site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरुवा भएर पनि चितवन जान पाइनन् एसपी पन्त ! नयाँलाई पठाउने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ जना एसपीको सरुवा निकाल्यो । त्यो सरुवामा प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी गंगा पन्तलाई चितवन पठाइएको थियो ।

चितवनमा कार्यरत एसपी दानबहादुर मल्लको सरुवा भएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रहरी कार्यालयमा । 

सरुवा भएको १३ दिनसम्म पनि मल्लले चितवन नछाडेपछि प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन नै दिनुपर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

मल्ल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अंगरक्षक रहिसकेका व्यक्ति भएकाले पनि उनी चितवन नै बस्न चाहन्थे ।

चितवन प्रचण्डको पनि गृहजिल्ला हो । मल्ल प्रचण्डकै मागअनुसार आकर्षक जिल्ला मानिएको चितवन जान पाएको प्रहरीकै अधिकारीको तर्क छ । मल्लले १२ घण्टे निर्देशनपछि जिल्ला त छाडे तर त्यहाँ सरुवा भएकी पन्त अहिलेसम्म जान पाएकी छैनन् ।

Global Ime bank

सरुवा भएको एक महिना बितिसक्दा पनि एसपी पन्तले रवाना पाइनन् । बरु प्रहरी प्रधान कार्यालयले उनको स्थानमा नयाँ एसपी पठाउने तयारी गरेको उच्च स्रोत बताउँछ । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले नयाँ सरुवा ननिस्किएकाले पुरानै सरुवा यथावत रहेको बताउँछन् ।

प्रहरी प्रधान कार्यालयले विवादमा परेपछि कतिपय जिल्लाका प्रमुखलाई हेरेफेर बेलाबेला गर्दै पनि आएको छ । 

तर एसपी पन्तले चितवन जान रवाना नपाउनुको कारण के छ ? पन्तको जवाफ यस्तो छ, “मैले संगठनको निर्णय मान्ने हो । यसबारे मैले धेरै बोल्न आवश्यक ठान्दिन । संगठनको नीति अनुशासनमा बसेर व्यवसायिक रुपमा काम गर्ने हो, गरिरहेको छु ।’’ 

एसपी पन्त हाल प्रहरी प्रधान कार्यालयमै रहेको इन्टरपोल शाखामा कार्यरत छन् । यसअघि उनले गौशाला, अपराध शाखा, बालाजु वृत र पर्वतको कमान्ड सम्हालिसकेकी छन् ।

नयाँलाई पठाउने तयारी

प्रहरी प्रधान कार्यालयले चितवनमा नयाँ एसपी पठाउने तयारी गरेको छ ।  जसका लागि एसपीहरु कृष्ण पंगेनी, नवराज अधिकारी, प्रविण पोखरेल, अरुण पौडेल चर्चामा छन् ।  चितवन जानका लागि सबैले लबिइङ सुरु गरेका छन् । 

एक अधिकारीले भने, ‘‘शक्ति केन्द्रले एसपी पन्तबाहेक जो भने पनि हुन्छ भनेको छ । तर पन्तको सम्भावना लगभग सकियो भन्दा पनि हुन्छ । नत्र अहिलेसम्म उहाँ चिवतन गइसक्नुहुन्थ्यो ।’’ 

आईजीपी सर्वेन्द्र खनाल भने एसपी पन्तलाई नै चितवन पठाउन चाहन्छन् । 

तर नेकपाका एक अध्यक्ष प्रचण्ड र चितवन महानगरपालिकाकी मेयर प्रचण्डपुत्री रेणु दाहाल एसपी पन्तको पक्षमा छैनन् । 

प्रहरीकै एक अधिकारी भन्छन्, ‘‘प्रहरीको एसपीकै सरुवा यति ठूलो चासो नेताहरुले राख्नु दुःखद विषय हो । प्रहरी स्वतन्त्र छ भन्ने तर आफ्नो आदेशमा चलाउन खोज्ने नेताको प्रवृत्तिले संगठन कमजोर बन्दै जान्छ ।’’ 

गंगा पन्तसँग दाहाल किन सकारात्मक छैनन् त ?

त्यसो त एसपीको सरुवा प्रहरी प्रधान कार्यालय क्षेत्राधिकारमा पर्ने विषय हो ।  तर शक्तिमा रहेका नेताले आफ्नो जिल्लामा आफू अनुकूल प्रहरी अधिकारी लैजान चाहन्छन् ।  व्यावसायिक रुपमा एसपी पन्त विवादमा मुछिएकी प्रहरी अधिकारी भने होइनन् । 

तर एसपीको रुपमा पहिलोपटक जिल्लामा सरुवा हुँदा पनि जान पाउने सम्भावना कम हुँदै गएको छ ।  कतिपयले एसपी पन्तप्रति प्रचण्ड नकारात्मक हुनुलाई २५ औं आईजीपी प्रकरणको एक फेसबुक स्टाटस भएको बताउँछन् ।

२५ औं आईजीपी प्रकरणमा चर्चामा थिए तत्कालीन डीआईजी नवराज सिलवाल र जयबहादुर चन्द । 

सरकारले चन्दलाई आईजीपी बनाउने निर्णय ग¥यो । निर्णय कार्यान्वयन भने हुन सकेन । चन्दलाई आईजीपी बनाउने निर्णय भएपछि ०७३ मा अमित सिँह कार्की नामका एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा लेखेका थिए,‘‘साहस त देउवाको जस्तो हुनुपर्छ । तिमी पानी मरुवाहरुको के काम । आफ्नो सभापतिको विरोध गरेर गुट–उपगुटको राजनीतिलाई प्रसय दिन खोज्दा ठूलो दुर्घटनामा परिएला । आईजीपीको कारण होइन, सबैले बुझ्न जरुरी छ । लोकतन्त्र मास्ने ठूलो षड्यन्त्र थियो, जो देउवा र प्रचण्डले कुशलपूर्वक समाधान गरे ।’’ 

उनको त्यही स्टाटसमा तत्कालीन अवस्थामा डीएसपी रहेकी पन्तको कमेन्ट ‘आरआईपी’ भनेर आयो ।  तत्कालीन समयमै एसपी पन्तले प्रहरी प्रधान कार्यालयलाई यसबारे प्रष्ट पारेको उनी बताउँछिन् । 

एसपी पन्तले आफूले नेताहरुलाई ‘आरआईपी’ नलेखेको बताइन् । कतिपयले एसपी पन्तले त्यही कमेन्टका कारण उनले चितवन जानबाट रोकेको बताउँदै आएका छन् ।  तर फेसबुक कमेन्ट चितवन जानबाट रोकिनुको कारण नभएको स्वयम् वहालवाला प्रहरी अधिकारी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement