site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन मेडिकल कलेजले विद्यार्थीसँग उठाएको ५६ करोड अझै फिर्ता गरेन
SkywellSkywell

काठमाडौं । चितवन मेडिकल कलेजले एमबीबीएस र बीडीएस संकायका विद्यार्थीबाट उठाएको अतिरिक्त ५६ करोड अझै फिर्ता गरेको छैन ।

गत मंसिर १० गते सरकार र निजी मेडिकल कलेजबीच पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट उठाइएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्ने, दोस्रो र तेस्रो वर्षका विद्यार्थीबाट उठाइएको शुल्कबारे चिकित्सा शिक्षा आयोगले निर्णय गरे पनि अझै कार्यान्वयन हुन नसकेको आन्दोलनरत विद्यार्थीहरूले जानकारी दिए ।

“चितवन मेडिकल कलेजले तेस्रो र चौथो वर्षका विद्यार्थी ३४ करोड अतिरिक्त शुल्क असुलेको छ । पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट २२ करोड अशुलेको छ । सहमतिअनुसार २२ करोड रकम तत्काल फिर्ता गर्नुपर्ने हो । तर फिर्ताको सुरसारै छैन,” चिकित्सा शिक्षा सङ्घर्ष समितिकी सदस्य मान्यता थापाले भनिन् ।

KFC Island Ad
NIC Asia

शुल्क फिर्ता नभसम्म आन्दोलनरत विद्यार्थीले आर्थिक नाकाबन्दी गरिरहेको सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले बताएका छन् ।

“सहमति अनुसार फिर्ताको प्रक्रिया सुरु गर्न छाडेर अहिले कलेजले परीक्षा शुल्क दोब्बर बनाउनतिर लागेको छ । विद्यार्थीलाई यही फागुन १५ गतेसम्म पाँच हजार शुल्क बुझाउन सूचना टाँस गरेको छ । जबकि, आईओएमले दुई हजार पाँच सयमात्रै परीक्षा शुल्क निर्धारण गरेको छ,” थापाले भनिन् ।

Royal Enfield Island Ad

फागुन १५ गतेसम्म शुल्क नबुझाए हर्जाना लिने र अटेर गर्ने विद्यार्थीलाई परीक्षा फारम भर्न र परीक्षामा सहभागी हुन बन्देज लगाउने तयारी सीएमसीले गरेको भन्दै सरोकारवाला, नियामक निकाय मुकदर्शक बनेको विद्यार्थीको आरोप छ ।

“डिनको कार्यालयले आन्दोलन गर्ने विद्यार्थीहरूलाई सजाय दिने नियतले  नियमित वार्षिक परीक्षा नै नगराइ सीधै पूरक परीक्षामा लैजाने र विद्यार्थीलाई एक वर्ष ढिला गराउन लागेको बुझेका छौं, मेडिकल कलेजको यस्तो हर्कत, चिकित्सा शिक्षाभित्रको वेथिति, विृकृतिबारे कसैको चासो छैन । सरकारलाई त झन् छैन,” थापाको गुनासो छ ।

नियामक निकाय र सरकार आफैं सक्रिय भएर नियमन गर्न लाग्नुपर्नेमा विद्यार्थीहरूले वेथिति उजागर गर्दा पनि रहस्यमय मौनता साँधेको भन्दै विद्यार्थीहरू आश्चर्यमा परेको बताउँछन् ।

“मेडिकल शिक्षा चिकित्सा क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने थलो हो । यही क्षेत्र विकृत हुँदा कस्तो जनशक्ति उत्पादन हुन्छन् ? भोलिका दिनमा कस्तो असर पर्छ । सरकारले शिक्षा, स्वास्थ्यलाई मौलिक हक किटान गरेको छ । तर, मेडिकल शिक्षाको यो हविगत छ !,” थापा आक्रोशित हुन्छिन् ।

मंसिर १० को सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र २०७४–२०७५, २०७५–२०७६ मा भर्ना भएका विद्यार्थीबाट अशुलेको अतिरिक्त शुल्क तत्काल फिर्ताको प्रक्रिया थाल्ने र २०७२–०७३, २०७३–२०७४ मा भर्ना भएका विद्यार्थीबाट लिइएको शुल्कबारे चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।

शैक्षिक सत्र २०७६–२०७७ मा भने चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने सहमति भएको थियो ।

२०७७–२०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने पनि सहमति भएको थियो ।

सहमतिको पहिलो र दोस्रो बुँदा कार्यान्वयन नभएको र सरकारले सहमति कार्यान्वयन गर्न भन्दा मेडिकल माफियाको संरक्षण गर्न लागि परेको चिकित्सा शिक्षा सङ्घर्ष समितिको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro