site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुल्मीको उखुले काठमाडौंमा ‘चाकु’

माघे संक्रान्तिका लागि काठमाडौंमा चाकु बनाउँदै कामदा । तस्बिर : सुनिल प्रधान


काठमाडौं । टोखाका व्यवसायी हिजोआज चाकु बनाउनमा व्यस्त देखिन्छन् । विगत २५ वर्षदेखि यही पुख्र्यौली पेसाको प्रवर्धनमा लागेका व्यक्ति हुन् बुद्ध श्रेष्ठ ।

उनका जिजु बाजेदेखि सुरु भएको यो व्यवसाय चौथो पुस्तामा आइपुगेको छ । “हजुरबुवा हुँदै बुवाले पनि यही व्यवसाय गर्नुभयो । पुर्खौली व्यवसायलाई निभ्न दिन हुन्न भन्ने लागेकैले छोड्न मन मानेन,” उनले भने ।

उनले करिब १२, १३ वर्षको उमेरदेखि नै बुवालाई चाकु उत्पादनमा सघाउँदै आएका हुन् । अफ सिजन हुँदा कामदार नराख्ने भएकाले परिवारमात्रै बसेर बनाउँथ्यौं । “त्यो बेला मेरो हरेक दिनको बास नै चाकु कारखानामै हुन्थ्यो,” उनले बालपान सम्झिए ।

बुवाले औपचारिक शिक्षा नलिएकाले उनलाई पनि विद्यालय जानुपर्छ पढ्नुपर्छ भन्ने खासै कसैले कर गरेन । छोराले काममा सघाउँदा बुवा पनि मख्ख, ‘‘आफूलाई पनि पढ्न नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले ४ कक्षा पढ्दा  पढ्दै विद्यालय जानै छोडें ।’’ त्यसपछि चाकु उत्पानमै लागेकाो उनी बताउँछन् ।

‘चाकु’ नेवारी शब्द हो । नेपालीमा गुलियो भन्ने अर्थ हुन्छ । चाकुले शरीरमा ताप बढाउँछ । त्यही भएर यसको माग चिसो मौसममा बढी हुन्छ । माघे संक्रान्तिको दिन घ्यू चाकु खाने परम्परा छ । माघे संक्रान्ति भिन्न भिन्न जातिले आआफ्नै संस्कृति अनुसार मनाए पनि नेवारी समुदायका लागि ‘चाकु’ खाने विशेष दिन यही हो ।

चाकुको मुख्य माग योमरी पुह्नी र माघे संक्रान्तिमा बढी हुने गरेको उनले बताए । त्यसको अलावा जाडो मौसम सुरु भएदेखि माघ महिनाको अन्तिमसम्म यसको बढी माग हुने गर्छ ।

श्रेष्ठको कासीलाल चाकु प्रोडक्सन प्रालिमा जाडो मौसम सुरु भएदेखि अर्थात् मंसिर महिनादेखि माघ महिनासम्म कामदार नै राखेर चाकु बनाउने गरिन्छ । यो समयमा उनले करिब १५ जनालाई रोजगार दिने गर्छन् । त्यसको अतिरिक्त परिवारका सदस्य पनि यही काममा तल्लीन हुन्छन् । बाँकी ९ महिना घरकै सदस्यले मात्रै उत्पादन गर्दा पनि बजार धान्न सकिने उनी बताउँछन् ।

गर्मी समयमा पनि यसको माग भइरहन्छ । त्यतिबेला विशेष गरी सुत्केरी महिलाका लागि चाकुको माग हुने श्रेष्ठले बताए । उनी सुत्केरीका लागि विशेष प्रकारको चाकु बनाउन अभ्यस्त छन् । “सुत्केरीको पूरै शरीर कमजोर हुने भएकाले कडा चाकु टोक्न सक्दैनन् । यसैकारण हामीले शरीरलाई ताप र शतिm दिने मसलासहित सुत्केरीका लागि झोल चाकु बनाउँछौं ।”

०००

टोखामै उख्खु खेती हुने समयमा उनका जिजु बुवा, हजुरबुबाले अपनाउन थालेको यो व्यवासाय अहिले उनको बुबा र उनको पालासम्म आइपुग्दा सख्खर किनेर बनाउनुपर्ने बाध्यता आइसकेको छ ।

उखु कटानदेखि नै यसको गुणस्तरीयता निर्धारण गर्ने भएकाले किसानकै खेतसम्म जाने योजनामा चाकु व्यवासयी रहेका छन् । नगरपालिकाले सहयोग ग¥यो भने गुणस्तरीय उत्पादनमा विशेष पहल गर्न सकिने उनले बताए ।

अहिले टोखामा गुल्मीबाट सख्खर आयात हुने गर्छ । तर, आगामी दिनमा टोखामै सख्खर बनाउने वातारण बनाउन टोखा नगरपालिका र गुल्मी नगरपािलकासँग मितेरी लगाउने कुरा पनि भइरहेको उनले सुनाए ।

यहाँ उत्पादित चाकु विशेषतः असन, इन्द्रचोक, भक्तपुर, ललितपुरमा निर्यात हुने गर्दछ ।

यसमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । आगो बालेरै पकाउनुपर्ने हुँदा धुँवा र खरानीबाट जोगाउन सचेत हुनै पर्छ, उनले सुनाए । एक लट चाकु बेच्दा बढीमा २० हजार फाइदा हुन्छ रे । दुःख गरेअनुसार खर्च कटाएर मंसिर पुसमा ४ देखि ५ लाख आम्दानी भए पनि अफसिजनमा भने पकेट खर्च मात्रै हुने उनले बताए ।

उनको यो व्यवासायलाई अन्तर्राष्ट्रिय बजारमा पनि माग नआएको होइन तर नेपाल सरकारले चाकुमा प्रयोग हुने खाद्यनको मात्रा कुन कति हो भन्ने लेबल नराखिदिएकाले विदेशसम्म विस्तार हुन सकेन ।

“हामीलाई कर तिर्न भने दबाब दिन्छन् तर हाम्रो व्यापारलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन भने सरकारले सहयोगी हात अघि नढाएकोमा हामी दुःखी छौं,” उनले दुखेसो पोखे ।

तस्बिरः सुनिल प्रधान
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro