site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् ।

तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए ।

Global Ime bank

उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

सांसद रावलको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, “उहाँले ममाथि लगाइएको आरोप निराधार हो । म मुद्दा फेस गर्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement