site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सम्झौताको दुई वर्षमा पनि निर्माण सुरु भएन च्यासल मैदान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले ‘एएफसी एसियन कप’ छनोट प्रतियोगिता खेलिरहेको छ । होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलिसकेको छ । 

छनोटअन्तर्गत अब नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्ने तालिका छ । तर, नेपालले यमनसँगको होम गेम कुन रंगशालामा खेलाउने सम्बन्धित निकायले उत्तर दिन सक्दैनन् । किनकी नेपालसँग अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउने कुनै पनि रंगशाला छैन । 

त्रिपुरेश्वरमा रहेको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला २०७२ साल वैशाखमा गएको भूकम्पका कारण खेल्न योग्य छैन । उक्त रंगशालाको पुनः निर्माण सकिएको छैन । यस्तोमा भूकम्पपछि सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाको वैकल्पिक रंगशालाको रूपमा ललितपुरको च्यासलमा रहेको एन्फा टेक्निकल सेन्टरलाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेको थियो । तर, दुई वर्षअघि नै निर्माण कार्य सम्पन्न गर्ने भनिएको उक्त फुटबल मैदानको निर्माणकार्य अझै थालनी भएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

“दशरथ रंगशालाको विकल्पको रूपमा हामीले च्यासल मैदानलाई रंगशाला बनाउने प्रक्रिया अगाडि बढाएका थियौं,” एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, “तर, विविध कारणले निर्माण सुरु ढिला भएको छ । अब चाँडै काम सुरु हुन्छ ।” युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच च्यासललाई रंगशाला बनाउने त्रिपक्षीय सम्झौता भए पनि लामो सरकारी प्रक्रियाको कारण च्यासल मैदान निर्माण कार्य ढिला भएको एन्फाले जनाएको छ । तर, एन्फाले रंगशालाको निर्माण कार्य यो महिनाबाट सुरु हुने बताएको छ ।

“सरकारी प्रक्रियाको कारण ढिला भएको हो, अब चाँडै सुरु गर्दै छौं,” प्रमुख कार्यकारी अधिकृत तुलाधरले थपे, “रंगशाला बनाउने प्रक्रिया अब रोकिने छैन । सरकारले सुरुवाती टेन्डरको प्रक्रिया अघि बढाएको छ । एक महिनाबाट पहिलो चरणका लागि टेन्डर आह्वान भैसकेको छ ।”  उनका अनुसार रंगशाला बनाउन अन्तिम चरणमा ६ वटा कम्पनी छनोट गरिने छ । यस्तै तुलाधरले अब च्यासल मैदान सन् २०१८ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदसम्म खेल्न योग्य हुनेगरी काम अघि बढाउने तयारी भएको बताए । 

Global Ime bank

च्यासल रंगशाला ‘एस्ट्रो टर्फ र फ्लड लाइट’ सहित १८ महिनाभित्र बनाउने गरी २०७२ भदौ १० गते तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको रोहवरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा च्यासल मैदानलाई १० देखि १५ हजार दर्शक क्षमताको रंगशाला बनाउने बताइएको थियो । यसको लागि माटोको परीक्षण सकिइसकेको पनि एन्फाले जनाएको थियो । 

करिब ३५ करोडको लागत खर्च अनुमान गरिएको च्यासल रंगशाला बनाउन सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२–७३ को बजेटमा ४ करोड रुपैयाँ बजेट विनियोजन समेत गरिसकेको थियो । यस्तै फिफाले गोल प्रोजेक्टअन्तर्गत च्यासल रंगशाला निर्माणका लागि ६ लाख अमेरिकी डलर सहयोग गर्ने सम्झौतामा बताइएको थियो । त्यसबाहेक फिफाले च्यासलमा ‘आर्टिफिसियल टर्फ’ राख्नतर्फ उपलब्ध गराउने छ । 

तर, च्यासल रंगशाला बनाउन युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबीच ‘मल्टी इयर बजेट’ मा सहमति हुन ढिलाइ भएकोले निर्माण कार्य ढिला सुरु भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता राम प्रसाद थपलियाले अब भने रंगशाला निर्माण प्रक्रियाको लागि सम्पूर्ण सरकारी प्रक्रिया पूरा भइसकेको र चाडै निर्माण सुरु हुने जानकारी दिए । 

“रंगशाला बनाउने प्रक्रिया सकिएको छ । अब निर्माण कार्य चाँडै सुरु हुन्छ,” थपलियाले भने, “मन्त्रालयले रंगशाला निर्माणका लागि बजेट उपलब्ध गराइसकेको छ, मन्त्रालय मातहतको खेलकुद विकास परिषद्ले काम अघि बढाइसकेको छ ।” थपलियाले रंगशालाका निर्माणका लागि बजेट अपुग भए सरकारले चाँडै निकासा गरिदिने समेत बताए । यस्तै उनले रंगशाला निर्माण कार्यको पछिल्लो अवस्था र निर्माण कार्य चाँडो गर्न मन्त्रलयले निर्देशन समेत दिइसकेको बताए ।

ललितपुर उपमहानगरपालिकासँग २५ वर्ष लिजमा लिएर एन्फाले च्यासल मैदानमा ‘बी’ र ‘सी’ डिभिजन लिग तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी टोलीको प्रशिक्षण लगायतका कार्य गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०७४  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement