site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लव समूहविरुद्ध प्रहरीको ‘रुम सर्च अपरेसन’ ! चुनौती बढेपछि प्रहरीको बिदा पनि रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्ता खोज्न प्रहरीले ‘रुम सर्च अपरेसन’ र ‘स्वीप’ अपरेसन सुरु गरेको छ । 

काठमाडौंसहित ललितपुर र भक्तपुरमा तीनवटै प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले यो अभियान सुरु गरेको हो ।

काठमाडौंलाई विप्लव समूहले निसाना बनाएको निष्कर्ष निकाल्दै प्रहरीले नयाँ सुरक्षा रणनीतिसमेत बनाएको छ । महानगरीय अपराध महाशाखाले गतसाता काठमाडौंका दुई र परिसर अन्तर्गत वृत्तका टोलीले पनि ‘रुम सर्च र स्वीप अपरेसन’ चलाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी अधिकारीका अनुसार कुनै एक क्षेत्रलाई कभर गरे त्यो क्षेत्रभित्र रहेका आशंकामा रहेकालाई चेकजाँच गर्ने, शंका लागेमा नियन्त्रणमा लिने काम ‘स्वीप अपरेसन’मा क्रममा गरिन्छ । 

‘रुम सर्च अपरेसन’मा भने निश्चित क्षेत्रभित्र रहेका होटलमा सर्च गरिन्छ । 

Global Ime bank

तर विप्लव समूहका नेता–कार्यकर्ता खोज्न प्रहरीले डेरामा बस्नेहरुको कोठा खानतलासी समेत गर्न थालेको छ । 

विभिन्न जिल्लाबाट काठमाडौंमा आएर डेरामा बस्नेहरुको कोठामा विप्लव समूहका नेता–कार्यकर्ता बस्दै आएको प्रहरी आशंका छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने,‘‘विप्लव समूहको खोजीमा शंकामा रहेका स्थान, होटल, वर्कशपलगायत अपराधिक सेल्टर हुन सक्ने स्थानमा छापा हान्दै आएका छौं । यसबाहेक काठमाडौं भित्रिने नाकामा कुकुरसहितको चेकजाँचलगायतका काम गरेका छौं ।’’ 

यसबाहेक सूचना संकलनमा पनि प्रहरी सक्रिय भएको महाशाखा र परिसरका अधिकारी बताउँछन् ।

गतमहिना विप्लव समूहले काठमाडौंका दुई स्थानमा बम राखेको थियो । 

राजधानीकै प्रभाव देखाउन सके आफूहरुको चर्चा बढ्ने र त्यसले चन्दा संकलनमा सहयोग पुग्ने विप्लव समूहको विश्वास छ । 

पछिल्लो समय उपत्यका बाहिरबाट विप्लव समूहले नेता–कार्यकर्ता काठमाडौं ल्याएको छ । 

नयाँ अनुहार हुँदा शंकामा नपर्ने भएकाले कालिकोट, जाजरकोट र सुदूरपश्चिमबाट विप्लव समूहले नयाँ टिम काठमाडौं प्रवेश गराएको हो । त्यही सूचनाका आधारमा प्रहरीले सुरक्षा सतर्कता बढाएको बताइन्छ । 

विप्लव समूहले आतंकित पार्नसक्ने सम्भावित व्यक्तिको सुरक्षामा समेत प्रहरी सक्रिय भएको छ । 

विगतमा विप्लव समूहले बम कस्ता–कस्ता व्यक्तिलाई लक्षित गरेर राखेको थियो त्यसका आधारमा विश्लेषण गरेर सुरक्षा दिइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहको चुनौती बढेको भन्दै फागुन १५ गतेसम्म कसैलाई बिदा नदिने र राजीनामा स्वीकृतसमेत नगर्न निर्देशन दिइएको छ । 

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनशक्ति अभाव हुने भन्दै बिदा र राजीनामा स्वीकृत नगर्न महाततका कार्यालयहरुलाई निर्देशन दिएको हो । 

प्रहरीका अनुसार अत्यावश्वकबाहेकका सबै बिदा तत्काल रोकिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement