देश
सप्तरी । राजविराज नगरपालिकाले कार्यालय परिसरमा स्तनपान कक्षको निर्माण गरेको छ । विभिन्न काम विशेषले नवजात शिशु बोकेर कार्यालय आउने महिला सेवाग्राहीलाई स्तनपान गराउन सहज होस् भनेर स्तनपान कक्ष निर्माण गरिएको हो ।
सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले महिलाको सहजताका लागि स्तनपान कक्ष निर्माण गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए । स्तनपान कक्षमा हात धुने, शिशु सुताउने सुविधासमेत छ । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६ ०२:३०
प्रतिक्रिया दिनुहोस्