site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२६ हजार  विदेशी पासपोर्टबाहक नेपालमै : केहीको उद्धार, केही पर्खाइमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बच्च नेपाल सरकारले एक साताका लागि लगाएको लकडाउन आज चौथो दिन चलिरहेको छ । लकडाउका कारण देश ठप्प छ । सडक, हवाई यातायात पूर्ण रूपमा बन्द छन् । 

यही क्रममा नेपाल भ्रमणमा आएका कतिपय पर्यटन देशको विभिन्न ठाउँमा रोकिएका छन् । कतिपयको उद्धार भइसकेको छ भने कतिपय उद्धारको पर्खाइमा छन् । विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकको आन्तरिक उद्धार गरिएको छ भने कति पर्यटक आफ्नै देश फर्किन चाहेका छन् ।

बुधबार मात्रै एयर डाइनेस्टि हेलिकप्टरले एक नेपालीसहित ७ विदेशीको सोलुखुम्बु र डोल्पाबाट उद्धार गरी काठमाडौं ल्याएको छ भने बिहीबार तारा एयरले लुक्लाबाट १४ जना विदेशीको उद्धार गरेको जनाएको छ । 

यस्तै कास्कीको घान्द्रुकमा १५ जना विदेशी रहेको र उनीहरूको उद्धार गर्न सम्बन्धित देशका राजदूतावास सक्रिय छन् । दुई दिनमा २१ जनाको उद्धार भएको छ भने अन्य पर्यटकको पनि उद्धारमा राजदूतावास सक्रिय छन् । हालसम्म १६ जना फ्रान्सेली नागरिक र ४ रसियन नागरिकको उद्धार गरिसकिएको छ । अन्य विभिन्न ठाउँमा गएका विदेशी पर्यटक फर्कने क्रममा रहेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ । 

कति विदेशी पर्यटक नेपालमा छन्  

अध्यागमन विभागका अनुसार हाल करिब २६ हजार विदेशी पासपोर्ट भएका नागरिक नेपालमै छन् । तर, २६ हजारमध्ये कति घुम्न आएका, कति पारिवारिक भेटघाटका लागि आएका र कतिपय रोजगारीका लागि आएका पनि छन् । २६ हजार सबै पर्यटक भएर घुम्न आएका मात्रै नभएको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता रामचन्द्र तिवारीले बताए । 

उनका अनुसार यसमध्ये विजनेस भिसा, नाता भिसामा बसेका पनि छन् भने कतिपय गैरआवासीय नेपाली पनि छन् जसले विदेशी पासपोर्ट लिएका छन् । 

यकिन तथ्यांक नहुँदा राजदूतावास पनि व्यवसायीको भरमा

नेपालस्थित विदेशी राजदूतावाससँग पनि आफ्ना नागरिक के कति छन् भन्ने विषयमा जानकार नहुँदा व्यवसायीसँग तथ्यांक मागिरहेका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपाल घुम्न आएका विदेशी पर्यटकको स्पष्ट तथ्यांक नभएको बताए । 

उनले नेपालस्थित राजदूतावासले आफ्ना नागरिक कुन ठाउँमा घुम्न गएको र कति संख्यामा रहेको जानकारी मागिरहेको बताए । नेपालमा प्रवेश गर्ने तथ्यांक राख्ने काम नगरिँदा अहिले समस्या आएको उनले बताए । ट्रेकिङमा जाने पर्यटकहरूको तथ्यांक आफूहरूले राख्ने भए पनि घुम्न मात्रै आउने पर्यटकको तथ्यांक नभएको उनले बताए । 

अध्यक्ष सुवेदीले अमेरिकी, फ्रान्सेली, कोरियन, जमर्न, थाइल्यान्ड दूतावासले उनीहरूका नागरिक के कति रहेका र उद्धारका लागि सोधिरहेको बताए । नेपालमा दूतावास नभएका क्यानडा, दक्षिण कोरियालगायतका मुलुकका पर्यटकको उद्धार थप समस्या देखिएको पनि उनले बताए । 

उद्धारका लागि कहाँ कति 
टानका अध्यक्ष सुवेदीले लुक्ला क्षेत्रमा अब करिब ८० जना, मनास्लु क्षेत्रमा करिब २० जना, कास्की क्षेत्रमा एक सय ५० को हाराहारीमा र भद्रपुर क्षेत्रमा पनि करिब ५ जना उद्धारको पर्खाइमा रहेको जानकारी आएको बताए ।

पर्यटन बोर्ड उद्धारमा खटिँदै 
देशका विभिन्न भागमा रहेका विदेशी पर्यटकको उद्धारका लागि नेपाल पर्यटन बोर्डले समन्वय गरिरहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटक उद्धारका लागि गृह मन्त्रालयसँग मिलेर उद्धारको काम गरिरहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro