site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्री, मन्त्री, सांसदको तलब बढ्यो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सांसदहरूको सुविधामा बढोत्तरी भएको छ । यसअघि पनि २०७५ को वैशाख २२ गतेको निर्णयाानुसार बैठक भत्ता ७५० रुपैयाँबाट एक हजार पु¥याइएको थियो । यातायात सुविधा ७५० रुपैयाँ पुर्‍याइएको थियो भने राजधानीमै घर भएका सांसदहरूलाई पनि मासिक सातहजार पाँचसय रुपैयाँ मर्मतको नाममा लिने बाटो खुलाइएको थियो ।

चालु आर्थिक वर्षदेखि नै लागु हुने गरि मन्त्री देखि सांसदहरूलाई पनि स्वकीय सचिव राख्ने निर्णय भएको छ । उक्त निर्णयले वार्षिक २ करोड तीन लाख रुपैयाँको व्ययभार थप्ने निर्णय मन्त्रिपरिषदले गरिसकेको छ र यो निर्णय गएको साउनदेखि नै लागु पनि भइसकेको छ ।

यसबाहेक पुन एकपटक गण्डकीका मुख्यमन्त्री देखि सांसदसम्मको तलबमान बढोत्तरी गरिएको छ । पौष ९ गतेको मन्त्रिपरिषद बैठकको २ नं. निर्णयमा भनिएको छ, “आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेशस्तरका मन्त्री, प्रदेशसभाका पारिश्रमिक वृद्धि सम्बन्धि विषयको प्रस्ताव स्विकृत गरियो ।” सोही निर्णयको आधारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले फागुन ५ गते राजपत्रमा सूचना प्रकाशन गरि तीन बुँदे सूचना जारी गरेको छ ।

Dabur Nepal

सूचनामा साउन १ गतेदेखि नै लागु हुने व्योहोरा सहित मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी र प्रदेश सरकारको कुनै पद सरहको तलब सुविधा सरकारी बजेटबाट पाउने गरि नियुक्त भएका प्रदेश नीति तथा योजना आयोजका उपाध्यक्ष र सदस्य, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सबैलाई नयाँ तलबमान उल्लेख गराउने भनिएको छ ।

यस्तै, ६ महिना सेवा अवधि पुरा गरेको स्वकीय सचिवालयका कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च पनि दिइने उल्लेख छ । यस्तै, मुख्य न्यायधीवक्ताको तलबमान उच्च अदालतका न्यायधीशको नयाँ तलब समान हुने उल्लेख गरिएको छ । राजपत्रमा प्रकाशित यस सूचनाका आधारमा गण्डकीमा मात्रै वार्षिक ५७ लाख ५२ हजार रुपैयाँ भन्दा बढि रकम तलबमा खर्च हुने भएको छ ।

साउनदेखि लागु हुने तलबमान अनुसार सबैभन्दा बढि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तलबमा वृद्धि भएको छ । उनले मासिक ७० हजार ७३० रुपैयाँ पाउनेछन् । गतवर्ष उनको मासिक तलब ६० हजार ९७० रुपैयाँ थियो । गुरुङले आफ्नो तलब मासिक नौ हजार ७६० रुपैयाँले बढाएका छन् । गतवर्षको तुलनमा उनले एक लाख १७ हजार ७२० रुपैयाँ बढी पाउनेछन् ।

यस्तै, मासिक ५२ हजार रुपैयाँ तलबमान भएका मन्त्रीहरूले साउनयता थप आठ हजार ३२० रुपैयाँ बढि अर्थात, ६० हजार ३२० रुपैयाँ पाउने भएका छन् । प्रदेशका ६ जना मन्त्रीहरूको तलबमा वार्षिक पाँच लाख ९९ हजार रुपैयाँ व्यय थपिने भएको छ । मन्त्रीपरिषदको निर्णयले प्रदेशका राज्यमन्त्री, सहायकमन्त्रीहरूको पनि तलब बढाएको छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलले राज्यमन्त्रीसरहको सुविधा पाउँछन् । त्यस्तै, योजना आयोगकै थप दुई सदस्यहरूले सहायकमन्त्री सरहको सुविधा पाउँछन् ।

सरकारले सुरुमा राज्यमन्त्रीको मासिक तलबमान ४९ हजार रुपैयाँ र सहायकमन्त्रीको तलबमान ४७ हजार रुपैयाँ तोकेको थियो । अहिले त्यसलाई बढाएर राज्यमन्त्रीको ५६ हजार ८४० रुपैयाँ पु¥याइएको छ । राज्यमन्त्रीको तलब खाने नेपाली र पौडेलले चालु आवदेखि ७ हजार ८४० रुपैयाँ थप पाउनेछन् । वार्षिकरुपमा १ लाख ८८ हजार १६० रुपैयाँ खर्च हुनेछ ।

कसको तलब कति ?

यस्तै, सहायकमन्त्रीको तलब खाने योजना आयोगका दुई सदस्य भिमा ढुंगाना र विष्णुराज बरालको पनि मासिक ७ हजार ५२० रुपैयाँ बढि पाउनेछन् । सरकारले सुरुमा उनीहरूको तलब ४७ हजार रुपैयाँ थियो भने यो वर्ष उनीहरूको तलब बढेर ५४ हजार ५२० रुपैयाँ पुगेको छ । वार्षिक हिसाब गर्ने हो सहायकमन्त्रीको तलबमा वार्षिक १ लाख ८० हजार ४८० रुपैयाँ खर्च बढ्नेछ । प्रदेशसभा सभामुख, उपसभामुख, विपक्षी दलका नेतादेखि लिएर प्रमुख सचेतक, समिति सभापति, दलका सचेतक र सांसदहरूको तलब पनि बढेको छ ।

मासिक ५३ हजार तलब बुझ्ने सभामुख नेत्रनाथ अधिकारीले यो वर्षको साउनदेखि झन्र्डै १० हजार रुपैयाँ बढि पाउनेछन् । सरकारले अनुसूची संशोधन गर्ने निर्णय गरेर उनको तलबमान ६१ हजार ४८० रुपैयाँ पुर्‍याइदिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली र उपसभामुख सिर्जना शर्माको तलब समान थियो र उनीहरूको तलब वृद्धि पनि समान ८ हजार रुपैयाँले बढेको छ । उनीहरूले गत वर्ष ५० हजार रुपैयाँ पाउँथे भने यो वर्षदेखि ५८ हजार पाउनेगरि मन्त्रिपरिषदले अनूसूची सच्याउने निर्णय गरेको हो ।

यस्तै, समितिका सभापति, दलका सचेतक देखि लिएर सांसद सबैको तलब पनि बढेको छ । यता सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने संघ सरकारले नै तोकेको रकमलाई संशोधन गरिएको बताए । “वृद्धि होइन, अहिले जुन नेपाल सरकारले बढायो नि, त्यही बढाएकोलाई संशोधन गरेका मात्र हौँ । जति प्रतिशत, वृद्धि गरेको छ नि सरकारले, त्यही अनुसार मात्र हामीले संशोधन गरेका हौँ, अरु बढेको छैन् ।” उनले भने । सरकारले तोकेको मर्यादाक्रम अनुसार नै सुविधाको अनूसूची सच्याउने निर्णय भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro