर्ने दार्चुला, बैतडी घर भएकाहरू झिटीगुन्टा च्यापेर पैदलै घर पुग्ने अठोटमा लागे,” दिलेन्द्र सुनाउँछन् ।

दिलेन्द्र पनि पिथौरागढभन्दा टाढाबाट दार्चुला सीमावर्ती इलाका धार्चुला आइपुगे । दुईदिन पैदल हिँडेर । भोकै, अनिदै ।

“म त दुईदिन मात्रै पैदल हिँडे । कति नेपाली त पाँच दिनदेखि च्युरा, भुजियाको भरमा हिँडेरै धार्चुला आइपुगेका छन्, कति थकानले, कति रोग–शोकले गलितम् छन्,” दिलेन्द्र पीडा ओकल्छन् ।

धार्चुला आइपुगेपछि सरकारले देश भित्रन देला भन्ने आशा थियो उनीहरूको । सीमासम्म आइपुगेका नेपालीलाई अलपत्र पर्न दिँदैनौं भनेर सरकारले पटकपटक भनेको छ भनेर नेपालतिरको खबर पनि सुनेका थिए उनीहरूले ।

दुःखको कुरा देश छिर्न प्रतिबन्धित भए ।

“सरकारले हामीलाई दीर्घ रोग बोकेर आएजस्तो व्यवहार गर्‍यो । छोइछिटो लाग्लाझैं गर्‍यो । म त कमाउन गएको थिइनँ, धेरै भारतमा मजदुरी गरेर नेपालमा पैसा पठाउनेहरू छन् । उनीहरूको पैचाचाहिँ चल्ने, आउन मिल्ने, उनीहरूचाहिँ आउन नमिल्ने ! यस्तो अन्याय पनि हुन्छ ?,” दिलेन्द्र प्रश्न गर्छन् ।

नेपालतर्फको ढोका बन्द भएपछि झण्डै सातसय नागरिक धार्चुलामै अलपत्र परेका छन् ।

खलङ्गाका सञ्चारकर्मी पदम बडालका अनुसार सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा व्यवस्थापन त गरेको छ । तर उनीहरूको अवस्था दयनीय छ । धेरैजना एउटै कोठामा कोचिनु परेकाले भीडमा सङ्क्रमित रहेछन् भने पनि फैलिएर भयावह हुने स्थिति छ ।

बडालका अनुसार जवाहरसिंह स्टेडियममा ३ सय २५ जना, बलुवाकोट महाविद्यालयमा ६० जना, जौलजीवीमा १ सय १० जना र काञ्जी हाउसमा १ सय ६५ जनालाई बन्दोबस्त गरिएको छ ।

तर, सबै नेपाली त्यहाँ अटाएका छैनन् । नअटेका नेपाली महाकालीको किनारमा आफ्नो भूमि, परिवार सम्झिएर आँसुमा बगिरहेका छन् । कोही बालबच्चा च्यापेर दिनभरि महाकालीको उच्चाटलाग्दो बगरमा टोह्लाउँछन् । बेलुका भीडमा कोच्चिँदै आँसु सिरानी हाल्छन् ।

दिलेन्द्रसहित ६–७ जनाले शौचालयको छतलाई बासस्थल बनाएका छन् । “तलबाट ह्वास्स गन्ध छुट्छ । कोरोना लाग्ला नलाग्ला, सरकारको व्यवहारले नै मार्ने भयो,” दिलेन्द्र भावुक हुँदै भन्छन् ।

“अलपत्र पर्नेमा केही रोगी, वयोवृद्ध पनि छन् । अधिकांश आफ्नै देशमा मर्न पाउँ भनेर आएका दुःखी, गरिब छन् । उनीहरू अहिले महाकालीको किनारमा भोकभोकै छन्,” दिलेन्द्र थप पीडा सुनाउँछन् “सीमा आइपुग्दासम्म देश छिर्न पाउनेमा ढुक्क थियौं । सीमामा आइपुगेपछि पो देख्यौं– सरकार कति निर्दयी, क्रूर, अमानवीय हुँदो रहेछ !”

सीमा क्षेत्रमा अलपत्र, बेवारिसे बनाइएपछि पीडा खप्न नसकेर आइतबार, सोमबार दिनभरजसो उनीहरूले नाराबाजी गरे । 

प्रशासनको कानमा बतास लागेन । सीमामा आइपुगेकालाई व्यवस्थापन गर्छौं । सीमाकै विन्दुमा क्वारेन्टिन गर्छौं भनेर ठुल्ठूलो गफ गर्ने केन्द्र सरकारले पनि सुनेको नसुन्यै गर्‍यो । स्थानीय सरकार, प्रशासनले त उनीहरूलाई ‘वैरी’कै व्यवहार गरिहाल्यो ।

असह्य भएपछि तीनजनाले ‘बाँचे देश पुग्छु, मरे महाकालीमा बग्छु’ भन्दै नदीमा फाल हाले । मृत्युको भेल छिचोल्दै देश छिर्दानछिर्दै उनीहरू प्रशासनको फन्दामा परिहाले । ती सबै अहिले क्वारेन्टाइनमा छन् कि हिरासतमा दिलेन्द्रलाई थाहा छैन । त्यो देखेपछि अरूको पनि महाकालीमा हेलिने आँट आएको छैन ।

“हामी देशभित्र पस्नै नपाउने, परिवारको मुख देख्न नपाउने हो भने हामीलाई पारिबाट गोली हानेर मारिदे सरकार ! यति पीडा त खप्नुपर्दैन !,” दिलेन्द्र व्यथा पोख्छन् ।

पशुशाला, स्टेडियमा पशुसरह कोचिएका नेपालीलाई खाना–नास्ताको प्रबन्ध छैन । फोहोर, दुर्गन्ध फैलिएकाले कोरोनाभन्दा ठूलो महामारी रूप लिने हो कि भन्ने भय उत्तिकै छ । खानेकुराका नाममा सोमबार एउटा पुरी र थोरै तरकारी पाएका थिए । कतिले त त्यो पनि भेट्टाएनन् । मङ्गलबार मध्याह्न हुँदासम्म पनि अवस्था फेरिएको छैन । 

“हामीलाई १४ दिन होइन २८ दिन क्वारेन्टाइन मञ्जुर छ । कथमकदाचित् कोरोना सङ्क्रमण रहेछ भने पनि हामी आफ्नै पैसाले उपचार गर्छौं । घरखेत बेचेर गर्छौं । यहाँ अलपत्र नेपालीले बरु भारत गएर कोइलाखानीमा काम गरेका छन् । कुल्ली, ज्यामी भएर, अपमान सहँदै ढोका पाले लागेर घरपरिवार पालेका छन् । रोजगार दे भनेर सरकारको ढोका–ढोका चहारेका छैनन् । यी दुःखीले उपचार गरिदे भनेर सरकारलाई भन्न आउने छैनन् । आफ्नो देशभित्र त छिर्न दे सरकार ! भोकै मर्न परे पनि आफ्नै देशभित्र, आफ्नै माटोमा मर्छौं । हामीले दशगजामै प्राण त्याग्नुपर्ने हो त सरकार !” दिलेन्द्र अनुनयविनय गर्छन् ।
तस्बिर : पदम बडाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro