site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘खेलाडीलाई खेलको लय बिग्रने चिन्ता’
SkywellSkywell

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । यसको असरले बिहान–बेलुकी मजदुरी गरी परिवार पाल्नेहरू कोरोनाभन्दा भोकमरी हुन सक्ने डरले त्रस्त छन् । त्यसैले कोरोना भाइरसबाट आक्रान्त बनेका जो कोही पनि यो महामारी विश्वको नक्साबाट गायब भएको देख्न चाहन्छन् । 

कोरोना महामारी नफैलियोस् भन्ने हेतुले सरकारले लकडाउनको अवधि बढाइसकेको छ । लकडाउन भएसँगै सबै क्रियाकलाप रोकिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या पाँच पुगिसकेको छ । जसमा एकजना उपचारपछि घर फर्केका छन् भने चारजनाको उपचार भइरहेको छ । 

विश्व नै संकटमा रहेका बेला विभिन्न खेल गतिविधिहरू पनि ठप्प छन् । ओलम्पिक, विश्वकप छनोट, ला लिगा, प्रिमियर लिगजस्ता ठूला प्रतियोगिता सबै स्थगित छन् । नेपालमा आयोजना हुने राष्ट्रिय फुटबल लिग, घरेलु फुटबल तथा क्रिकेट प्रतियोगिताहरू पनि स्थगित छन् । खेलाडीहरूले पूर्णरूपमा प्रशिक्षण गर्न नपाउने अवस्था सिर्जना भएकाले उनीहरू आफ्नो फिट्नेस र स्वास्थ्यमा धेरै चिन्ता बनेका छन् ।

KFC Island Ad
NIC Asia

उसो त कतिपय खेलाडीले सेल्फ प्रशिक्षण गरिरहेका छन् । घरमै बसेर आफ्नै तरिकाले प्रशिक्षण गरेर फिटनेसमा चासो देखाइरहेका भिडियोहरू सामाजिक सञ्जालमा देख्न पाइन्छ । त्यसमध्यकै एक हुन् विभागीय फुटबल टोली एपीएफका स्ट्राइकर आशिष लामा । आशिष अहिले राजधानीभन्दा टाढा छन् । उनी यतिबेला जन्मथलो नुवाकोटमा क्वारेनटाइनमा छन् । 

यसै सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सर्वाधिक गोलकर्तासमेत रहेका आशिषले अहिले घरमै प्रशिक्षण गरिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा रहेका उनी अहिले प्रशिक्षणलाई पनि ध्यान दिरहेका छन् । 

Royal Enfield Island Ad

“कोरोनाको त्रास भए पनि गाउँमै सेल्फ प्रशिक्षण गरिरहेको छु । खेलाडी भएकाले पनि फिटनेसमा ध्यान दिनैपर्यो । बन्द कोठामा भए पनि सेल्फ प्रशिक्षणलाई निरन्तरता दिएको छु । अन्य खेलाडीले पनि आफ्नो फिटनेसलाई ध्यान दिन जरुरी छ,” आशिषले भने, “राजधानीभन्दा गाउँमा कोरोनाको त्रास कम छ । त्यसैले भीडभाड कम हुने ठाउँ, डाँडा–काँडा र जंगलतिर कुद्दै छु ।”

आशिषलाई हाल खेलकुद गतिविधि बन्दा हुँदा आफ्नो लय बिग्रने चिन्ता बढेको छ । पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्किने आशा गरेका आशिषले आफ्नो पेस बिग्रेला भन्ने चिन्ता हुनु स्वभाविक नै हो । लिगमा गरेको उच्च प्रदर्शनकै करण उनी घरेलु मैदानमा हुने विश्वका छनोटका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत रहेका थिए । तर, कोरोनाकै कारण बन्द प्रशिक्षण पनि स्थगित भएको छ । 

“खेलका लय समातिरहेको थिए । पेस बिल्डप भइरहेको थियो । तर, यसरी एक्कासि बन्द हुँदा लय नै बिग्रेला भन्ने पीर छ,” आशिषले भने, “सधैं खेलिराख्ने बानी छ । अब कति दिनसम्म घरमै बस्नुपर्ने भन्ने ठेगान छैन । लामो समय प्रशिक्षणविहीन हुन पुगे सायदै सबैलाई आफ्नो पुरानो लय समात्न केही समय पक्कै लाग्ने छ । आशा गर्छु चाँडै कोरोना संकटको अन्त्य होस् ।” 

यस संकटको घडीमा आशिष आफ्नो र परिवारको स्वास्थ्यमा ध्यान सबैलाई अनुरोध गर्छन् । “पहिला आफू स्वस्थ रहनुस् । त्यसपछि आफ्नो परिवारलाई स्वस्थ राख्नुपर्यो,” आशिषले भने । घरभित्रै बन्द कोठामा भए पनि खेलाडीहरूले प्रशिक्षण नछाड्न आशिषले आग्रह गरे । उनले प्रशिक्षक अनुहँदा युट्युवको साहारा लिनसमेत सुझाएका छन् । आशिषले भने, “हार्ड प्रशिक्षण नभएक बेला खेलाडीहरूले घरभित्रै युट्युबको सहारा लिएर प्रशिक्षण छाड्नु भएन । यस्तो बेला आफूलाई कति समय प्रशिक्षणमा खर्चिने, कोठाभित्रै पनि कुन–कुन व्यायम गर्न सकिन्छ र खाने कुरामा पनि विशेष ध्यान दिन आवश्यक छ ।” 

हुन त यतिबेला अधिकांश खेलाडी यो समय आराम गर्ने समय भएको समेत बताएका छन् । लामो समयको निरन्तर प्रतियोगिता र प्रशिक्षणबाट केही समय विश्राम गर्न पाएको खेलाडीको भनाइ छ । 

यता आशिषले घरेलु प्रतियोगिता, खेल र खेल मैदानलाई सम्झिरहेको बताएका छन् । “खेल र खेल मैदान सम्झिरहेको छु । टिमका साथीहरूसँग सामाजिक सञ्जालबाटै भए पनि खेलबारे छलफल भई नै रहन्छ,” आशिषले भने, “यति बेला बाल्यकालका साथीहरूसँग अनुभव साट्ने अवसरसमेत पाएको छु ।” दसैं–तिहारमा मात्र घर परिवारसँग समय बिताउन पाएका आशिषले हाल परिवारसँग खुसी रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro