site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दैनिक ६ प्रहरीले छाड्छन् जागिर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा दैनिक ६ जनाले जागिर छाड्ने गरेको पाइएको छ । 

प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार दैनिक ६ जनाले औषतमा जागिर छाड्ने गरेको पाइएको हो । 

जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी छ । बढ्दो निराशा, सेवा सुविधा, उत्तम अवसरका लागि जागिर छाड्ने क्रम बढेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष २०७४–७५ मा दुईहजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । ०७४–०७५ मा राजीनामा दिनेमा १३ सिनयर अधिकृत, जुनियर अधिकृत ४११, हवल्दार र जवान २१०९ र प्रहरी कार्यालय सहयोगी ३१ जना थिए । 

त्यतिबेला प्रहरीको कुल दरबन्दी ७२ हजार ७४४ थियो । जागिर छाड्नेको प्रतिशत ३ दशमलव ५२ देखिन्छ । उक्त आर्थिक वर्षमा दैनिक औषतमा जागिर छाड्नेको संख्या ७ जना देखिन्छ । 

Global Ime bank

आर्थिक वर्ष ०७५–०७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । जसमा सिनयर अधिकृत २४, जुनियर अधिकृत ४५६, हवल्दार–जवान दुईहजार पाँच सय ११ र प्रहरी कार्यालय सहयोगी ८२ थिए । ०७५–०७६ मा कुल प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो । सो अवधिमा तीन हजार ७३ अर्थात् ४ दशमलव ०५ प्रतिशतले जागिर छाडे । जुन दैनिक ८ जना बढीले जागिर छाडेको देखिन्छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७९ हजार ५२३ दरबन्दी रहेकोमा एकहजार ४१८ जनाले जागिर छाडेका छन् । 

जसमा हवल्दार र जवानको संख्या एक हजार ४३ छ । 

जुनियर अधिकृत ३३१, सिनियर अधिकृत १० र प्रहरी कार्यालय सहयोगी ३४ छन् । 

चालु आर्थिक वर्षको तथ्याङ्कअनुसार जागिर छाड्नेको प्रतिशत १ दशमलव ७८ देखिन्छ । जुन दैनिक ५ जना बढी हो । 

गम्भीर समीक्षा जरुरी : पूर्वडीआइजी मल्ल

तालिमप्राप्त जनशक्ति किन जागिर छाड्न खोज्छ त्यसको विकल्पबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल । 

जागिर छाड्ने तल्लो तहका बढी भएकाले उनीहरुलाई संगठनप्रति ‘अपनत्व’ महसुस गराउनुपर्ने मल्लको सुझाव छ । 

उनले भने,‘‘परिवार जीवन धान्न सक्ने अवस्था छैन । सेवा सुविधासँगै पेशाप्रति गौरव हुने कार्यक्रम ल्याउन जरुरी छ । सुरक्षा संयन्त्रमा व्यक्तिहरुले विकल्पमा अर्को पेशा रोज्नु राम्रो होइन ।’’ 

जागिर छाडेका प्रहरी कर्मचारी प्रायः विदेश जाने गरेका छन् । 

तल्लो तहका प्रहरी अधिकांश सेक्युरेटी गार्डमा तेस्रो मुलुक जाने गरेको पाइएको छ । 

सिनयर प्रहरी अधिकृत भने वढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् । 

१८ वर्षमै पेन्सन लिन पाइने भएकाले पनि जागिर छाड्नेको संख्या बढेको पूर्वडीआईजी मल्ल बताउँछन् । 

मल्ल जागिर छाड्नबाट रोक्नका लागि १८ वर्षे सेवा अवधि बढाउनेदेखि अन्य कार्यक्रम ल्याउन सकिने बताउँछन् । 

आकर्षण घटेको छैन : प्रहरी प्रवक्ता

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री प्रहरीमा आकर्षण नघटेको दाबी गर्छन् ।  ठूलो संगठनमा थोरै संख्याले जागिर छाड्नु नौलो नभएको उनको दाबी छ । 

डीआईजी क्षेत्री भन्छन्, ‘‘अन्यत्र राम्रो अवसर, जोखिमयुक्त पेशा, कार्यबोझ, परिवारलाई समय दिन नसक्नुलगायतका कारण संगठन छाड्ने गरेको देखिन्छ । तर यो निकै कम हो । ३ देखि ५ प्रतिशतले वार्षिक जागिर छाड्ने कुरालाई पहिरो गयो भन्न त मिल्दैन नि !”
राजीनामा दिने सबैले कारण भने घरायसी लेख्ने गरेको क्षेत्रीले बताए । 

प्रहरी कर्मचारीको उपचार खर्च कटौतीको हल्लाले जागिर छाड्नेको संख्या बढेको हो त ? भन्ने जिज्ञासामा क्षेत्रीले भने,‘‘यो हल्ला मात्रै हौं । हामीले आन्तरिक परिपत्र पनि जारी गरिसकेका छौं । उपचार खर्च जे थियो, यथावत छ ।’’ 

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement