site stats
बाह्रखरी :: Baahrakhari
देश
‘केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ जनालाई रोकियो
फाइल तस्बिर ।

काठमाडौं । ‘केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिएका छन् । इजरायल र इरानबीच युद्ध चर्किएपछि उनीहरूलाई इजरायल जान रोकिएको हो । 

“उहाँहरूको इजरायल जाने फ्लाइट यही जेठ ७ गतेलाई थियो,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले बाह्रखरीसँग भने, “इजरायलबाट उनीहरूलाई तत्काल नपठाउन भनि पत्राचार भएपछि इजरायल जान लाग्नु भएका ३५ जनालाई तत्काललाई रोकिएको छ ।” 

केयर गिभरको रूपमा इजरायल जान लागेका ३५ जनाको सम्पूर्ण कार्य सकिएको थियो । भिसादेखि टिकेटिङसम्म सबै सकेर जाने तयारी गरिरहेका बेला इजरायल र इरानबीच युद्ध चर्केका कारण रोकिएको उनले जनाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रवक्ता शिवाकोटीका अनुसार, इजरायलले अर्को सूचना जारी नगरेसम्म उनीहरूलाई नपठाउन भनिएको छ । युद्ध मत्थर भएपछि र उडानहरू नियमति भएपछि उनीहरू इजरायल जान पाउनेछन् । 

गत बिहीबार इजरायलले इरानमाथि अचानक हवाई आक्रमण गरेपछि दुई देशबीच युद्ध चर्केको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, इजरायल र इरानबीचको युद्धमा हालसम्म २४० इरानीको मृत्यु भइसकेको छ । मृत्यु भएका इरानीमध्ये ७० जना महिला तथा बालबालिका छन् । 

यस्तै, इरानको आक्रमणमा परी २४ जना इजरायलीको मृत्यु भएको छ ।

इजरायलमा विद्यार्थी र कामदार गरी पाँच हजार ५०० जना नेपाली रहेको अनुमान छ । युद्ध बढ्दै जाँदा त्यहाँ रहेका नेपाली त्रसित बन्दै गएका छन् र तेल अभिभस्थित नेपाली दूतावासमा सम्पर्क गरी आफूहरूलाई स्वदेश फर्काउन अनुरोध गरिरहेका छन् । 

स्वदेश फर्कन चाहने नेपालीको संख्या बढेपछि इजरायलस्थित नेपाली दूतावासले बुधबार एक सूचना प्रकाशित गरी नेपाल फर्कन चाहने नेपालीलाई आफ्नो नाम अनलाइन रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्