site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङे र मिलन दुवै हिरासतमा

पोखरा । गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेलाई थप दुई दिन अझै थुनामा रहने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार उनलाई अनुसन्धानका लागि हिरासतमा राख्‍न अनुमति दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका मनाङे मिलनको उजुरीको आधारमा बिहीबार पक्राउ परेका थिए । 

यता, मनाङेविरुद्ध उजुरी दिएका मिलनलाई 'चेक बाउन्स' गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । उनी पनि अहिले प्रहरी हिरासतमा छन् । 

शुक्रबार दिउँसो पक्राउ परेका मिलनविरुद्ध होटेल जोस्टेलका सञ्‍चालक हरिभक्त आचार्यले ठगी गरेको आरोपमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ परेका मिलन र मनाङे अहिले प्रहरी हिरासतमा छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १५:२६
प्रतिक्रिया दिनुहोस्